कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक रातको समयमा बन्द हुने भएको छ ।
बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा अन्तर बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा सामान्य वर्षा हुँदा पनि लेदोसहितको बाढी आउँछ ।
देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सबै सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन माइकिङसहित आग्रह गर्न थालेको छ ।
शुक्रबार साँझदेखि परेको अविरल बर्षाका कारण काभ्रेपलान्चोकको नागरिकको जनजीवन प्रभावित बनेको छ । शुक्रवार साँझदेखि परेको बर्षासँगै काभ्रेपलान्चोक भएर बहने खोला तथा खोल्सामा पानीको बहाव बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ ।
जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्भावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमप्रति सतर्क रहन प्रदेशवासीलाई आह्वान गर्नुभएको छ ।
पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन-नागढुङ्गा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले बाढीको जोखिमममा रहेका स्थानीय तहहरुलाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सप्तरीको खडक नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ ९खाँ निस्कने० जात्रा सम्पन्न भएको छ ।
हमास समूहले आफ्ना नियन्त्रणमा रहेका सबै इजरायली बन्धकलाई मुक्त गर्न वार्ताका लागि सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ताप्लेजुङमा अवस्थित कुम्भकर्ण हिमाल आरोहणका लागि गएका विदेशी खराब मौसमको सूचना पाएपछि सुरक्षित स्थानमा फर्किएका छन् । मौसम सुधार नभएसम्मका लागि उहाँहरु होटेल फर्किनु भएको हो ।