जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ ।
प्रमुख र सहायक राजमार्ग गरी एक दर्जन भन्दा धेरै सडक बाढी पहिरो र विपद्जन्य दुर्घटनाको जोखिममा रहेको भन्दै पाँचथर प्रहरीले यात्रा गर्नु पूर्व सुरक्षा सावधानी अपनाउन सर्व साधारणलाई आह्वान गरेको छ ।
आफ्नै देशमा उत्पादन भएको कर्णालीको स्याउ अहिले आम उपभोक्ताको पहिलो रोजाइ बनेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
पोखरा महानगरपालिका–१४ गोर्खा भिलेजबाट शुक्रबार बिहान मौसम खुलेसँगै देखिएको माछापुच्छ्रे हिमाल ।
सङ्खुवासभामा दसैँं–तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन् ।
जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू रोकिएका छन् ।
गुल्मीको सत्यवति गाउँपालिका –३ ठुलोलुम्पेक बोरहका ईन्द्र विश्वकर्मा र प्रेमकला गाहाका कृषिमोह निकै लोभलाग्दो छ । अहिलेकै एक सिजनमा सय क्विन्टल बढी तरकारी बिक्री गरिसक्नुभयो ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका –२ महेन्द्रचोकमा शुक्रबार दुर्गा भवानीको मूर्ति बिसर्जनका लागि लैजाँदै । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
दसैंमा खेलिने चर्खेपिङ हराउँदै जान थालेपछि बागलुङ नगरपालिका –९ सिगानाका पूर्व वडाअध्यक्षको सक्रियतामा संरक्षण थालिएको छ । उहाँले गत वर्षदेखि व्यक्तिगत लगानीमा चर्खेपिङ निर्माण गर्दै उनुभएको छ ।
नेपालको मध्यभागमा पर्ने जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ ।
दाङस्थित घोराही उपमहानगरपालिका –१३ का हर्क चौधरीले परम्परागत शैलीमा घरमा लोकल चल्ला पाल्दै आउनुभएकोथियो । गाउँको एकजना दाजुले लोकल भालेलाई बधिया बनाएपछि मासु खानको लागि स्वादिष्ट हुने बताएपछि उहाँले घरमा भएका दुर्इटा भालेलाई बधिया बनाउनुभयो ।
विगतमा बेर्ना (टिस्यु कल्चर) को समस्या भोगेका किसानहरूलाई अहिले बजार भाउमा आएको अत्यधिक गिरावटले दोहोरो मार पारेको छ।
हिमाली जिल्ला हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । बिहीबार रातिबाट पानी पर्न सुरु भएपछि शु्क्रबार बिहानदेखि ती क्षेत्रमा हिमपात भएको हो ।