थारू समुदायमा दसैं पर्व सम्पन्न भएको छ । यद्यपि थारू बस्तीहरुमा सख्यानाचको पैयाँ भने जारी छ । दसैं सकिए पनि थारू समुदायले एक हप्तासम्म सख्या पैयाँ नाच नाच्ने गरेको दंगीशरण ३ हेकुलीका मटावा नारायण चौधरीले बताउनुभयो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
बर्दीबास -१० खयरमारामा अहिले विहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ महिलासहित २६ जना घाइते भएका छन् ।
यहाँको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् ।
गुल्मीको सदरमुकाम तम्घास र मुख्यनाकामा १७ वटा सिसिटिभी क्यामेरा जडान गर्न स्थानीयले माग गरेका छन् । सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण उपकरण सिसिटिभी क्यामेरा बाख्रेछेडा र खानीगाउँ दोबाटोमा दुई दुईवटा सिसि क्यामेरा आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भादगाउँ (भक्तपुर), असोज १७ गते । यहाँको मध्यपुर थिमि–७ नगदेशमा बिहीबार राति ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष मोहनी नखःको चालँ अर्थात् बडादसैँको दशौँ दिन विजयदशमीको राति नगदेशको दरबार लाय्कुबाट ‘खाँ पिहाँ वइगु’ जात्रा निकाल्ने परम्पराअनुसार बिहीबार राति जात्रा निकालिएको हो ।नगदेशमा रहेको मल्लकालीन दरबारबाट खाँ निकालिएको हो । यो जात्राको अन्त्यमा नगदेशस्थित सिद्धिगणेशको प्राङ्गणमा ‘भुइँफर्सी’ अर्थात् ‘कुभिण्डो’ मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु’ जात्रा पनि भनिन्छ ।दरबारबाट पमा नायो (प्रधान नाइके)को नेतृत्वमा मल्लकालीन सिपाहीको भेषमा जात्रालुहरू टाउकोमा फलामे टोपी, हातमा तरबार, खुँडा र ढाल बोकेर निस्केका थिए । ती सिपाहीले युद्ध कौशल पनि प्रदर्शन गरेका थिए ।सिद्धिगणेश मन्दिर परिसरमा मार हानेको कुभिण्डो प्रसादको रुपमा घरघरमा लाने प्रचलन रहेको छ । जात्रा सञ्चालनका लागि यस वर्ष मध्यपुरथिमि नगरपालिकाले ढाल, टोपीलगायतका सामग्री सहयोग गरेको थियो । जात्रामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठलगायत जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका थिए । रासस
सम्झौता भएको दुइ बर्ष पुग्नै लाग्यो । २०८० चैत १६ गते सम्झौता गरेर दुई वर्षमा कालोपत्रे गरिसक्ने लक्ष्य राखेको सडक अहिले पनि जिर्ण छ ।
हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
बडादसैँँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ ।
जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले यही असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १७ गतेदेखि २० गतेसम्म कास्कीबाट हुने कुनै पनि पदयात्रामा ननिस्किन आग्रह गरेको छ ।
गाउँपालिकामा पलम्बरका रुपमा काम गर्दै आउनुभएका अदानचुली गाउँपालिका –२ का हेलु भण्डारीलाई स्थानीयवासीहरु मिलेर बडा दसैको अवसरमा सम्मान गरेका छन् । मिहिनेत र परिश्रम गरी अदानचुली गाउँपालिका केन्द्र रहेको श्रीनगरमा खानेपानी नियमित आउने ब्यवस्थाका लागि रात दिन खटिएको भन्दै भण्डारीलाई सम्मान गरिएको हो ।
बडादसैँको अवसरमा बैतडीको पाटनमा रहेको उदयदेव मन्दिरमा लागेको जात्रामा सहभागीहरू देउडा खेल्दै ।