प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव सुरु भएको छ । रुरुक्षेत्र धाममा आयोजित प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव २०८२ को आज (शुक्रबार) एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।
लमजुङको घलेगाउँ र भुजुङबाट सुरु गरिएको चियाखेती जिल्लाका अन्य क्षेत्रमा पनि फैलिन थालेको छ ।
सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबिचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोवास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले नौ जिल्ला नमुना सामुदायिक विद्यालय छनोट गरेको छ । सामाजिक विकास मन्त्रालयले १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनोट गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत–पाकिस्तान आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । दुई देशबिच चलेको श्रृङ्खलाबद्ध आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर बैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ ।
बाँकेको कोहलपुर नगरपालिकाले गन्धर्व समुदायको संस्कृति बचाउन र प्रवर्धन गर्नका लागि केही दिनअघि कोहलपुर नगरपालिका ११ गन्धर्व टोलका गन्धर्व समुदायका महिलाहरुलाई ६ दिने सारङ्गी बजाउने तालिम प्रदान गर्याे ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मस्कोमा भव्य दोस्रो विश्वयुद्ध विजय दिवस परेडको आयोजना गर्दै हुनुहुन्छ । यो त्यस्तो कार्यक्रम हो जसले क्रेमलिनलाई घरेलु देशभक्ति बढाउन र उहाँका सैनिकहरू युक्रेनमा लडिरहेका बेला विदेशमा शक्ति प्रदर्शन गर्न मद्दत गर्ने आशा राखेको छ ।
मानवीय गतिविधीका कारण वातावरणमा नकरात्मक असर पर्न थालेपछि वातावरण संरक्षणका लागि विद्यार्थी जागरण कार्यक्रम थालिएको छ ।
श्रीलङ्काली वायु सेनाको हेलिकोप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताउनुभएको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुन : सातामा तीन दिन उडान हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रबार धुलिखेलमा विवाद उत्पन्न भएको छ । थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ ।
सदरमुकाम खलङ्गामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मल्लरानी ब्याडमिन्टन क्लब खलङ्गाको आयोजना तथा मल्लरानी गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
राष्ट्रपति पौडेलले समवेदना पठाउँदै नेपाललाई भिन्न मतहरूलाई प्रष्ट ढङ्गले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिष्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता रहेको उल्लेख गर्नुभएको छ ।