दसैँको दिन कैलालीको धनगढी, अत्तरिया र फूलबारीमा निःशुल्क बस सञ्चालन भइरहेको छ । धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल प्रालिले निःशुल्क बस सञ्चालन गरेको हो ।
वर्षायाम सुरु भएदेखि हालसम्म गुल्मीका मुख्य सडक ७१ पटक अवरुद्ध भएका छन्।
पेरिसका सबैले चिनेका अली अकबर अब ७३ वर्ष पुग्नुभएको छ । उहाँ फ्रान्सेली राजधानीका अन्तिम समाचारपत्र हकर हुनुहुन्छ ।
टेबल पंखा मरमत गर्ने क्रममा सप्तरीको बलानबिहुल गाउँपालिमा करेन्ट लागेर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्नुहुने भएको छ ।
बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ।
डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो ।
अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालक किसानलाई मासिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।
दसैं सुरु हुनुभन्दा पहिले नै सुरु भएर दसै सकिएको केही दिन पछिसम्म पनि नाचिने सखिया नाचको रौनक अहिले बाँके र बर्दियाका थारु गाउँबस्तीमा छाएको छ ।
गण्डकी प्रदेश सरकारअन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको छ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन् ।
विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१ मा अवस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा विजयादशमीको नवमीका दिन ६८९ वटा राँगाको बलि प्रदान गरिएको छ ।
सल्यानको कुमाख गाउँपालिका १ बुरेली खोलामा यात्रुवहाक फोर्स गाडी दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज बिहान नेपालगञ्जबाट रुकुमपश्चिमको चौरजहारीको लागि छुटेको ६७८८ नम्वरको हाईस गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर पाँच जना यात्रु घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ ।
विश्वमा पहिलो पटक अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा २५८ औं सिन्धुलीगढी विजयोत्सव मनाइएको छ । सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले आफ्नो पुर्ख्यौली थलो ढोर जस्पुरमा एक समारोहको आयोजना गरी सिन्धुलीगढी विजयोत्सव मनाइएको हो ।