नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को नवौँ अधिवेशनमा अतिथिका रूपमा सहभागी हुने सिलसिलामा संयुक्त राज्य अमेरिका पुुग्नुुभएको छ ।
सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानबीचको तनावले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गोरखाको अजिरकोट गाउँपालिकाको चनौटे-ढिस्का-भच्चेक सडक निर्माण सुरु भएको छ ।
खुट्टामा गोली लागेर घाइते भएको ‘एमगज’ नामक जङ्गली हात्तीलाई यहाँको जुडिबेला र गैडाटारका किसानले औधी माया गर्थे । दया गरेर विभिन्न खानेकुरा दिन्थे, जसले हात्ती स्वस्थ हुँदै गयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानमा बजार अनुगमन गरिएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिकामा टाटा विङ्गर माइक्रोबाट १० केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को अवार्ड कार्यक्रम आज (शुक्रबार) हुँदै छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रम पोखरा इभेन्ट सेन्टरमा दिनको ३ बजे सुरु हुनेछ ।
नवलपरासी पश्चिमस्थित बर्दघाट नगरपालिकाले सेवा अवधि पूरा गरेका महिला स्वास्थ्य स्व्यंसेविकालाई दुई लाख ५० हजार नगद प्रोत्साहन तथा १५ हजार मूल्य बराबरको मोबाइल फोन दिने घोषणा गरेको छ ।
दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानबिच तनाव बढेको बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार प्रदेशको समग्र सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको छ ।
अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनमा यस वर्ष बर्दियामा गहुँ उत्पादनमा वृद्धि भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले जनाएको छ ।
जलवायुजन्य विपद्का घटना बढ्दै जाँदा विश्वभर नै विकासको मोडललाई जलवायुमैत्री बनाउनुपर्ने विषयमा हुने बहस तीव्र हुन थालेका छन् । हरित अर्थतन्त्रसम्बन्धी कुनै विशेष बाध्यकारी अन्तर्राष्ट्रिय सन्धी नभए पनि यससँग सम्बन्धित धेरै स्वेच्छिक अन्तर्राष्ट्रिय सम्झौता र घोषणाहरू छन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति दिलाइ विकास, शान्ति र समृद्धिको सुनिश्चितताका लागि स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताका रुपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नेत्री तथा प्रतिनिधिसभा सदस्य मीना यादवले अस्थिर सरकार भएका कारण देशको विकास हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उहाँको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले रेसुङ्गालाई पर्यटकसँग जोड्न प्रदेशस्तरबाट लागिएको बताउनुभएको छ ।