मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा।
तिला गाउँपालिकाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको छ । पालिका क्षेत्रका पाँचवटा सडक निर्माणका निम्ति बोलपत्र आह्वान गरिएको छ।
वीरगञ्जस्थित दसैँ मेला क्षेत्रको माईस्थानदेखि गीता मन्दिर रोडमा मंगलबार राति लगभग १२ बजे भएको ग्याङ फाइट (दुई समूहबीचको झडप) मा परेर एक जनाको मृत्यु नारायणी अस्पताल मा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
थारू समुदायले आज नवमीको दिन गँवल्या टीका लगाएका छन् ।
भीरकोट नगरपालिकामा क्षेत्री समाजले समुदायको सक्रियतामा एक करोड ५१ लाखको लागतमा क्षेत्री समाज बहुउद्देश्यीय भवन निर्माण गरेको छ ।
बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो ।
दसैँको रमाइलोमा तनहुँको सदरमुकाम दमौली बजार सुनसान बनेको छ । प्रायः समयमा भीडभाड रहने दमौली बजार अहिले चकमन्न देखिएको हो ।
नवरात्रको अन्तिम दिन आज म्याग्दीका शक्तिपिठहरुमा पूजा आराधना र दर्शनका लागि भक्तजनहरुको घुँइचो लागेको छ । जिल्लाका विभिन्न स्थानहरुमा रहेका कोतघर र भगवती मन्दिरहरुमा दर्शनका साथै पूजा आराधना गर्न विहानैदेखि भक्तजनहरुको भिड लागेको हो ।
अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ ।
इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ ।
प्युठानमा एक जना युवक मृतक फेला परेका छन् ।
नवलपुरको मध्यविन्दु नगरपालिका ६ को तल्लो टाँडीस्थित दुर्गा सामुदायिक वनमा मृत चितुवा फेला परेको छ । टाउको, घाँटी र दाहिने खुट्टामा गोली लागेर मरेको अवस्थामा अन्दाजी चार वर्षको पोथी चितुवा फेला परेको डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत भेषबहादुर महतोले जानकारी दिनुभयो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ बारीमा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति ढकाल करिब एक घण्टा स्याउ बारीमा रमाउनुभयो ।
दशैँको महानवमीका दिन बुधबार कुमारी कन्याहरुलाई देवी दुर्गाको स्वरूप मानेर विशेष रूपमा पूजा गरिएको छ ।
पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नं. ३ हटिया र हरिचौर ६ जोड्ने हटियास्थित गौदी खोलामा निर्मित साँघुबाट स्थानीयले जोखिमपूर्ण गर्नुपर्ने बाध्यता छ।