म्याग्दीको धवलागिरि गाउँपालिका ७ मा रहेको ऐतिहासिक ताकमकोतको पुनर्निर्माण गरिएको छ ।
यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।
नवलपुरबाट काठमाडौं जाँदैगरेको ईभी माइक्रो गएराति चितवको इच्छाकामना गाउँपालिका ६ दुई नम्बर पुलनजिक दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।
विगतका बर्षझैं नेपालीहरुको चाडपर्व सुरु भएको छ । दसैंमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन भए पनि पछिल्लो समय हराउँदैगएको छ ।
बडा दसैं पर्वको महाअष्टमीका दिन पारिवारिक सुख, शान्ति, तथा सन्तोष प्राप्तिका लागि श्रद्धालु महिलाहरुले आराध्यादेवी दुर्गा भगवतीको खोइछा (पोल्टा) भरिएको छ ।
दसैं सुरु भएसँगै तनहुँका गाउँहरू उत्सवको रौनकले भरिभराउ भएका छन् । लामो समयदेखि सुनसान देखिएका गाउँघर चाडपर्व मनाउन फर्किएका युवाहरुले गर्दा फेरि चहलपहलले बढेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ ।
ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् ।
कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका –४ का डम्बर पनेरुका तीन वर्षीय छोरा लक्की पनेरुको उपचारका क्रममा मृत्यु भएको हो ।
तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा दसैंको अवसरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
“व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो । त्यही सपनाले केही गर्न प्रेरित गरेको थियो”, आफ्नो पसल देखाउँदै झापाको बुद्धशान्ती गाउँपालिका–१ पहाडीचोकका कमल मङ्ग्रान्तीले भन्नुभयो ।
आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ । यहाँका जाजरकोट, रुकुम पश्चिम र डोल्पामा छ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजया दशमी २०८२ का अवसरमा दिनु भएको शुभकामनामा सामाजिक सद्भाव कायम राख्दै भड्किलो प्रतिस्पर्धाले नभई आआफ्नो गच्छेअनुसार दसैँ मनाउन आग्रह गर्नुभएको छ ।