इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई उद्धारकर्ताहरूले अक्सिजन र पानी उपलब्ध गराउँदै आएका छन् ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताउनुभएको छ ।
सप्तरीको छिन्नमस्ता मन्दिर परिसरमा नेपाली सेनाले निर्माण गरेको भगवान शिवको मन्दिर विधिपूर्वक उद्घाटन गरिएको छ ।
पुतलीबजार नगरपालिकाले बालबालिकालाई पञ्चेबाजाको सेट उपलब्ध गराएको छ । नगरपालिकाले पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई बालबालिकालाई उपलब्ध गराएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताउनुभएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित ऐतिहासिक निङ्लाशैनी भगवती मन्दिरमा यस वर्षको महाअष्टमीमा भव्य जात्रा लागेको छ ।
हुम्लाका अधिकांश ग्रामीण भेगका नागरिकको राष्ट्रिय परिचयपत्र गाउँमा नै बन्न सुरु भएपछि सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ।
दशैंको अवसरमा हुम्लाको अदानचुली –१ का ६२ घरधुरीलाई खाद्यन्न वितरण गरिएको छ । रेडियो श्रीनगर एफएम हुम्लाले एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र (आइसिडिआरसी) हुम्ला र महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा उक्त खाद्यन्न वितरण गरिएको हो ।
दसैँको समयमा सीमापारीबाट अवैध आयात बढ्न थालेपछि सक्रियता बढाएको प्रहरीले सोमवार खसी बोकासहित करिब दुई लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएको छ ।
गुल्मीको रिडीमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यसहित यहाँ अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो ।
वडा दसैँको महान पर्वको अवसरमा पश्चिम नवलपरासीको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पाल्हीभगवती मन्दिरमा भक्तजनहरूको उल्लेख्य घुईंचो लागेको छ ।
लमजुङको राईनासमा मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मोटरसाईकल पछाडि सवार एक युवक गम्भीर घाइते भएका छन् ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ ।
जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ ।