निर्माण सम्झौता भएका तर निर्माणमा अलपत्र परेका आयोजना अघि बढाउन कर्णाली प्रदेश सरकारले चासो देखाएको छ ।
रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।
सङ्घीयता कार्यान्वयन भएपछि तीन तहका सरकारको लागत साझेदारीमा निर्माण हुन लागेका ठुला खानेपानी आयोजनामा सङ्घ र प्रदेश सरकारबिच लागत साझेदारीमा सम्झौता भएको छ ।
मुस्ताङ, वैशाख २५ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्याङ पुलचोक र वडा नं ५ ठिनी, ढुम्बागाउँ जोड्न कालीगण्डकी नदीमा निर्माण गरीएको झोलुङ्गे पुल मोटरसाइकल मार्फत पार गर्दै विदेशी पर्यटक । पर्यटकीयस्थल ढुम्बा ताल पुगेर फर्किने पर्यटक र स्थानीयहरु दैनिक यही पुलबाट आउजाउ गर्ने गर्छन् । तस्बिरः रासस
विसं २०४४ देखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुँदै नेपाली कांग्रेसको राजनीतिमा लागेका कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशमा दुई पटक मुख्यमन्त्रीको जिम्मेवारी पाउने पहिलो राजनीतिकर्मी हुनुहुन्छ । उहाँले अहिलेकै प्रदेश सभाको कार्यकालमा फरक फरक समीकरणमा दुई पटक
शुद्ध खानेपानी सुविधाबाट वञ्चित अन्नपूर्ण गाउँपालिका १ दोबा गाउँमा खानेपानी सुविधा पुगेको छ । गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपियाँ लागतमा एक घर एक धारा सहितको खानेपानी योजना निर्माण भएको हो । घरघरमा खानेपानीको धारा जडान गरी पानी आउन थालेपछि स्थानीयहरू खुसी भएका छन् ।
पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
सुदूरपश्चिमको विकासको थप आधारका रूपमा केबुलकार सञ्चालनलाई पनि लिइएको छ ।
भवानी दत्त भट्टबेलौरी(कञ्चनपुर) वैशाख २५ गते । बाजुरामा एक प्राध्यापक शङ्कास्पद अवस्थामा मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको बुढीगंगा नगरपालिका –६ सायल घर भएका ३८ वर्षीय नरेन्द्र थापा बुधवार साँझ मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराको बडिमालिका क्याम्पसमा अध्यापन गराउँदै आउनुभएका थापा साफे मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा घोप्टो परेको अवस्थामा मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिनुभयो ।बुधवार बिहान क्याम्पसमा अध्यापनका लागी जानुभएका थापा साँझ साढे ६ बजेको समयमा मृत अवस्थामा फेला परेको जानकारी पाएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले उनको मृत्युको कारण भने खुल्न नसकेको जनाएको छ । थापाको आँखा फुटालेको, टाउको र मुखमा चोट रहेको छ । क्याम्पसबाट करिब ५ सय मिटरको दुरीमा थापा नालामा मृत फेला पर्नुभएको थियो । थापाको दुवै आँखा फुटालेको, टाउको र मुखमा चोट रहेको छ । थापाको मृत्यु शङ्कास्पद भएको भन्दै स्थानीयहरूले घटनाको अनुसन्धान गरिनुपर्ने माग राखेका छन् । स्थानीय नयाँ भारतीले थापाको आँखा फुटेको , टाउको र मुखमा गहिरो चोट रहेकाले उहाँको हत्या गरिएको आशङ्का व्यक्त गर्नुभयो । मृतक थापाको शव बिहीबार बिहान पोस्टमार्टमका लागी जिल्ला अस्पताल मार्तडीमा लगिएको छ । थापाका एक छोरा र छोरी रहेका छन् । थापाका श्रीमती स्वामीकार्तिक खापर गाउँपालिकामा अध्यापन गराउँदै आउनुभएको छ । थापा घरमा एक्लै बस्दै आउनुभएको थियो ।
सुदूरपश्चिमेलीको समृद्धिको सपना बोकेको सेती लोकमार्ग निर्माण सुरु भएको डेढ दशक बितिसक्यो ।
सुदूरपश्चिम प्रदेश भौगोलिक अवस्थाको दृष्टिकोणले सहज छैन ।
यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ ।
यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) सुदूरपश्चिमको समृद्धिको सपनासँग जोडिएको निर्माणाधीन राष्ट्रिय राजमार्ग हो । छिमेकी मुलुक भारत र चीनसँग नाका जोड्ने महत्वपूर्ण रणनीतिक सडक योजना महाकाली कोरिडोर अन्तर्गत विभिन्न खण्डमा काम भइरहेको छ । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको टिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने लक्ष्यका साथ २०६६ सालमा निर्माण सुरु भएको यो सडकको कार्य प्रगति भने सन्तोषजनक छैन ।