नेपाली हिन्दुहरुको ठुला चाडपर्वहरु तीज, दसैँ तथा तिहार सुरु हुनेबित्तिकै केही वर्ष अघिसम्म पहाडी जिल्लाका गाउँघरहरुमा भिन्नै किसिमको उत्साह, उमङ्ग तथा वातावरण सुरु हुन्थ्यो ।
तनहुँ कारागारमा अझै १४० कैदबन्दी फरार रहेका छन् । फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको छ । चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ ।
कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
सप्तरीसहित मधेसमा घटस्थापनादेखि विजया दशमीसम्म दश दिन महादेव पूजाउने गरेको छ ।
नवलपुरमा मादक पदार्थ सेवन गरेर एक जनाको मृत्यु भएको छ । सोमबार राति अत्यधिक मादक पदार्थ सेवनगरी सुतेका हुप्सेकोट गाउँपालिका –३ पाटाचोकका ३६ वर्षीय करण बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ । पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले जानकारी दिनुभयो ।
जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन मौका प्रदान गरिएको छ ।
पुल नहुँदा कृषिउपज भित्र्याउन समस्या भएपछि कैलालीको एक गाउँका किसानले आफ्नै लगानी र श्रमबाट कटैनी नदीमा पुल निर्माण गरेका छन् ।
जिल्लाको सन्धिखर्क नगरपालिका –९ नौलापानी बाँगीखोला छेउमा मृत अवस्थामा एक व्यक्ति फेला परेका छन् । अर्घाखाँची सन्धिखर्क नगरपालिका ९ फेरबाङ शान्तिटोल बस्ने बर्ष ५३ को रेमबहादुर क्षेत्रीको शव फेला परेको हो ।
भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद उत्सव गरेर युवाहरुबीच आत्मीय सम्बन्ध बढाउने प्रयास गरेको छ ।
वासिङ्टन, असोज १४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २०–बुँदे योजना प्रस्तुत गर्नुभएको छ ।राष्ट्रपति ट्रम्पले रक्तपातपूर्ण द्वन्द्वप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान अवस्थामा हमास लडाकूहरू निकै कमजोर भएको र अब यस प्रस्तावलाई स्वीकार गर्नुबाहेक विकल्प नरहेको बताउनुभयो । प्रधानमन्त्री नेतान्याहुले समेत योजना अस्वीकार भएमा इजरायल आफैँले अन्तिम कार्यवाही गर्ने चेतावनी दिनुभयो ।कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखमार्फत यो योजना हमासलाई प्रस्तुत गरिएको छ । हमास वार्ताकारहरूले यसलाई ‘राम्रो विश्वासका साथ’ अध्ययन गरिरहेको जानकारी दिइएको छ । कब्जा गरिएको पश्चिम किनारको प्यालेस्टिनी सरकारले योजना स्वागत गरेको छ भने इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पको पहलको प्रशंसा गरेका छन् ।तर, दीर्घकालीन शान्तिको आधार मानिने प्यालेस्टिनी राज्यको प्रश्न प्रस्तावमा प्रष्ट उल्लेख नगरिएको भन्दै आलोचना पनि गरिएको छ । हमासको निःशस्त्रीकरणको सर्त विगतका वार्तामा अस्वीकार्य मानिँदै आएको थियो । यसपटक योजना अनुसार ट्रम्पको नेतृत्वमा र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई समेत समावेश गरी अस्थायी प्रशासकीय समिति गठन गरिनेछ ।योजनाले इजरायलले स्वीकृति दिएलगत्तै ७२ घण्टाभित्र हमासले सबै बन्धकहरू मुक्त गर्नुपर्ने प्रावधान राखेको छ । यससँगै इजरायलले सयौँ प्यालेस्टिनीहरूलाई रिहा गर्ने उल्लेख गरिएको छ । यसमा आजीवन कारावास भोगिरहेका कैदी पनि समावेश हुनेछन् ।राष्ट्रपति ट्रम्पले योजना सफल नहुँदा हमासविरुद्ध थप इजरायली कारबाहीमा आफ्नो ‘पूर्ण समर्थन’ हुने आश्वासन दिनुभयो । उहाँले हालको हमास नेतृत्व पहिलेको तुलनामा कमजोर भएको र भिन्न परिस्थितिमा वार्ता भइरहेको बताउनुभयो ।यसबीच प्रधानमन्त्री नेतान्याहुले कतारसँग सम्बन्ध सुधार्ने प्रयासस्वरूप हालै कतारमा भएको इजरायली आक्रमणप्रति खेद व्यक्त गर्नुभयो । उक्त आक्रमणले कतारी सैनिकको ज्यान लिएको र वार्तामा अवरोध ल्याएको बताइएको थियो । ह्वाइट हाउसले नेतान्याहुको माफीलाई कतारी प्रधानमन्त्रीले स्वीकार गरेको जानकारी दिएको छ ।यद्यपि इजरायली अति–दक्षिणपन्थी नेताहरूले भने कतारमा भएको सो सैन्य कारबाहीलाई ‘न्यायपूर्ण र नैतिक’ ठहर गर्दै समर्थन गरेका छन् ।विशेष गरी कट्टर गठबन्धन साझेदारहरूले हमासको पूर्ण उन्मूलनको माग गरिरहेका बेला प्रस्तावबारे नेतान्याहु सरकारभित्रै दबाब कायम छ । योजनामा बन्धक मुक्त भएपछि शान्तिपूर्ण सहअस्तित्वमा प्रतिबद्ध हमास सदस्यलाई माफी दिइने र गाजा छोड्न चाहनेलाई सुरक्षित मार्ग उपलब्ध गराइने प्रावधान पनि राखिएको छ ।राष्ट्रपति ट्रम्प हाल द्वन्द्वप्रति अझ निराश देखिनु भएको छ । उहाँले इरानसँगको छोटो युद्धमा इजरायललाई समर्थन गर्न अमेरिकी बमवर्षक प्रयोग गर्न आदेश दिनुभएको थियो भने नेतान्याहुविरुद्धको भ्रष्टाचार मुद्दालाई ‘विच हन्ट’ बताउँदै सहयोग गर्नुभएको थियो । तर हालै कतारमा हमास अधिकारीमाथिको असफल आक्रमणले उहाँलाई असन्तुष्ट बनाएको छ ।इजरायलले ४८ जना बन्धक रहेको बताएको छ, जसमा २० जना जीवित रहेको विश्वास गरिएको छ । हमासले विगतमा गाजामा शासनबाट पछि हट्न सहमति जनाए पनि निःशस्त्रीकरण अस्वीकार गर्दै आएको थियो ।गत हप्ता न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घ महासभाको साइडलाइनमा राष्ट्रपति ट्रम्पले विभिन्न अरब तथा इस्लामिक नेतासँग छलफल गर्नुभएको थियो । उहाँले यो सम्झौतालाई मध्यपूर्वमा स्थायी शान्ति र समृद्धिको नयाँ युगको सुरुआत बनाउन सक्ने अवसरका रूपमा चित्रण गर्नुभयो ।“म प्यालेस्टिनीहरूलाई आफ्नो भाग्यको जिम्मेवारी लिन चुनौती दिन्छु । हामीले अब उनीहरूलाई त्यो अवसर दिइरहेका छौँ”, राष्ट्रपति ट्रम्पले भन्नुभयो ।रासस/एपी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) दर्शन गर्ने भक्तजन घटेका छन् । दसैँ पर्वसँगै मूख्य सिजन (मौसम) सुरु भएको र यो मुख्य मौसममै पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या घटेको हो ।
रामपुर नगरपालिका –८, जरुवापानीमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । विगत ८ वर्षदेखि जरुवापानी क्षेत्रमा वेवारिसे अवस्थामा सार्वजनिक स्थानमा बस्दैआएका अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।
सराय नाच हुने अर्घाखाँचीको शक्तिपिठमा तयारी अन्तिम चरणमा पुगेको छ । रङरोगन गरी तयारी अवस्थामा राखिएको छ । अर्घाखाँचीको शक्तिपीठका रुपमा रहेको सन्धिखर्क अर्घा भगवति मन्दिर रहेको छ ।