आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खुला गरिने तलेजु मन्दिर खुला गर्न सबै तयारी पूरा भएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले परिवारले ज्येष्ठ सदस्यलाई हेरचाहको आवश्यकता भएको व्यक्तिका रूपमा मात्र नभई परिवारको मूल स्तम्भको रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
नेपालले विश्व विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज जितेको छ। टेस्ट राष्ट्रविरुद्धको सिरिज पहिलो पटक जितेर नेपालले इतिहास रचेको छ।
युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ।
मंगलबार साँझ अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द्व अन्त्य गर्ने विस्तृत योजनावद्ध घोषणाको स्वागत गर्नु भएको छ।
नेपाली कांग्रेसले सरकारलाई प्रतिशोधनको राजनीति नगर्न सरकारलाई सचेत गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिशोधनको राजनीति नगर्न सरकारलाई सचेत गराउनुभएको हो।
दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्मका आठदिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।
बडादसैँको नवौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाअष्टमी पर्व मनाइएको छ।
नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका –५ स्थित तुइन खोलामा आज साँझ ७ः३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको हो ।
सप्तरीको राजगढ गाउँपालिका ५ स्थित मलेकपुर टोलमा ढोकाको ताल्चा फुटाएर चोरी भएको छ । स्थानीय सन्तलाल साहको घरमा कोही नभएको बेलामा सोमबार राति चोरले ताल्चा फुटाएर घरबाट करिब ६ लाख तीन हजार रुपियाँ बराबरको सामान चोरी गरेको पीडितको भनाइ छ ।
दसैँ सुरु भएसँगै यतिबेला गाउँघरमा चहलपहल बढेको छ। दसैँ चाड मनाउन गाउँघर फर्कनेहरुका कारण चहलपहल बढेको हो।
गाजा पट्टीमा कुपोषण र अनिकालबाट दिनहु जसो महिला तथा बालबालिकाको मृत्यु भइरहेको जनाइएको छ, अनिकाल र कुपोषणबाट हाल सम्म १५० बालबालिका सहित ४५३ जनाको मृत्यु भएको छ।
आज नेपालले वेस्ट इन्डिजसँग फाइनलमा प्रतिस्पर्धा गर्दैछ। एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारेको नेपालले आज फाइनल खेल्न लागेको हो।