मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् ।
सर्लाहीको हरिपूर्वामा बुधबार बिहान माटोको ढिस्को (धश्ना) मा पुरिएर चार जनाको मृत्यु भएको छ ।
महानवमीका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन बुधबार नवकन्याहरुको पूजा गर्नुभएको छ ।
जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र ९बडादसैँ० पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ (पोल्टा) भरिँदैछ ।
दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ ।
नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले युवा पुस्ताले जिम्मेवारीका सबैमा सद्भाव र एकता कायम गरी आगामी दिनको चुनौती सामना गर्नुपर्ने बताउनु भएको छ ।
हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो ।
नेपालीहरुको महापर्व बडा दसैंको सुरुवाती दिनमा चहलपहल र भिडभाड देखिएको जिल्ला सदरमुकाम बागलुङ बजार नवमीको दिनदेखि सुनसान बनेको छ ।
बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।
मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिनुभयो ।
कैलालीको धनगढी उपमाहनगरपालिका-१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन आग्रह गरेको छ ।
थारू समुदायमा आज गँवल्या टीका लगाउँदै छन् । थारू समुदायले परम्परागतदेखि गाउँमा गँवल्या टीका लगाउँदैआएको थारू अगुवाहरू बताउँछन् ।