काठमाडौँ, वैशाख २६ गते । बिहीबार बिहानदेखि पाकिस्तानका धेरै स्थानलाई लक्षित गरी भारतले गरेको शृङ्खलाबद्ध ड्रोन हमलामा एक जना नागरिकको मृत्यु भएको छ । चार जना सैन्य कर्मचारीसहित पाँच जना घाइते भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेशन्सले एक विज्ञप्तिमा भनेको छ कि तनाव सुरु भएदेखि इलेकट्रोनिक काउन्टरमेजर र काइनेटिक फायरको संयोजन प्रयोग गरेर २५ वटा हारोप ड्रोनहरू खसालिएको छ । यसअघि मिडिया ब्रिफिङमा आइएसपिआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले पूर्वी पन्जाब प्रान्तको राजधानी लाहोर नजिकैको सैन्य प्रतिष्ठानमा एउटा ड्रोनले आंशिक रूपमा प्रहार गरेको बताउनुभएको थियो । जसमा चार जना कर्मचारी घाइते भएका थिए र उपकरणमा सामान्य क्षति पुगेको थियो । एउटा छुट्टै घटनामा सिन्ध प्रान्तको मियानो क्षेत्रमा एक जना नागरिकको मृत्यु भएको छ र अर्का एक जना घाइते भएका छन् ।सिन्ह्वाको सहयोगमा
दक्षिण एसियाका दुई शक्तिशाली देशहरू भारत र पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरूले नेपालगन्ज सीमा नाकामा कडाइ बढाउँदै लगेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा रु एक हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला रु पाँचले वृद्धि भएको छ ।
संविधानसभा निर्वाचनको बेला यहाँका ठुला राजनीतिक दलले चुनावी एजेन्डा बनाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं. १ को जोगीधाप –केचना जोड्ने मरिया बक्राहा खोलाको पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।
केशवराज भट्टबैतडी, वैशाख २६ गते । एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट २०२५ को बैतडी छनौटको खेल तालिका सार्वजनिक भएको छ । शुक्रवारदेखि सुरु हुने प्रतियोगितामा जिल्लाका सात टिमको सहभागिता रहने बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो । टि–२० फरम्याटमा सञ्चालन हुने यो प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा महारुद्र क्रिकेट क्लब, बैतडी क्रिकेट एकेडेमी, दशरथचन्द क्रिकेट एकेडेमी र बैतडी युनाइटेड एकेडेमी छन् ।समूह बी मा पाटन भ्याली क्रिकेट क्लब, निङ्गलाशैनी क्रिकेट क्लब र पाटन क्रिकेट क्लबलाई राखिएको छ । दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा वैशाख २६ गते शुक्रबार आज हुने उद्धघाटन खेलमा महारुद्र क्रिकेट क्लब र बैतडी क्रिकेट एकेडेमी भिड्ने छन् । वैशाख २७ गते हुने पहिलो खेलमा बैतडी क्रिकेट एकेडेमी र बैतडी युनाइटेड एकेडेमी तथा दोस्रोमा महारुद्र क्रिकेट क्लब र दशरथचन्द क्रिकेट एकेडेमी खेल्नेछन् ।वैशाख २८ गते महारुद्र क्रिकेट क्लब र बैतडी युनाइटेड एकेडेमी तथा दोस्रोमा पाटन भ्याली र निङ्गलाशैनी आमनेसामने हुनेछन् । वैशाख २९ गते पहिलोमा दशरथचन्द एकेडेमी र बैतडी युनाइटेड तथा दोस्रोमा निङ्गलाशैनी र पाटन क्रिकेट प्रतिस्पर्धा गर्नेछन् ।वैशाख ३० गते पहिलो खेलमा पाटन क्रिकेट र पाटन भ्याली तथा दोस्रोमा बैतडी क्रिकेट र दशरथचन्द एकेडेमीबिच भिडन्त हुनेछ । प्रतियोगिता अन्तर्गत वैशाख ३१ गते सेमिफाइनलका खेलहरू सञ्चालन हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेता तथा दोस्रोमा समूह बी को विजेता र समूह ए को उपविजेता टोली भिड्नेछन् । फाइनल भिडन्त जेठ १ गते हुनेछ ।छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।
मन्त्रीपरिषद्को बैठकले २०७५ साल पुस १६ गते सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय ग¥यो । २०७८ जेठ २१ मा मन्त्रीपरिषद्कै बैठकबाट राजविराज नगरपालिकाले उपलब्ध गराएको वडा नम्बर १० स्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि भाडामा दिने निर्णय भयो ।
काठमाडौं, बैसाख २६ गते । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताउनुभएको छ।उहाँले हालको विश्व परिदृश्यमा एकपक्षीयता, शक्तिको राजनीति र दादागिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताउनुभयो।सीले चीन–रसिया सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाइने बताउनुभयो।उहाँले द्वितीय विश्वयुद्धको ८०औं वार्षिकोत्सवको सन्दर्भमा ऐतिहासिक तथ्यको रक्षा, विकासशील देशहरूको अधिकारको संरक्षण र समावेशी तथा समान विश्व व्यवस्था निर्माणमा चीन–रसिया मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।सीले ऊर्जा, व्यापार, कृषि, अन्तरिक्ष, कृत्रिम बौद्धिकता जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै, बेल्ट एण्ड रोड पहल र यूरेशियन आर्थिक संघबीच सहकार्यमार्फत उच्चस्तरीय पूर्वाधार विकास गर्नुपर्ने बताउनुभयो।साथै, शिक्षा, संस्कृति, पर्यटन, चलचित्र, खेलकुदजस्ता जनस्तरका आदानप्रदान बढाएर दुई देशबीचको सम्बन्ध अझ बलियो बनाइने उल्लेख गर्नुभयो।चीन चाहे जस्तोसुकै अन्तर्राष्ट्रिय परिस्थिति आए पनि आफ्ना कार्यहरू दृढताका साथ अघि बढाउने र रसियासँग मिलेर अन्तर्राष्ट्रिय प्रणाली सुधार गर्ने दिशामा काम गर्नेछ। रासस
चुरेको विकट क्षेत्रमा पर्ने सर्लाहीको हरिवन नगरपालिका–१, डुम्रीघारीमा घर घरमै खानेपानीको धारा पुगेपछि स्थानीय दङ्ग परेका छन् । बर्सौंदेखि हरिवन राईखोलाको पानी पिउँदै
मङ्सिर लागेसँगै चिसो बढ्दा बेँसी झरेका भेडाबाख्रा तथा चौँरी अचेल लेक उक्लिन थालेका छन् । चरनका लागि लेकमा घाँस पलाउन थालेको तथा बेँसीमा गर्मी हुन थालेपछि मनाङका भेडाबाख्राका बथान लेक उक्लिन थालेका छन् ।
धादिङबेँसी, वैशाख २६ गते सङ्घीय सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरेको बताउनुभएको छ ।
भारत–पाकिस्तान विवाद बढ्दै जाँदा ८३ किलोमिटर खुला सीमा भएको बर्दिया जिल्लाको सीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सल्यानको शारदा नगरपालिका वडा नं. ७ मा करिब एक वर्षअघि नै विद्युत् पोल झारिएको थियो ।
मदन भण्डारी राजमार्गको धरान उपमहानगरपालिका–८ स्थित अरुण टोलमा रहेको तीनढ्वाङ्गे–खहरे पुल भत्किएको वर्ष दिन हुन लाग्दासमेत पुनर्निर्माण भएको छैन । नेपा
रोजगारीका लागि दुबई पुगेका दीपकराज भण्डारी विदेशमा अलपत्र परेपछि उहाँका परिवार यहाँ शोकमा परेको छ ।
दैलेखका राजनीतिक दलले स्थानीय सरकारलाई विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।