गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिनुभएको छ ।
संघीय राजधानी काठमाडौँ जोड्ने ऐतिहासिक त्रिभूवन राजपथ र छोटो दूरीको कान्तिलोकपथमा रात्रीकालीन सवारी आवागमनमा प्रशासनले रोक लगाएको छ ।
मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार आएको ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ।
बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढिपहिराको उच्च जोखम पूर्वानुमान गरेपछि सवारी साधान आवजावतमा रोक लगाइएको हो ।
धार्मिक र सामाजिक सद्भावको शहरको रुपमा परिचित नेपालगन्जमा यस वर्षको बडा दसैं पनि आपसी एकता र धार्मिक सहिष्णुताको प्रतीक बनेको छ। बिहीबारको शुभसाइतमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका–जमरा ग्रहण गर्दै दसैं मनाउनुभएको छ ।
बडादसैँको विजया दशमीको दिन आज महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका(१ मा अवस्थित बरूण सरोवरको पूर्वी उत्तरी डिलमा निर्माण गरिएको रावणको प्रतिमा दहन गरिँदै।
प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गर्नुभएको छ ।
नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आजैदेखि राजधानीलगायत देशभर चहलपहल देखिन थालेको छ।
विगतका वर्षझैँ यस पटक पनि दसैँको बेला नेपालगन्ज बजारमा खासै व्यापार व्यवसाय नचलेको व्यवसायीले बताएका छन्।
खर्च कटौतीको निर्णयले सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब रुपियाँ बचत भएको छ। जेनजी आन्दोलनको क्रममा प्रदेश संरचनाका विभिन्न कार्यालय र मन्त्रालयमा क्षति भएपछि सरकारले खर्च कटौती गर्ने निर्णय गरेको थियो।
नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–६ अर्खौलेबाट विजया दशमी दिन बिहीबार देखिएको नुवाकोटको विभिन्न स्थानका भुभागमा ढाकेर रहेको कुहिरो ।
नेपाल अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ। मलेसियाको बायुमास ओभलमा बिहीबार सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
मलेसियाले अन्तरराष्ट्रिय महिला ट्वेन्टी २० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि १०५रनको लक्ष्य दिएको छ ।
विकास–निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा नौ किलोमिटर नयाँ ‘ट्रयाक’ खोलेको छ ।