नेपाल–भारत सीमा नाका बेलहियामा नवनिर्मित नेपालद्वार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म कपिलवस्तु जिल्लाबाट मात्रै २८० भ्रष्टाचारका उजुरी परेका छन ।
धनकुटाको चौबिसे गाउँपालिकाले गुलाफ प्रवद्र्धन कार्यक्रम सुरू गरेको छ। गुलाफ पार्कको अवधारणसहित सुरु गरिएको प्रवद्र्धन अभियानका लागि गाउँपालिकाले एक रोपनी जग्गामा मौसमअनुसार फुल्ने विभिन्न १८ प्रजातीका गुलाफ फूल संकलन गरेको छ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेशमा स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि मन्त्रालयले तीव्रताका साथ कामकाजलाई अगाडि बढाएको बताउनुभएको छ।
लिसंखुपाखर गाउँपालिका –१ निङ्गालेमा शुक्रबार बेलुकी ५ बजे यात्रुबाहक बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पाल्पाको निस्दी गाउँपालिका –४, लामेदमारमा जिप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । जिपमा सवार १६ जना मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री एवम प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले नेपाल–भारतको सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिनुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणको अन्तिम तयारीमा नेपाल सरकार रहेको जानकारी दिनुभएको छ। मन्त्री डा. राणाको अध्यक्षतामा शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो।
गोरखाको बारपाकमा रहेको भिसी गजे घले सङ्ग्रहालय तारा स्मारकको उद्घाटन भएको छ। शुक्रबार बारपाकमा एक कार्यक्रमबिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गजे घले संग्रहालयको उद्घाटन गर्नुभएको हो।
भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ।
नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही वैशाख २७ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो।
नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारमा जाने कुनै कुरा नरहेको बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा जारी छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा शुक्रबार भएको छलफलमा सत्तापक्षका सांसदले समर्थन र विपक्षी सांसदले आलोचना गर्नुभएको छ ।
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ । शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।