• १७ असोज २०८२, शुक्रबार

दुध बेचेर मनग्य आम्दानी

blog

प्रकाशपुर दूग्ध उत्पादक सहकारी संस्थामा बिक्रीका लागि दुध जोख्दै किसान । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, असोज १७ गते । वराहक्षेत्र नगरपालिकाको प्रकाशपुर क्षेत्रका किसानहरुले दुध बेचेर वार्षिक कारोडौँ रुपियाँ प्रकाशपुर क्षेत्रमा भित्र्याउने गरेका हुन् । प्रकाशपुर क्षेत्रका किसानहरुले दुध बेचेर घर खर्च मात्रै चलाएका छैनन् गाउँमै करोडौँ रुपियाँ भित्र्याएका पनि छन् । 

प्रकाशपुरका किसानहरु प्रकाशपुर दूग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भई दुध बेचेर राम्रो आम्दानी लिदै आएका छन् । पूर्वमा रामधुनी जङ्गल र पश्चिममा सप्तकोशी नदीको बिचमा पर्ने प्रकाशपुर पशुपालन र कृषि क्षेत्रको लागि उर्वर भूमी मानिन्छ । त्यही उर्वर भूमिमा पशुपालक कृषकहरुले बगाएको पसिनाले आफ्नो दैनिकीलाई माथी उठाउँदै लगेको स्थानीय रामबाबु रौनियार बताउनुहुन्छ । 

रौनियारका अनुसार किसानहरु पशुपालनतर्फ आकर्षण हुँदा युवा किसानहरु पनि दुध किसानमा जोडिदै आएका छन् । 

प्रकाशपुर दुध उत्पादक सहकारी संस्थामा दैनिक पाँच सय किसानले दुध बिक्रिका लागि ल्याउने गरेको सहकारी संस्थाले जाएको छ । दुध उत्पादक सहकारीको गएको आर्थिक वर्षको अभिलेख अनुसार ६ लाख १९ हजार ९३ लिटर दुध किसानबाट खरिद गरिएको छ । 

आर्थिक वर्ष २०८१ र २०८२ मा किसानलाई मात्रै ४ करोड २४ लाख ५९ हजार ८१२ रुपियाँको भुक्तानी गरेको संस्थाका अध्यक्ष हुमजँग बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, “संस्थामा दुध ल्याउने एउटै किसानले मासिक एक लाख रुपियाँसम्म दुग्धको भुक्तानी लाने गरेका छन् । किसानको दूग्ध संस्थाले नियमित खरिद र भुक्तानी समयमै गर्दा पशुपालन तर्फ किसानको आर्कष बढेको बस्नेतको भनाई छ । 

किसानले दुग्ध बेचेरै प्रकाशपुमा वार्षिक करौडौं रुपियाँ भित्राउने गरेको संस्थाका लेखापाल जगत बहादुर कार्कीले बताउनु भएको छ । चार दशकदेखि किसानको दुध खरिद गर्दै आएको सहकारीले किसानहरुलाई सहुलित दरमा दाना चौकर समेत उपल्ब्ध गराउदै आएको सहकारीले जनाएको छ । 

सहकारीले शेयर धनीको मात्र दुध खरिद नगरी गैर सदस्यको पनि दुध लिने गरेको बताइएको छ । किसानले गाई भैसी पालेर उत्पादन गरेको दुध प्रकाशपुर दुध उत्पादक सहकारी संस्थाले संकलन गरेर जिल्ला भित्र र बाहिरका गरी चार वटा दुध डेरी र सहकारीलाई दुध बिक्री गर्दै आएको हो ।