• १७ असोज २०८२, शुक्रबार

काठमाडौँ जोड्ने दुई मार्ग २० गतेसम्म रात्रीकालीन बन्द

blog

फाइल तस्बिर

शिवकुमार रिजाल (काशी)

मनहरी (मकवानपुर), असोज १६ गते । संघीय राजधानी काठमाडौँ जोड्ने ऐतिहासिक त्रिभूवन राजपथ र छोटो दूरीको कान्तिलोकपथमा रात्रीकालीन सवारी आवागमनमा प्रशासनले रोक लगाएको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार साँझ सूचना जारीगरी असोज १७ गतेदेखि २० गतेसम्मका लागि दुबै सडकमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाएको जनाएको हो । 

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जारी गर्नुभएको सूचनामा कान्तिलोकप हुँदै काठमाडौँ पुग्ने सडकमा बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म र त्रिभूवन राजपथ अन्तर्गतको भैंसे–काठमाडौँ खण्डमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्मका लागि सवारी आवागनम बन्द गरिएको उल्लेख छ । 

मौसम पूर्वानुमान शाखाले मकवानपुरसहितका जिल्लाहरुमा भारी बर्षाको सम्भावनासहितको सूचना जारी गरेपछि धनजनको क्षति हुन नदिन रात्रीकालीन आवागमनमा रोक लगाउनु परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रशासन कार्यालयले सुरक्षा निकाय, स्थानीय तह, टोल विकास समिति, स्वयम्सेवकलाई बिपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।