इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गोरखापत्र एक सय २५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा संस्थानका पत्रकार–कर्मचारी सम्मानित हुनुभएको छ ।
गाडी भासिएको घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विदको टोलिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौा फर्किएको छ ।
प्रतिनिधिसभा बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बुधबार बसेको बैठकले सर्वसम्मत पारित गरेको हो ।
कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।
बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा एफसीसँग पराजित भएको छ । एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा झापाले बाँसबारीलाई २–० गोलले हरायो ।
नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ दाङको अध्यक्षमा कृष्ण खड्का चयन हुनुभएको छ ।
धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १२औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थान विरासत र इतिहासको हिसाबले समृद्ध रहेको बताउनुभएको छ ।
अर्जुनचौपारी गाउँपालिकामा प्रथम अर्जुनचौपारी फुटबल कप–२०८२ को तयारी गरिएको छ ।
पछिल्लो समय विकशित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
हाउन्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउन्ड्सले टाइम्स बास्केटबल क्लबलाई ८५–८१ ले हरायो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताउनुभएको छ ।
बाँकेमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।