सन्तेष सुवेदी
पाख्रीबास, (धनकुटा) असोज १३ गते । धनकुटामा भव्यताका साथ फूलपाती बढाइँ गरिएको छ । धनकुटाको प्रशिद्ध धार्मिकस्थलका रुपमा चिनिने निशान भगवति मन्दिरबाट डोलीमा निशाननलाई बोकेर बजार परिक्रमा गरि तल्लो टुँडिखेलमा पुर्याइ विधिवत रुपमा पूजाआजा गरी फूलपाति बढाइँ गरिएको हो ।
धनकुटा नगरपालिका–६, स्थित विचबरमा रहेको निशान भगवतति मन्दिरमा वि.स. १८३१ सालदेखि फूलपाती बढाइँ गरिँदै आएको छ । मन्दिरबाट डोलिमा निशान बोकेर बजारका विभिन्न भाग परिक्रमा गरिएको थियो । डोलिमा बोकेर निकालिएको निशान भिमषेन थान, भिमनारायण चोक, माथिल्लो कोप्चे तल्लो केप्चे हुँदै तल्लो टुँढिखेलमा ल्याएर विधिवत रुपमा पूजाआरधना गरी समापन गरिएको थियो । फूलपाति बढाइँमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टुकडीले सलामी समेत दिएको थियो ।
यस्तै फूलपाती बढाइँ पूजाआजा सकेर पुनः धनकुटा बजार परिक्रमा गरी निशास भगवती मन्दिरमा लगेर भित्रइएको थियो । ककरीब एक शताब्दी अघिदेखी धनकुटामा यसरीनै फूलपाति बढाइँ गरिँदै आएको र झाकिसहित निशानदेवीमा असोक, केरा जयन्ती, हलेदो वेलपत्र, धान, सामा, दारीम र माने लगायतका विभिन्न नौ पकारका वनस्पतिका साथ डोलिमा राखेर विषेश पूजा गर्ने चरल रहेको निशान भगवति मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरे गोठालेले बताउनुभयो ।
उहाँका अनुसार करिब एक शताब्दी अगाडीदेखी धनकुटामा फूलपाती बढाइँ गरिँदै आएको स्थानीय भनाइ छ । फूलपाती बढाइँ हेर्न सर्वसाधारण देखी अन्य प्रशासन, राजनीतिकर्मी, सञ्चारकर्मी, नागरीक समाजका प्रतिनिधि लगायतको बाक्लो उपस्थिती रहेको थियो । झाँकीसहितको निशानदेवी तथा विभिन्न नौ प्रकारका वनस्पतिका साथ डोलीमा राखेर विशेष पूजा गर्ने प्रचलन रहेको छ ।
यस्तै, नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्धेवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिने गर्ने निशान भगवती मन्दिरका पुजारी शुनिल कान्त डुवेले बताउनु भयो । घटस्थापनाको दिन विधिपूर्वक धान, जौं, मकैको जमरा राखिएको उक्त जमरा दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा समेत वितरण ग्रहण गरिन्छ ।