अविरल वर्षाका कारण काठमाडौँ उपत्यका भित्रने र बाहिरिने विभिन्न राजमार्गमा सवारीसाधन रोकिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले सडक, सिँचाइ तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै निकायका कर्मचारीलाई विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन आग्रह दिनुभएको छ ।
गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ ।
खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ ।
डोटीमा प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको शिखर नगरपालिका – ८ तिलतालिका अन्दाजी २८-३० वर्षीय शंकर बलायर मृत अवस्थामा भेटिएका हुन् ।
जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले वर्षाबाट हुनसक्ने बाढीपहिरोबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।
वडा दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला हुम्लाका किसानहरुलाई भने पाकेको फापर लगाएतका बाली भित्र्याउने चटारो सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
उत्तरी जापानमा च्याउ टिप्ने क्रममा भालुले आक्रमण गरेपछि एक महिलाको मृत्यु हुनुका साथै अर्को एक जना बेपत्ता भएको प्रहरी तथा स्थानीय मिडियाले जनाएका छन् ।
हल्का र मध्यम खालको वर्षा भइरहे पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गण्डकी प्रदेशका राजमार्गहरु शनिबार दिउँसोसम्म खुला छन् ।
अन्तरराष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर भ्रमणमा शनिबार र आइतबार दुई दिनसम्म रोक लगाइएको छ।
पिपरा गाउँपालिका–१ स्थित ढेकाहा बजारमा आज राति अराजक समूहले गरेको आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको छ ।
काठमाडौं, असोज १८ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारी साधन आगामी तीन दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह गरेको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरेर भारी वर्षाका कारण पहिरो, डुबान र बाढीको जोखिम बढ्ने भएकाले आगामी तीन दिन सवारी साधन सञ्चालन नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको तथा त्यसको अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आग्रह गरिएको जनाएको छ । रासस