नेपाली सेनाले उपत्यकाका नदीहरूमा पानीको बहाव बढेसँगै जोखिममा परेका नागरिकको उद्धार गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गर्नुभएको छ।
गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
शनिबार साँझ बल्खुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न थालिसकेको थियो। सम्भावित जोखिमलाई मध्यनजर गरी त्यहाँबाट मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरियो, वरिपरी रहेका पसलका सामान सारिएको छ।
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ ।
निरन्तरका वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको छ। जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ।
वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् ।
देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ । विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सर्लाहीमा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित निरन्तर पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ । मुख्य चाड दसैंको समयमा निरन्तर मुसलधारे वर्षा भइ बाहिर निस्कनै नसक्ने अवस्था आउँदा जनजीवन प्रभावित बनेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा साँझ ६ः०० देखि भोलि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।
हेटौँडा हुँदै काठमाडौँ भित्रिने सबै बाटो तीन दिनसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिवार दिउँसो सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै वर्षाको कारण आउन सक्ने बाढी, पहिरो र डुवान एवम् त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्जोखिम न्यूनीकरण गर्न हेटौँडा हुँदै काठमाडौँ भित्रिने सबै बाटो असोज १८, १९ र २० गतेका लागि पूर्ण रूपमा बन्द रहने उल्लेख छ ।
क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुबानमा परेको छ । स्तम्भभएको ठाउँमा पानी निस्कने निकास नभएपछि हरेक बर्ष वर्षाको समयमा डुवान पर्ने गरेको हो ।
असोज १२ गते रुकुम पश्चिमबाट दाङतर्फ जाँदैगरेको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
देशका अधिकांश भू–भागमा भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन सबै सञ्चार सेवाप्रदायक संस्थालाई अनुरोध गरेको छ।