राधा लुइटेल
फिदिम, असोज १७ गते। पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
फिदिम ४ तुम्देन चोक नजिकै पल्लोटाबाट फिदिम तर्फबाट आइरहेको मे ११ प १६०२ र विपरित दिशाबाट पल्लोटारतर्फ गइरहेको मे १० प ४८६२ नम्बरको मोटरसाइकल ठोक्किँदा चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
दुवै मोटरसाइकलमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो।
उहाँका अनुसार घाइते चारै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ। चारैजनाको अवस्था खतरामुक्त रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।