सल्यानको त्रिवेणी गाउँपालिका-१ स्थित कोलचौर, खज्जर यस क्षेत्रका निकै विकट र दुर्गम बस्ती थिए । भौगोलिक विकटताका कारण केही स्थानीयहरू बसाइसराई गरेर नजिकैको बजार काभ्रा त कोही छिमेकी जिल्ला दाङ झरिसकेका छन् ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली देखिने गरी विकास गरिने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले बुद्धको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नतिमात्रै नभई सामाजिक एकता र सहअस्तित्वलाई बलियो बनाउने गरेको बताउनुभएको छ ।
इलामको फिक्कल–नयाँबजार सडकखण्डमा पर्ने मयुँ खोलाको पुल भाचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केहि वर्ष अघि बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरिएको थियो । उक्त अस्थाई संरचना समेत भाचिएपछि यातायत सञ्चालनमा समस्या भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि भएको उद्घोष गर्नुभएको छ। सोमबार २५६९ औ बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
वीरगन्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ ।
किरात राई समुदायहरूको महान चाड साकेला उभौली आजबाट सुरु भएको छ । किराँत राईहरूले वर्षको दुई पटक साकेला उभौली र उद्यौली चाडलाई धुमधाम साथ मनाउने गर्दछन् ।
उपसभामुख इन्दिरा रानाले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुुभएको छ ।
‘घुमौं सौराहा’ अभियानसहित नेपालगन्ज आइपुगेका चितवनका व्यवसायी र नेपालगन्जका सरोकारवालाबिच आयोजित भेटघाट कार्यक्रमका सहभागीहरूले पूर्वाधार विकास अभावमा पर्यटन क्षेत्र धरासायी भएको बताएका छन् ।
अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको सीमा शान्त भएको र ‘हालका दिनहरूमा पहिलो शान्त रात’ भएको भारतीय सेनाले सोमबार जनाएको छ ।
एआईले गुगललाई स्वागत ग-यो, “ज्ञानगङ्गा, मेरो यो जुनी तिम्रै उपहार हो !” गुगलको उत्तर थियो,
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सांस्कृतिक पर्वले प्रदेशको मात्र नभई सिङ्गो देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपाली बिचको एकतालाई थप बलियो बनाउने बताउनुभएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–५ सुपिङमा अटो दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । दुर्घटनामा मकवानपुर भिमफेदी–५ सुपिङ बस्ने ४४ वर्षीय लिलानाथ पुडासैनी र सोही स्थान बस्ने ३३ वर्षीय लक्ष्मी वाइबा घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी सञ्जय सिंह थापाले जानकारी दिनुभयो ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवालाई स्वदेशमै रोक्नका लागि सोहीअनुसारको नीति ल्याउन आवश्यक भएको बताउनुभएको छ ।
पार्टी जिल्ला कमिटीको बैठक झन्डै दिनभर जसो नै बस्यो । बैठकमा अघिल्लो चुनावको समीक्षा, अबको रणनीति जस्ता विषयमा छलफल भए । जिल्ला कमिटीमा कुन कुन नेताका मान्छे