कोकिला ढकाल
इलाम, असोज १९ गते । गए रातिको अविरल वर्षापछि आएको पहिरोमा परी घाइतेमध्ये इलामको माङ्सेबुुङस्थित गजुरमुखीबाट नेपाली सेनाको हेलिकप्टरले दुुई जनाको उद्धार गरेको छ ।
एक महिला र एक पुुरुषलाई गम्भीर अवस्थामा हेलिकप्टरले उद्धार गरी उपचारका लागि लगेको स्थानीय दिलकुमार लिम्बुुले बताउनुुभयो । लिम्बुुका अनुसार गजुरमुखीका मदन लिम्बुु, साधना लिम्बू र संयोग लिम्बुको उद्धार गरिएको हो । घाइतेमध्ये साधना गर्भवती रहेको जनाइएको छ ।
यता गए रातिको बाढी पहिरोमा परी सूूर्योदय –१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका –६ मा ६ जना, माङ्सेबुुङ –१ गजुरमुखीमा तीन जनाको ज्यान गएको इलामका एसपी एकनारायण कोइरालाले बताउनुुभयो । वर्षाको कारण जिल्लाभर भएको मानवीय क्षतिको अझै विवरण आउन बाँकी रहेको कोइरालाको भनाइ छ । घाइते र बेपत्ताको संख्या यकिन हुन नसकेको बताइएको छ ।
उता पहिरोले घर पुर्दा इलामको सन्दकपुर गाउँपालिकामा पाँच जनाको ज्यान गएको छ । सन्दकपुर –३ सुलुुबुुङमा दुुई जना, सन्दकपुर –४ मा एक जना र सन्दकपुर १ मा दुुई जनाको ज्यान गएको गाउँपालिकाका कर्मचारी रमेश भट्टराईले जानकारी दिनुुभयो । अहिले सन्दकपुुर –४ बाट पनि सेनाले हेलिकप्टरमार्फत घाइतेको उद्धार गरिरहेको जनाइएको छ ।