• २१ असोज २०८२, मङ्गलबार

‘दाजुको साली’ सार्वजनिक

blog

काठमाडौँ, असोज २० गते । कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’ को गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ । गायक एसडी योगीको स्वर रहेको गीतमा अर्जुन सुवेदीको शब्द र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ । 

प्रकाश सपुत, अभिनेत्रृ परीक्षा लिम्बूका साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय रहेको गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको रमाइलोपन झल्काउँछ । 

चलचित्र अर्जुन सुवेदीले निर्देशन गर्नुभएको हो भने प्रकाश, परीक्षा, सुन्दर, सब्बु र सुजनसँगै विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायत कलाकारको अभिनय छ । विशेष आकर्षणका रूपमा कार्यकारी निर्माता ‘हर्क साम्पाङ रिभोलुसन एन्ड दी टिम’ को संलग्नता रहेको छ; जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहनुभएको छ । चलचित्रमा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने सन्देश रहेको दाबी निर्देशक सुवेदीको छ ।