नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।
भारतको बहराइच जिल्लासँग जोडिएको ८३ किलोमिटर लामो खुला सीमा भएको बर्दिया जिल्लामा पछिल्ला वर्ष मानव ओसारपसारका घटना वृद्धि भइरहेका छन् । खुला सीमाको फाइदा उठाउँदै मानव बेचबिखनमा संलग्न दलालले विशेष गरी किशोरी र महिलालाई भारत पु¥याउने गतिविधि हुने गरेका छन् ।
सत्यवती गाउँपालिका र कालिगण्डकी गाउँपालिकाले भिर्कुम पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
केही दशकअघिसम्म यादव समुदायमा कुनै व्यक्तिको मृत्यु हुँदा जसरी पनि मृत्यु भोज गर्नैपर्ने जातीय मान्यजनको दबाब हुन्थ्यो तर अब बिस्तारै त्यस्तो दबाब हट्न थालेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मङ्गलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
नेपाल–चीन सीमास्थित रसुवागढीमा निर्माणाधीन मितेरी पुल अबको एक महिनाभित्र सञ्चालनमा आउने भएको छ । चिनियाँ अधिकारीले प्रतिकूल मौसम भए पनि निर्माण कार्य
बुटवलको सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले सेवा विस्तार गर्ने भएको छ । जापानको आम्दा इन्टरनेसनलको सहयोगमा स्थापना भएको अस्पतालले एक सय शय्याबाट सेवा प्रदान गर्दै आएकोमा अब तीन सय शययामा विस्तार हुने भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र जापानको आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सुगेरु सुगानामीबिच अस्पतालको क्षमता बढाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । प्रारम्भिक चरणमा आन्तरिक छलफल सुरु भएका छन् । कर्णाली प्रदेशमा सक्रिय राजनीतिक दलहरूले पार्टीका गतिविधिलाई चुनावकेन्द्रित गराउने योजना बनाएका छन् ।
भ्रमण खर्च नियमावली २०६४ अनुसार भ्रमण र अनुगमनको अभिलेख राखेर भुक्तानी दिनुपर्ने कानुनी प्रावधान भए पनि जिल्लाका स्थानीय तहले भ्रमण तथा अनुगमनको प्रतिवेदन तथा अभिलेख नै नराखेर साढे दुई करोड रुपियाँ खर्च गरेका छन् । जिल्लाका ११ स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ मा अनुगमन तथा भ्रमण भत्तामा दुई करोड ४८ लाख ८६ हजार ६२६ रुपियाँ खर्च गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित खश जुम्ली भाषा
सिराज खान नेपालगन्ज, कात्तिक १९ गते । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई भव्य रुपमा सफल पार्न केन्द्रित भएर काम गर्ने बताउनुभएको छ।प्रजिअ तामाङले पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा जिल्लाको समग्र अवस्था र संवेदनशीलतालाई ध्यानमा राखेर सदभाव र शान्ति सुरक्षामा विशेष ध्यान दिने बताउनुभएको हो ।उहाँले निर्वाचनलाई सफल बनाउने सबैको साझा जिम्मेवारी भएको जनाउँदै आफूले पाएको कानुन अनुसारको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रजिअ तामाङले भन्नुभयो, “सिडिओले के-के गर्नुपर्छ भन्ने कुरा कानुनले नै भनेकाले मैले बाँकेमा त्यसको जिम्मेवारी इमानदारीपूर्वक कार्यान्वयन गर्ने छु । जिम्मेवारीमा बस्दा गरेका कामकारबाहीको सम्बन्धमा आलोचना र प्रश्न मज्जाले गर्नुहोला ।” सो अवसरमा उहाँले भारतीय सीमानासँग जोडिएको यो जिल्लाको शान्ति सुरक्षा देखि लिएर सामाजिक र धार्मिक सदभाव बलियो बनाउन सबैलाई समेटेर अगाडि बढ्ने पनि बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋिषि चौलागाईँ, प्रदेश सचिव गोविन्द शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका सभापति नविन गिरी, पूर्व सभापति रुद्र सुवेदी, पत्रकारहरु अर्जुन ओली, प्रियास्मृति ढकाल र विजय मल्ल लगायतले सूचना प्रवाह गर्ने सवालमा पारदर्शी भएर छिटो छरितो सूचना दिन आग्रह गर्दै मिडिया मैत्री भएर काम गर्न प्रजिअलाई सुझाव दिनुभयो । सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्री र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका उप अनुसन्धान निर्देशक हरिश बहादुर विष्टको पनि उपस्थिति थियो ।
कर्णाली कोरिडोरको हुम्ला खण्डको सडक निकै साँघुरो हुँदा यातायातका साधनलाई सास्ती हुने गरेको छ । कोरिडोरको हुम्ला खण्डको ताँजाकोट गाउँपालिकाको कबाडीदेखि सिमकोट गाउँपालिकाको स्याम्नेसम्मको सडक निकै साँघुरो छ । जसले गर्दा सानाठूला यातायातका साधनलाई दुईतर्फी आउजाउमा समस्या हुने गरेको हो ।
सङ्घ र प्रदेश सरकारबाट बजेट निकासा गराएर निर्माण भएका अधिकांश योजनाका भवन प्रयोगविहीन बनेका छन् । मनोरञ्जन पार्क, सामुदायिक भवन, स्मृति नामका भवन र तरकारी सङ्कलन गर्न बनाइएको चिस्यान केन्द्रसम्मका भवन अलपत्र परेका हुन् । सोमबार जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीलगायतको टोलीले अलपत्र छोडिएका भवनको अनुगमन गरेर सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ । अधिकांश भवन बजेट सक्नकै लागि निर्माण गरिएको समन्वय प्रमुख धामीले बताउनुभयो ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा सामुदायिक वनमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ । पर्यापर्यटनको विकास गर्ने उद्देश्यले ताल व्यवस्थापनका साथै पर्यटन गतिविधि अगाडि बढाइएपछि औपचारिक रूपमा सञ्चालनमा नआउँदै ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको हो । धनगढी–७, देवहरियामै रहेको जाखोर ताल घुमफिर र पर्यटन गतिविधि सञ्चालनका लागि बन्द गरिएपछि त्यसको केही दुरीमै रहेको चन्द्रमुखी तालमा दैनिक धेरै मानिस पुगिरहेका छन् । तालमा बोटिङ र पिङ सञ्चालन गरिएको छ । बोटिङ, घुमफिर गर्न र तालको बिच भागमा टापु बनाएर राखिएको पिङमा रमाउनका लागि पर्यटकको चहलपहल हुने गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा