बुधवार बिहान दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले अन्दाजी ८० वर्षीया वृद्धालाई ठक्कर दिएको थियो ।
अमेरिकी पशुचिकित्सक टोली, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको हात्ती स्वास्थ्य शिविरमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका घरपालुवा हात्तीको उपचार गरिएको हो ।
डोटेली परिकार डोटी जिल्लामा मात्र नभई सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा लोकप्रिय छन् । डोटेल व्यञ्जनमा रोटीका परिकार धेरैका प्रिय र स्वास्थ्यवद्र्धक मानिन्छन् । डोटेलीहरू रोटीलाई स्थानीय भाषामा रोटा भन्छन् । डोटेली भान्साको अभिन्न अंश रोटा, दही, दूध, मही, चटनी मात्र होइन डुप्का र फाँडो पनि हुन् । स्थानीय उत्पादन प्रयोग गरेर तयार गरिने रोटा र तिउन, तरकारीको आफ्नै विशेषता र महत्व रहेको छ ।
वेदलाई सर्वप्राचीन शास्त्र मानिन्छ । वेदभित्र सङ्गृहीत भएका विभिन्न ऋचामा आश्रम व्यवस्थाको भाव छ । आश्रम व्यवस्था भन्नाले मानिसको समग्र जीवन अवधिलाई विभिन्न चरणमा विभाजन गरेर मानव जीवनमा गर्नुपर्ने मानवीय काम कर्तव्यको विभाजन भन्ने बुझिन्छ ।
नेपालका वीर सपुतहरूको इतिहास पर्गेल्ने क्रममा बैतडी जिल्लाको नाम पनि आउँछ । बैतडीका स्थानीय जनमनमा देवत्व स्वरूप ग्रहण गरी आफूलाई अमर बनाएका योद्धाबाट बैतडेली सपुतहरूको महिमागान हुने गर्छ । वर्तमानसम्म बैतडी जिल्लाले थुप्रै अमरवीर जन्माएको छ । तिनै वीरमध्ये एक ऐतिहासिक व्यक्तित्वको नाम हो– दिपा चन्द रजवार ।
मधेशमा बालविवाह न्यूनीकरणका लागि महोत्तरीका युवाहरू सचेतना अभियान सुरु गरेका छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर बस्तीका हैजा सङ्क्रमित पाँच जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
नेपालमा सहस्रौँ वर्षदेखि मनाइँदै आइरहेका अनेकौँ चाडपर्वमध्ये सर्वश्रेष्ठ, सर्वोत्तम र सर्वतोमुखी चाड तिहार हामीमाझ आइरहेको छ । सफासुग्घर घरमा मात्र लक्ष्मी आउँछिन् भन्ने धार्मिक मान्यता अनुरूप घरआँगन यस बेला लिपपोतले सुन्दर बनाइएका हुन्छन् ।
दुर्लभ वन्यजन्तुको सङ्ख्या वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटनामा पनि उत्तिकै बढ्दै गएका छन् । तराईमा बाघ, गैँडा र हात्तीसँग मानव–वन्यजन्तु द्वन्द्वका घटना धेरै भइरहेका बेला उच्च हिमाली क्षेत्रमा हिउँचितुवासँग मानव–वन्यजन्तुबिच द्वन्द्वका घटना बढी हुने गरेका छन् ।
यहाँको पर्यटन क्षेत्रमा जेनजी आन्दोलनको असर देखा परेको छ । कावासोती नगरपालिकाको अमलटारी क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटक आगमन हुने पूर्वी नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य हो । बोटे, माझी, मुसहर र थारू समुदायको कला, संस्कृति र प्राकृतिक वातावरण अनि दुर्लभ वन्यजन्तुको सहज अवलोकनका लागि यी क्षेत्रमा बढी मात्रामा पर्यटक आउने गर्छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।
भारतको बहराइच जिल्लासँग जोडिएको ८३ किलोमिटर लामो खुला सीमा भएको बर्दिया जिल्लामा पछिल्ला वर्ष मानव ओसारपसारका घटना वृद्धि भइरहेका छन् । खुला सीमाको फाइदा उठाउँदै मानव बेचबिखनमा संलग्न दलालले विशेष गरी किशोरी र महिलालाई भारत पु¥याउने गतिविधि हुने गरेका छन् ।
सत्यवती गाउँपालिका र कालिगण्डकी गाउँपालिकाले भिर्कुम पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
केही दशकअघिसम्म यादव समुदायमा कुनै व्यक्तिको मृत्यु हुँदा जसरी पनि मृत्यु भोज गर्नैपर्ने जातीय मान्यजनको दबाब हुन्थ्यो तर अब बिस्तारै त्यस्तो दबाब हट्न थालेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मङ्गलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।