कपिलवस्तुको ऐतिहासिक र ठुलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचाे लागेको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।
मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा आज बिहान टिप्पर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नुभएको छ ।
बर्दियाको भुरिगाउँमा सञ्चालन गरिएको १६ औँ बृहत् रक्तदान कार्यक्रममा ९४ पिन्ट रगत सङ्कलन गरिएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ मा बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधिन महेन्द्र झ्याडी लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी भएको छ ।
अछामको रामारोशन गाउँपालिका-४ स्थित बाटुलासैन गाउँ । यो गाउँमा रहेका अधिकांश घरहरु परम्परागत कलात्मक शैलीका छन् ।
बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकाको सामुदायिक अस्पताल परिसरमा पहिलो पटक आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
काठमाडौँको विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशील, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो ।
नेकपा (एकीकृत समाजवादी केन्द्र) का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) मा फर्कन लागेको बताउनुभएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै आफूहरू दुवैतिर नलागी आफ्नै पुरानो घर फर्कन लागेको जानकारी दिनुभएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करण अघि कर्णाली याक्सको टिमले सल्यानमा गरेको ट्रफी टुर अभियानले जिल्लामा क्रिकेटप्रती उत्साह बढ्ने अपेक्षा गरिएको छ ।
गुठीचौर गाउँपालिकाले एक वर्षमा ३३ लाख ३९ हजार ४ सय ९० रुपियाँ राजसश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा विभिन्न शीर्षकमा राजश्व संकलन गरेको हो । प्याराग्लाईडिङ्गबाट ८ लाख ४४ हजार राजश्व संकलन भएको अध्यक्ष दानवहादुर बुढाले बताउनुभयो ।
केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ ।
नेपाल सरकारको सय पर्यटकीय गन्तव्य मध्येमा पर्ने गुल्मीको सत्यवती क्षेत्र प्रशिद्ध पर्यटकीय क्षेत्र मानिन्छ । चिच्याएर वर माग्ने धार्मिक क्षेत्रको रूपमा रहेको सत्यवति मेलामा बिहानैदेखि दर्शनार्थीहरुको भिड लागेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै नवलपुरका जनप्रतिनिधिहरूले बुधवार किटानी जाहेरी दिएका छन् ।