प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो। प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताउनुभयो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तारका लागि सरकार प्रतिबद्धताका साथ लागिपरेको बताउनुभएको छ।
विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ।
आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ ।
नेपाल वायुसेवा निगमको संचालक समितिको अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्ताको जिम्मेवारी निगमका कर्पोरेट डाईरेक्टर अनिल घिमिरेलाई दिइएको छ ।
दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका इन्टर्नसीप चिकित्सकहरुले अस्पतालको प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका –२ राजीपुरका ७१ वर्षीय तारासिंह हमाल रहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धि सत्रको आयोजना गरिएको छ ।
धार्मिक तथा पर्यटकीय सिद्धबराह (रुद्र ताल) रहेको गाजाको दहमा बैकुण्ठ चतुर्दशीको अबसरमा आधा दर्जन तोरण तारिएको छ । हरेक वर्ष मेला लाग्ने गाजाको दहमा बुधबार स्थानीय जैमिनी नगरपालिका –३ नौलाबासीको एक तोरणसहित विभिन्न स्थानबाट ल्याइएको तोरण तारिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले कात्तिक २२ गते शनिबार बस्ने मधेश प्रदेशसभाको वैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
सिराहाको सलहेश फुटबल क्लब पाँचथर क्लबलाई ४-१ गोलले हराउँदै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका–५, पाण्डवेश्वर धार्मिक धाम धारपानीलाई धार्मिकसँगै कलाको ‘हब’ बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले चासो देखाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीबिचको एकता अहिलेको आवश्यकता भएको धारणा राख्नुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ।