आइतवार देखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरुको सङ्ख्या ६६ पुग्नुका साथै, थप २६ जना बेपत्ता भएको फिलिपिन्सकोे नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जनाएको छ ।
पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध ओसार-पसार गर्ने डुङ्गालाई लक्षित गरी अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको रक्षा सचिव पीट हेग्सेथले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
यस वर्ष रेकर्ड स्तरमा पुगेको घातक भालु आक्रमणबाट प्रभावित जापानको उत्तरी क्षेत्रमा जापानी सरकारले बुधबारदेखि सेना तैनाथ गर्न थालेको छ ।
ब्राजिलमा हुन लागेको आगामी जलवायु वार्ताको सन्दर्भमा विश्वका नेता एकत्रित हुँदै गर्दा जलवायु सङ्कटको सबैभन्दा ठुलो मूल्य तिर्ने गरिब र सीमान्त समुदाय हुने प्रष्ट हुँदै गएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गर्नु भएको छ ।
सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।
रुकुमपश्चिममा पाँच दिनसम्म कर्णालीकै चर्चित ‘डिग्रेमेला‘ लाग्ने गर्दछ । मुसीकोट नगरपालिका–५, थर्पुमा रहेको डिग्रे साइकुमारी भगवती मन्दिरको दैवी शक्तिलाई भुतप्रेतबाट जोगाउन ‘लट्ठी नाच’ नाचिन्छ ।
गुल्मीमा खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मार्फत दसैँतिहारमा मात्रै ५२०.५७ क्विन्टल चामल बिक्री भएको छ ।
दुबईमा आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरव इमिरेट्स (युएई) लाई दुई सय ४० रनको लक्ष्य दिएको छ ।
कपिलवस्तुको ऐतिहासिक र ठुलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचाे लागेको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।