कैलालीमा अत्यन्त विषालु बहिरा खद्रा (रसेल भाइपर) सर्प भेटिएको छ । टीकापुर नगरपालिका–७, बैदीस्थित खेतमा उक्त सर्प भेटिएको हो । धान काट्ने क्रममा मेसिनमा च्यापिएर मरेको अवस्थामा सर्प फेला परेको स्थानीय भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अजिङ्गर फेला परेको भनेर स्थानीयले मलाई खबर गरे, गएर हेर्दा अत्यन्त विषालु सर्प रसेल भाइपर रहेछ ।”
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको वार्षिक कार्यक्रमको समीक्षा तथा चालु आर्थिक वर्षको खर्च सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् ।
यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।
काठमाडौँ,कात्तिक १९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ । अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छभने युएई एक खेलमा विजयी भएको छ ।नेपाली टोलीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायत हुनुहुन्छ । रासस
उहाँले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण सिख समुदायसहित नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको हो ।
काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ ।
भैरहवा भन्सार कार्यालयमार्फत रु ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् ।
देश र जनतालाई केन्द्रविन्दुमा राखेर असल ढङ्गबाट गरिने शासन सुशासन हो । यसमा कानुनको पूर्ण पालना, दण्डहीनता अन्त्य, भ्रष्टाचाररहित स्वच्छ समाज, सरकारको पारदर्शी एवं जनमुखी कामकारबाही समावेश हुन्छ । नेपालको संविधानको धारा ५१ (ख) ४ मा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने उल्लेख छ । विश्वमा सुशासनको अवधारणा सन् १९९० को दशकको अन्तिमबाट बहसमा आउन थालेको हो । त्यसअघि शासकीय व्यव
मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने कार्य वर्तमान सरकारको प्रमुख प्राथमिकतामा रहेको छ । भ्रष्टाचार नियन्त्रण नभई सुशासन कायम हुन नसक्ने भएकाले सरकारले यस कार्यलाई प्राथमिकतामा राखेको हो ।
‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ ।
गुरु नानकको जन्म सन् १४६९ को कात्तिक पूर्णिमाका दिन भारत वर्षको तालबन्डी भन्ने स्थानमा भएको हो । हाल यो स्थानमा भव्य गुरुद्वारा बनेको छ । यस गुरुद्वारालाई नानकना साहेब भनिन्छ । यो स्थान पाकिस्तानको पन्जाब प्रान्तमा भारत–पाकिस्तान सीमानजिकै पर्छ । भारतबाट लाखाैँ सिख धर्मावलम्बी हरेक वर्ष यस पवित्र स्थलमा दर्शनका लागि पुग्ने गर्छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच आइतबार साँझ झैझगडा भएको थियो ।