पूर्वाधार विकास निर्माणको नाममा हरेक वर्ष करिब एक लाख २० हजार रुख काटिने गरेको पाइएको छ । हरेक वर्ष सरदर ४५ वटा आयोजनाका लागि ६०५ हेक्टर क्षेत्रफलमा उक्त सङ्ख्याको रुख काटिने गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
सरकारले पाँच दशकपछि नयाँ सार्वजनिक सडक ऐन ल्याउन मसौदासमेत तयार गरेको छ । अहिले ‘सार्वजनिक सडक ऐन–२०३१’ कार्यान्वयनमा छ । अहिले सार्वजनिक सडक ऐन–२०३१ अन्तर्गतै सडक निर्माण, मर्मतसम्भारलगायतका काम हुँदै आएको छ ।
नेवारी संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको फाल्चा (पाटी) को निर्माण अहिले उपत्यकाका पालिकाको प्राथमिकतामा परेको छ । काठमाडौँ महानगरपालिकाले
पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले सेवा सुरु गरेको छ ।
सरकारले बाढीपहिरोलगायतका दैवी प्रकोपमा उद्धार तथा राहतका लागि आवश्यक तयारी पूरा गरेको छ । त्यसै गरी दैवी प्रकोपमा परी विस्थापित हुनुपरे तत्काल आवासको जिम्मेवारी स्थानीय तहलाई दिइएको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
काठमाडौँ उपत्यकावासीको धारामा मेलम्चीको पानी वर्षभरि नै आउने, चौबिसै घण्टा आउने जस्ता प्रतिबद्धता सम्बन्धित मन्त्रालय र निकायबाट पटक पटक गरिए पनि धेरै उपभोक्ताका धारामा हप्तौँदेखि पानी आएको छैन ।
निर्माण सम्पन्न आयोजनाहरूको तेस्रो पक्ष प्राविधिक परीक्षण (थर्ड पार्टी टेक्निकल अडिट) नै नगरी हस्तान्तरण, उद्घाटन तथा सञ्चालन हुने गरेको पाइएको छ ।
ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण भएको मुलुकको पहिलो ‘फ्लाइओभर’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेसँगै सो ‘फ्लाइओभर’ सञ्चालनमा आएको हो । उद्घाटनका क्रममा प्रधानमन्त्रीले प्रहरी उच्च अधिकारीको समेत साथ लिनुभयो ।
बर्खायाममा समेत काठमाडौँमा नियमित पानी वितरणका लागि मेलम्चीको दायाँपट्टि रहेको रिबर्माखोलामा नयाँ ‘हेडवक्र्स’ लगायतका संरचना निर्माण गरिएको छ । त्यहाँबाट पानी ल्याउन आयोजनाको मुख्य सुरुङसम्म दुई वटा पाइप पनि जडान गरिएको हो ।
बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना सञ्चालन गर्नुअघि प्राविधिक परीक्षण (फेसिलिटेट टेस्टिङ) सुरु गरिएको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरमा ‘माइक्रोचिप’ जडान अभियान सुरु गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा यो अभियान सुरु गरेका हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु विवाद र समाधानको उपायबारे ललितपुरको खोकना (प्रस्थान विन्दु) र बुङमतीका स्थानीयवासीसँग छलफल गर्नुभएको छ ।
मनोहरा खोला मिच्ने क्रम तीव्र बनेसँगै ललितपुरको च्यासल र काठमाडौँको सुविधानगर डुबानको उच्च जोखिममा छन् ।
मुलुकका अन्य भू–भागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको काठमाडौँतर्फको कालोपत्र सम्पन्न भएको छ ।
जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आइतबारदेखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन् ।