सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरबाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट आसपासका क्षेत्र बुधबार हिलाम्मे र दुर्गन्धित हुनुमा ढल फुटेर वा ढल जाम भएर नभई फोहोर विसर्जनमा भएको लापारबाहीका कारण हो। पूर्वी गेटसँगै रहेको पानी प्रशोधन केन्द्रको फोहोर बगेर पूर्वी गेट र अनामनगर क्षेत्रको सडक फोहोर तथा हिलाम्मे बन्यो।
आज शहीद दिवस । विक्रम संवत् १९९७ मा चार जना नेपाली सपुतलाई राणा शासकले मृत्युदण्ड दिएको स्मरण तथा शहीदको सम्मान स्वरूप हरेक वर्ष माघ १६ लाई शहीद दिवसका रूपमा मनाउने गरिन्छ । माफी मागेर निरङ्कुश शासनसामु झुक्नुभन्दा मुलुकमा लोकतन्त्र र जनताको अधिकारका लागि ज्यान सजाय स्वीकार गर्ने चार जना र अन्य ज्ञात अज्ञात शहीदहरूको सम्मानमा हरेक वर्ष मुलुकमा माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताहको रूपमा मनाइने गरिन्छ ।
राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन। अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन्। हालसम्म सात लाख जनाको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ सम्पन्न भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ। विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले अहिले राष्ट्रिय परिचयपत्र वितरणभन्दा पनि विवरण सङ्कलन कार्यलाई विभागले प्राथमिकता दिएकाले छपाइ अनुसारको कार्ड वितरण हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “विभागको अहिले मुख्य काम विवरण सङ्कलन हो। सङ्कलन कार्य सम्पन्न नभएसम्म कार्ड बाँड्ने काम प्राथमिकतामा पर्दैन, प्राथमिकतामा राख्न मिल्दैन पनि।”
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकाका सडक पटक–पटक भत्काउने
नेपाल र चीनबीच प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन (डिटेल फिजिविलिटी स्टडी) सुरु भएको छ ।
वन तथा निकुञ्ज क्षेत्रमा सम्बन्धित निकायले काम गर्न अनुमति नदिँदा हुलाकी सडक आयोजनाको काम अवरोध हुने भएको छ ।
उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पु-याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ । विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन गई सयौँ ठाउँमा सडकमा क्षति पु-याई खाल्टाखुल्टीरहित सडक अभियानलाई अवरोध पु-याएको आरोप सडक विभागको छ ।
कोभिड–१९ बाट सङ्क्रमित भएकाको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका सङ्क्रमित राख्न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । सरकारले सञ्चालनमा ल्याउने निर्णय गरेको
उपत्यकाका सडक किनारामा ठड्याइएका फायर हाइड्रेन्टलाई मेलम्ची खानेपानीको पाइपलाइनसँग अझैसम्म जोडिएको छैन। यसले गर्दा आगलागी हुँदा ती फायर हाइड्रेन्ट प्रयोग गर्न सकिँदैन। मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाका अनुसार अहिलेसम्म चक्रपथभित्र २५० स्थानमा फायर हाइड्रेन्ट जडान भइसकेका छन्। चक्रपथभित्र थप २५० स्थानमा फायर हाइड्रेन्ट जडान गरिनेछ। उपत्यकामा अन्य स्थानको तुलनामा चक्रपथभित्र घनाबस्ती र आवादी भएको हुनाले पहिलो चरणमा यस क्षेत्रमा मात्र फायर हाइड्रेन्ट जडान गर्न लागिएको हो। थप माग र आवश्यकताका आधारमा अन्य स्थानमा जडान गरिनेछ।
काठमाडौँको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध हुन पुग्यो । त्यसैगरी गत कात्तिक २४ गते पनि मेलम्चीको पाइप परीक्षणको क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा सडक जलमग्न भई सवारीसाधन आवागमनमा समेत समस्या भएको थियो । विद्युत्को तार भूमिगत गर्ने क्रममा तीनकुनेको पाइप फुटेको पाइएको थियो ।
सहरी विकासमन्त्री मेटमणि चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायबीचको सहकार्य आवश्यक भएको बताउनुभएको छ । सरकार र निर्माण व्यवसायी मिलेर अगाडि बढेमा मात्र भौतिक पूर्वाधारका ठूला योजना निर्माण हुन सक्ने धारणा मन्त्री चौधरीले व्यक्त गर्नुभयो ।
मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिनुभयो ।
काठमाडौँ–तराई/मधेश द्रुतमार्गको निर्माण कार्य ललितपुरको खोकनाबाहेकको स्थानमा बिनारोकावट अगाडि बढ्ने भएको छ। ललितपुरको खोकनामा जग्गा विवाद, पुरातात्त्विक सम्पदाको संरक्षणलगायत स्थानीयको मागका कारण सो क्षेत्रमा द्रुतमार्गको काम अवरोध हुँदै आएकाले सो विवादित क्षेत्रमा तत्कालका लागि निर्माण कार्य यथावत् राखी अन्य स्थानमा कामलाई जारी राख्ने नेपाली सेनाले जनाएको छ।
ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै शुक्रबारदेखि निर्माण सुरु गरिने जानकारी दिनुभयो ।
काठमाडौँमा देखिएको सुकुम्बासी समस्या समाधान तथा व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ । सुकुम्बासीको व्यवस्थापन तथा तिनीहरू बस्दै आएको सार्वजनिक जग्गा खाली गराई त्यसको संरक्षण गर्ने विषयमा काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच द्वन्द्व सुरु भएको छ । महानगरले सुकुम्बासी बस्तीको जग्गा आफ्नो क्षेत्राधिकारभित्र परेको दाबी गर्दै सुकुम्बासी बस्ती खाली गराई सो जग्गाको संरक्षण गर्नुपर्छ भन्ने अडानसहित अगाडि बढिरहेको छ भने राष्ट्रिय भूमि आयोग तत्काल सुकुम्बासी बस्ती खाली गराउन नहुने अडानमा छ ।