मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिनुभयो ।
काठमाडौँ–तराई/मधेश द्रुतमार्गको निर्माण कार्य ललितपुरको खोकनाबाहेकको स्थानमा बिनारोकावट अगाडि बढ्ने भएको छ। ललितपुरको खोकनामा जग्गा विवाद, पुरातात्त्विक सम्पदाको संरक्षणलगायत स्थानीयको मागका कारण सो क्षेत्रमा द्रुतमार्गको काम अवरोध हुँदै आएकाले सो विवादित क्षेत्रमा तत्कालका लागि निर्माण कार्य यथावत् राखी अन्य स्थानमा कामलाई जारी राख्ने नेपाली सेनाले जनाएको छ।
ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै शुक्रबारदेखि निर्माण सुरु गरिने जानकारी दिनुभयो ।
काठमाडौँमा देखिएको सुकुम्बासी समस्या समाधान तथा व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ । सुकुम्बासीको व्यवस्थापन तथा तिनीहरू बस्दै आएको सार्वजनिक जग्गा खाली गराई त्यसको संरक्षण गर्ने विषयमा काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच द्वन्द्व सुरु भएको छ । महानगरले सुकुम्बासी बस्तीको जग्गा आफ्नो क्षेत्राधिकारभित्र परेको दाबी गर्दै सुकुम्बासी बस्ती खाली गराई सो जग्गाको संरक्षण गर्नुपर्छ भन्ने अडानसहित अगाडि बढिरहेको छ भने राष्ट्रिय भूमि आयोग तत्काल सुकुम्बासी बस्ती खाली गराउन नहुने अडानमा छ ।
सुकुम्बासीका लागि आठ वर्षअगाडि नागार्जुन नगरपालिका–१ मा निर्माण गरिएको सार्वजनिक भवन अझै सञ्चालनमा आउन सकेको छैन। सुकुम्बासीहरू त्यहाँ जान अनिच्छुक रहेपछि सो भवनको सञ्चालन कसरी गर्ने भन्ने विषय अझै अन्योलमै छ। बाग्मती किनारका सुकुम्बासी हुकुमबहादुर लामाले उक्त भवन टाढा रहेको र कोठा पनि साँघुरा रहेका कारण सुकुम्बासी त्यहाँ जान नसक्ने बताउनुभयो।
मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा तेस्रो पटक ल्याउन मुहानबाट आयोजनाको सुरुङमा पठाइएको छ । बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै गत असार १७ गतेदेखि सुरुङको ढोका बन्द गरिएको थियो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाउन सुरु गरिएको जानकारी दिनुभयो । करिब पाँच महिनापछि मुहानबाट सुरुङमा पानी पठाइएको हो । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौँ पथान्तरण गर्न थालिएको हो । अम्बाथानदेखि सुन्दरीजलसम्म सुरुङको लम्बाइ २६ किलोमिटर छ ।
यदि तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारीसाधन चलाउँदै हुनुहुन्छ वा चलाउने गर्नुभएको छ भने अब सावधान हुनुहोला । अब छिटो सवारीसाधन चलाउने चालकले पनि मापसे (मादक पदार्थ सेवन) र लेनक्रस उल्लङ्घन गरेजस्तै दण्ड जरिवाना बुझाउनुका साथै ट्राफिक सचेतना कक्षा लिनुपर्ने हुन्छ ।
अव्यवस्थित बस पार्किङले सङ्घीय राजधानी काठमाडौँ अस्तव्यस्त र कुरूप बन्दै गएको छ। राजधानी आवतजावत गर्ने दिवा तथा रात्रि सेवाका बस जथाभावी पार्किङ गर्दा राजधानी सहर अस्तव्यस्त बन्दै गएको हो। बसहरू गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने प्रावधान रहे पनि विशेष गरी चक्रपथ वरिपरिका गल्ली, ग्यारेज, पेट्रोल पम्प, निजी तथा सार्वजनिक जग्गा, पेप्सीकोला, तीनकुने, पनौती, बनेपा, जोरपाटी, गौशाला, पशुपति क्षेत्रस्थित सडक किनारलगायतका ठाउँमा अव्यवस्थित रूपमा पार्किङ गर्ने गरेको पाइएको छ।
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुलुकभरि नै मतदान स्थल निर्माण सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकभरि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र निर्माण भइरहेका छन् भने मतदान स्थलमा मतदान अधिकृत, सुरक्षाकर्मीलगायतका कर्मचारी पुगिसकेका छन् ।
कुनै बेला स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म ‘गाउँगाउँमा भ्यु टावर’ भन्ने नारा लोकप्रिय बनेको थियो । ‘गाउँगाउँमा आधारभूत अस्पताल’ भन्दा लोकप्रिय र प्राथमिकतामा परेको ‘भ्यु टावर’को नारा व्यवहारमा धेरै हदसम्म लागूसमेत भयो । अहिले मुलुकभरि ३११ स्थानीय तहमा आधारभूत अस्पतालको आवश्यकता छ ।
नेपालमा प्रतिएक लाख व्यक्तिमध्ये ९.४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ । यसबाट हरेक वर्ष करिब तीन हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करिब छ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन् । विश्वमा हरेक २४ सेकेन्डमा एक जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्याङ्क छ ।
बागमती नदी किनार अतिक्रमण तीव्र बन्दै गएको अवस्थामा पछिल्लो पटक गुरुयोजनाविपरीत ‘पम्प ट्र्याक’ (उबरखबाड घुम्तीहरू भएको साइक्लिङ गर्ने ठाउँ) निर्माण गरिएको छ।
प्रमुख राजनीतिक दलहरूले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलक्षित चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन्। सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा पूर्वाधार विकाससम्बन्धी प्रतिबद्धताहरू गरिएका छन्।
आराध्यदेव सूर्यको उपासना तथा आराधना गरी मनाइने महापर्व छठ सुरु भएको छ। यस वर्ष षष्ठि (आइतबार)का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर यो पर्व सुरुवात भएको छ र सप्तमी (सोमबार)का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व सम्पन्न हुन्छ।
टुकुचा खोलामा निर्माण गरिएको सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा विवाद देखिएको छ । अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरपालिकाको अभियानअन्तर्गत भेटिएको टुकुचा खोलामा निर्मित सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा महानगरपालिका तथा पुरातìव विभागको आ–आफ्नै तर्क र अडान रहेको छ ।