सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे दुई हप्ताभित्र लिखित जवाफ समितिसमक्ष दिन सहरी विकास मन्त्रालयलाई निर्देशन दिए पनि मन्त्रालयले अहिलेसम्म समितिलाई जवाफ बुझाएको छैन । समितिले असार १० गते मन्त्रालयलाई सो निर्देशन दिएको थियो ।
मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् ।कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्न ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय गरिएको डेढ वर्ष पुग्न लाग्दा पनि ‘होल्डिङ सेन्टर’ अझै तयार हुन सकेको छैन । सरकारले निर्णय गरेका आठ ठाउँमध्ये अहिलेसम्म एउटाको जग्गा प्राप्ति नै हुन नसक्दा कार्यक्रम नै रद्द गरिएको छ भने बाँकीको निर्माण कार्य अझै चलिरहेको छ ।
बटुवाले उत्पादन गर्ने फोहोर व्यवस्थापनका लागि प्रयोगमा ल्याइएका फोहोरदानी ‘ग्रीन गार्बेज बिन’ त्यसै हराएका छन् । बटुवाले खाएका खाजाका प्याकेट, पानीका बोतल, फलफूलका बोक्राजस्ता सामान्य फोहोर राख्न प्रयोगमा ल्याइएका त्यस्ता फोहोरदानीमा स्थानीय बासिन्दाले घरायसी फोहोर राख्ने गरेकाले तिनको प्रयोग असफल भएको हो ।
काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट)मा निर्माण हुन नसक्ने भएको छ । रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा कित्ताकाट भइसकेको र स्थायी संरचना पनि निर्माण भइसकेको हुनाले अहिलेकै नक्सामा सो आयोजनालाई अगाडि बढाउन नसकिने विभिन्न सरोकारवालाको दाबी रहेको छ ।
काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको नाममा हरेक वर्ष खर्च गरिएको पाइएको छ ।
अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् । त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका एक दर्जनभन्दा बढी करार कर्मचारीलाई हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ ।
निर्माणाधीन काठमाडौँ–तराई-मधेश दु्रतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् ।
आवश्यक सवारीसाधनको अभावमा काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । सवारीसाधनकै अभावमा बन्चरेडाँडावासीसँग सहमति भएको एक हप्ता बित्न लाग्दा पनि उपत्यकाको फोहोर अझै उठ्न सकेको छैन । घरघरमा तीन हप्तादेखि कोचिएर राखिएको फोहोर अझै सबै उठ्न सकेको छैन ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताउनुभएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग भएको मतदाता नामावलीमा करिब छ लाख ४२ हजार मृतक मतदाता रहेको अनुमान गरिएको छ । त्यस्ता मृतक मतदातासम्बन्धी समाचार आइतबारको गोरखापत्रमा प्रकाशित भएको थियो ।
काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौँबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिनुभयो ।
निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीबाट अ
सरकारले चितवनलाई काठमाडौं, बुटवल र पोखरासँग जोड्न तीनवटा द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्का दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत बजेटमा उक्त घोषणा गर्नुभएको हो । अर्थमन्त्री शर्माले चितवनसम्मको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन दु्रर्तमार्ग निर्माण गर्ने, त्यसैगरी, चितवन–रामपुर चितवन, चितवन–रामपुर–पोखरा दु्रतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड मार्फत प्रक्रिया अगाडि बढाइने बताउनुभयो । त्यसैगरी, सिरहाको मिर्चैया–लुक्ला–सगरमाथा दु्रतमार्ग समेत निजी क्षेत्रको लगानीमा निर्माण गर्ने प्रबन्ध मिलाइने बजेटमा उल्लेख छ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आवश्यक अध्ययन अनुसन्धान तथा बजेटको सुनिश्चितताको अभावमा विकास आयोजनाका काम अपेक्षा गरिए अनुरुप अगाडि बढ्न नसकेको बताउनुभएको छ । उहाँले सहरबासीको स्वस्थ्य र सुन्दर जीवनका लागि सफा र सुन्दर सहर अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।
काठमाडौँ उपत्यकाको फोहोर धादिङ र नुवाकोटको सिमानामा पर्ने बन्चरेडाँडामा निर्माणाधीन डम्पिङ साडटमा व्यवस्थापनको काम सुरु गरिएको छ । दुई सातादेखि थुप्रिएको फोहोरको ढुवानी तथा व्यवस्थापन मङ्गलबार बिहानदेखि सुरु गरिएको हो ।