पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेपछि घटेको मूल्य समायोजन हुने निगमको भनाइ छ ।
पहिरोले पुरिएर दुई जनाको ज्यान गयो
जिल्लामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वाडनम्वर १० तल्लोपाकु बस्ने वर्ष ६६ को गोबिन्द बुढामगर र उहाँका श्रीमती वर्ष ६७ को श्यामकला बुढामगरको पहिरोले पुरिएर मंगलवार मृत्यु भएको हो ।
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि
विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ औँ सभा : एक अर्ब ६८ करोड बजेट स्वीकृत
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४ औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६८ करोड ९३ लाखको बजेट स्वीकृत गरेको छ।
वैकल्पिक विकास वित्त परिचालन विधेयक स्वीकृत
प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ स्वीकृत गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
‘प्लास्टिक सर्जरी विलासिता होइन, अत्यावश्यक उपचार हो’
प्लास्टिक सर्जरी सौन्दर्य बढाउन मात्र प्रयोग गरिन्छ भन्ने गलत बुझाइले गर्दा सरकारको प्राथमिकतामा पर्न नसकेको प्लास्टिक सर्जनको गुनासो छ ।
'समाधानमुखी पत्रकारिता आजको आवश्यकता'
प्रेस काउन्सिल नेपालले मिडियालाई रचनात्मक र सिर्जनशील बनाउन डेक्स मिडियाकर्मीसँग समाधानमुखी पत्रकारिता विषयक एक दिने कार्यशाला गोष्ठी गरेको छ ।
साँझपख कालभैरव
कालभैरव काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरब हो । पूर्णकदको कालभैरवको मूर्ति मल्लकालीन समयमा काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन भेटिएको र पछि हनुमानढोका परिसरमा स्थापना गरिएको मान्यता छ ।
अज्ञात समूहद्वारा घरमा आगजनी
हिमेकी जिल्ला मुगुको सोरु गाउँपालिका–४ लिब्रु स्थित अंगबहादुर शाहीको घरमा सोमबार दिउँसो अज्ञात समूहले आगजनी गरेको छ ।
पूर्वाधार विकासमा वैकल्पिक वित्त परिचालन जरुरी छ : पूर्वअर्थमन्त्री पुन
पूर्वअर्थमन्त्री वर्षमान पुनले ठूला पूर्वाधार विकासका लागि वैकल्पिक वित्त परिचालन जरुरी रहेको बताउनुभएको छ।
३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकद्वारा सामूहिक राजीनामा
आर्थिक वर्षको अन्त्यमा पनि शैक्षिक अनुदान निकाशा नभएपछि गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिनुभएको छ ।
भेरीमा रक्तसंचार सेवा संचालन सम्बन्धी सम्झौता
भेरी अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाबिच रक्तसंचार सेवा संचालन सम्बन्धी सम्झौता भएको छ।
ठुला पूर्वधार निर्माणमा वैकल्पिक वित्त परिचालन हुन्छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठुला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताउनु भएको छ।
सुशासन कायम गर्न कुलिङ पिरियड : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताउनुभएको छ । राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मिडियाको भूमिकाले कानुन निर्माणमा सहयोग पुग्छ : सभामुख गुरुङ्ग
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ्गले मिडियाको भूमिकाले प्रभावकारी कानुन निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभएको छ ।
राखेपलाई चीनको खेल सामाग्री सहयोग
चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मङ्गलबार हस्तान्तरण गरेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट तीन अर्ब १९ करोड
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको १५ औँ बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ।
प्यूठानबाट एकल महिलाको ‘रातो अबिर अभियान’
“श्रीमान् गुमाएपछि जिन्दगी सकिँदैन, अब हामी चुप बस्दैनौं,” प्यूठानकी एक ६० वर्षीया महिलाको यो आवाज अहिले जिल्लाका एकल महिलाहरूको अभियान बनेको छ।
सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
नेकपा (एमाले) का नेतृ तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
विपी राजमार्गमा साँझ ५ बजेदेखि सवारी सञ्चालनमा रोक
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले साउन १ गतेदेखि साउन मसान्तसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
‘मन्त्री परिषदको सिफारिस कार्यान्वयन गरेकी हुँ, विघटन होइन’
पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको, मन्त्री परिषदको सिफारिसलाई कार्यान्वयन मात्र गरेको बताउनुभएको छ ।
करेन्ट लागेर एक बालकको मृत्यु
रौतहटमा करेन्ट लागेर मङ्गलबार १४ वर्षीय बालकको मृत्यु भएको छ ।
युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट
युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग गर्ने एक अमेरिकीलाई रुसी नागरिकता प्रदान गरिएको मस्को-स्थापित अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
भारतद्वारा बोइङ जेटहरूमा इन्धन स्विचहरू जाँच गर्न एयरलाइन्सलाई आदेश
गत महिना एयर इन्डिया जेट दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएपछि बोइङका धेरै मोडलमा इन्धन स्विचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सहरूलाई आदेश दिएको छ ।