उखु किसानले पाएनन् अनुदान
गत वर्ष चैतअघि नै चिनी मिललाई उखु बेचेका किसानले तत्काल अनुदान रकम नपाउने भएका छन् । सरकारले उखु पेल्ने सिजन २०८१/८२ मा उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान रकम प्रदान गर्ने निर्णय गरेको थियो । अब आगामी आव २०८२/८३ बाट त उखु किसानलाई अनुदान प्रदान गर्न बजेट नै विनियोजन गरिएको छैन ।
महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानित
सरकारले विभिन्न विधामा ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गर्नुभयो ।
श्रमिकमा समर्पित ताम्रपत्र
श्रम र श्रमिकको सम्मान, त्यो पनि ताम्रपत्रमा नाम लेखेर ! यस्तो विषय अलि आश्चर्य लाग्ने नै हो तर सङ्घीय शासनप्रणाली अन्तर्गत गाउँमा पुगेको ‘जुम्लाको सिंहदरबार’ ले यहाँको कुलोमा श्रमदान गर्ने श्रमिकको नाम ताम्रपत्रमा लेखेर सम्मान गरेको छ ।
वैदेशिक यात्रामा बाहिरियो दुई खर्ब
विदेश यात्राका लागि नेपालीले ११ महिनामा मात्रै दुई खर्ब रुपियाँ खर्चिएका छन् । शिक्षा, रोजगारी तथा घुमघाम जस्ता उद्देश्यका लागि हुने यस्तो खर्च अहिलेसम्मकै सर्वाधिक हो ।
बत्तिस वर्षमा दार्चुलामा तुइनबाट तेइस जना खसे
दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता हुनेको सङ्ख्या ३२ वर्षको अवधिमा २३ पुगेको छ । तीमध्ये मङ्गलबार पनि तुइन तर्ने क्रममा एक जना नदीमा खसेर बेपत्ता भएका छन् । तुइनमार्फत भारतीय बजार जाने क्रममा मङ्गलबार व्यास गाउँपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता हुनुभएको हो ।
समृद्धिका लागि वनको योगदान प्रभावकारी
वन तथा वातावरण मन्त्रालयले नीतिगत सुधारसँगै नेपाल सरकारको समृद्धिको लक्ष्यको प्रभावकारी सहायक बनेको दाबी गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले एक वर्षको अवधिको काम सम्पादनबारे बुधबार जानकारी दिँदै वन तथा वातावरण क्षेत्रको सन्तुलित र उपभोगमैत्री दायित्व पूरा गर्न सफल भएको बताउनुभयो ।
पिसिएल नर्सिङको कोटा निर्धारण
चिकित्सा शिक्षा आयोगको बुधबारको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।
आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
खतिवडासँग समितिको सोधपुछ ‘मैले कर्मचारीलाई विश्वास गरेँ’
सङ्घीय निजामती सेवा विधेयकमा प्रतिवेदन तयारीमा भएको त्रुटिबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ २१ पैसा र बिक्रीदर १३७ रुपियाँ ८१ पैसा कायम भएको छ ।
वर्षा सुरु भएसँगै गुल्मीका बासिन्दा त्रासले निदाउन सक्दैनन्
बर्सात सुरु भएसँगै बडीगाडखोला किनारका स्थानीय ढुक्कले निदाउन छोडेका छन् । २०७३ सालमा बडीगाडखोलाले सत्यवती गाउँपालिका–६, उल्लीखोलाकी पवित्रा भुसालको घरगोठसहित खेत बगायो । सात वर्ष छिमेकमा छाप्रोकै बास भयो ।
रहनुभएन किसुनजीको चिया अड्डाकी ‘लक्ष्मी दिदी’
पञ्चायतकालको उत्तरार्धदेखि सक्रिय राजनीतिक जीवनमा रहँदासम्म पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रत्येक शनिबार चिया खाने र कार्यकर्ता भेट्ने ‘अड्डा’ नै थियो, बानेश्वरस्थित लक्ष्मी दिदीको चिया पसल ।
उठ्न सक्छ वार्षिक चालिस अर्ब
मकवानपुरका गोपाल शर्मा निरन्तर मधुमेह (सुगर) को औषधी सेवन गर्नुहुन्छ । यसबाहेक उहाँले कोलेस्ट्रोलको औषधी सेवन गरिरहनुभएको छ । सुगर मात्र होइन, उहाँलाई प्रोस्टेट रोग पनि छ । यी औषधी सेवन गर्नका लागि तीन हजार रुपियाँ मासिक लाग्ने गर्दथ्यो । शर्माले स्वास्थ्य बिमा गराउँदा उहाँले सेवन गर्ने औषधी निःशुल्क रूपमा पाइरहनुभएको छ । शर्माले यसअघि वीर अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गर्दा पनि निःशुल्क भएको थियो ।
अझै चल्दै छन् देशभर चौध अवैध तुइन
अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । १० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा सिंहदरबारमा २०७२ असोज २५ गते पदभार ग्रहण गर्ने क्रममा मुलुकमा रहेका तुइनलाई दुई वर्षभित्रमा झोलुङ्गे पुल विस्थापित गरिने
भूमिहीनलाई लालपुर्जा वितरण
सप्तरीको बोदेबर्साइन नगरपालिका ४ मा बुधबार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ । वडानम्बर ४ का गाउँब्लकमा रहेका घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
स्थानीय सेवा ऐन संशोधन विधेयक पारित
कर्णाली प्रदेश स्थानीय सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । बुधबार प्रदेश सभाको दोस्रो कार्यकालको छैठौँ अधिवेशनको ३१ औं बैठकबाट कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेको एक वर्षमा नयाँ सहरदेखि स्थानीय तहपिच्छे साना सहरी केन्द्रका योजनालाई प्राथमिकता दिनुभएको छ ।
सरकार काठमा आत्मनिर्भर बनाउन केन्द्रित
वन तथा वातावरण मन्त्रालयले काठको उत्पादनमा थप वृद्धि गरी काठ तथा काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन केन्द्रित देखिएको छ । गत आर्थिक वर्षसम्म तीन करोड मात्र उत्पादन भएको काठ चालु आवको जेठ मसान्तसम्ममा जम्मा तीन करोड ३५ लाख घनफिट काठ उत्पादन भएको मन्त्रालयले जनाएको छ । साथै प्लाइउड उद्योग तथा जडीबुटी मुख्य विदेश निर्यात हुने वस्तुमा परेको छ ।
महिला न्यायाधीशहरुले धानेको अदालत: न्याय सम्पादनमा न्यायाधीशको लिङ्ग नहुने
जिल्ला अदालत मकवानपुर अरु भन्दा फरक छ मतलब यहाँ कार्यरत चारै जना न्यायाधीश महिला हुनुहुन्छ । अदालत हुने गरेका फैसलाहरुमा चारै जना न्यायाधीशहरूको एउटै आवाज सुनिन्छन् ‘न्यायाधीशको लिङ्ग हुँदैन’ ।
पाथीभरामा तीन करोड ११ लाख बढी भेटी सङ्कलन
ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी रकम सङ्कलन भएको हो ।
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा
कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सेप्टिक ट्याङकीमा काम गर्दा तीनजना बेहोस
पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसे पञ्चमीको घुर्बिसे पञ्चमी सहकारी संस्थाको भवनमा सेप्टिक ट्याङकी निर्माण गर्न खटेका तीन जना श्रमिक बेहोस अवस्थामा फेला परेका छन् ।
गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित
हमासले इजरायलमाथि गाजा पट्टीमा आफ्नो सैनिक उपस्थितिलाई दीर्घकालीन रूपमा कायम राख्न खोजेको आरोप लगाएको छ । साथै, उसले दोहामा भइरहेको अप्रत्यक्ष वार्तामा कुनै ठोस प्रगति नभएको दाबी गरेको छ ।
शासकीय सुधार, विकास निर्माण र विपद् व्यवस्थापनमा रक्षा मन्त्रालयको उल्लेख्य प्रगति
रक्षामन्त्री मानवीर राईले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय सुरक्षा, शासकीय सुधार, विकास निर्माण र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउनुभएको छ ।