पत्रकारको पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार पत्रकारको हकहित र पेशागत सुरक्षासँगै प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राणा शासनविरुद्ध गणेशमान सतिसाल झैँ उभिनुभयो : पूर्वराष्ट्रपति डा यादव
पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसका संस्थापक नेता तथा लौहपुरुष गणेशमान सिंहको योगदान नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय चेतनाको यात्रामा सदैव अमर रहने बताउनुभएको छ ।
प्रहरी वृत्त बानेश्वरको कार्यालयमा आगजनी गर्ने युवक पक्राउ
प्रदर्शनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड, आगजनी, हातहतियार लुटपाट तथा प्रहरीलाई दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
डिजिटल नेपालतर्फ अर्को फड्को : सञ्चारमन्त्रीद्वारा एआई केन्द्रको उद्घाटन
डिजिटल माध्यममार्फत सार्वजनिक तथा निजी क्षेत्रका कामलाई सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरेको छ।
जेनजी पुस्तालाई एमालेमा आउन अध्यक्ष ओलीको आह्वान
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्तालाई एमालेमा सामेल हुन आग्रह गर्नुभएको छ ।
सेवा आयोगमा प्राडा शर्मा
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गर्नुभएको छ ।
घुमौं रुविभ्याली म्यूजिक भिडियो सार्वजनिक
रुविभ्याली पदयात्रा मार्गको प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट) ले यो गीत निर्माण गरेको हो ।
निर्वाचनमा स्थानीय सरकार अग्रपङ्तिमा रहने : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले स्थानीय सरकारलाई आगामी निर्वाचनको तयारीमा अग्रपङ्तिमा रहने बताउँदै त्यसका लागि सबै तहबीच सुदृढ समन्वयको आवश्यकता औँल्याउनु भएको छ।
आदिवासी समुदायका ५ सहित १५ सिनेकर्मी पुरस्कृत
चलचित्र बिकास बोर्डले सोमबार एक विशेष समारोहको आयोजना गरी १५ जना सिनेकर्मीहरूलाई “सांस्कृतिक रूपान्तरण पुरस्कार” प्रदान गरेको छ । पुरस्कृतमध्ये बरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्माता–निर्देशक युवराज लामासहित ५ जना व्यक्तित्वहरू आदिवासी जनजाति समुदायबाट रहनुभएको छ ।
मालपोत कार्यालय बाँकेले थाल्यो आंशिक सेवा
गत जेनजी आन्दोलनका क्रममा गम्भीर क्षति व्यहोरेको बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयले पुनः आंशिक सेवा थालेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी, तोडफोड र लुटपात हुँदा भौतिक संरचना र महत्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएको थियो ।
दुर्घटना घटाउन नम्बरप्लेट सुधार अभियान
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी कार्यालय तौलिहवाले सवारी साधनहरुको नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ ।
आश्रमलाई सिगानाबासीको १६ लाख बढी सहयोग
मानवसेवा आश्रमको भवन निर्माण र अक्षय कोषका लागि आयोजित श्रीमद भागत ज्ञानविज्ञान महायज्ञमा बागलुङ नगरपालिका –८ सिगानाबासीले संस्थागत रुपमा सहयोग गरेका छन् ।
मंसिर ८ मा हिउँदे अधिवेशन बोलाउने निर्णय
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।
लालबहादुरले बेच्नुभयो १० क्विन्टल अकबरे
बेनी नगरपालिका–३, भकिम्लीका लालबहादुर पुनले वैदेशिक रोजगारी त्यागेर स्वदेशमै कृषि कर्मलाई रोज्नु भएको छ । तीन वर्ष वैदेशिक रोजगारीमा रहेर फर्किनुभएका पुनलाई पछिल्लो पटक बेलायत (युके) जाने भिसा लागेको भए पनि उहाँले विदेश जानुको सट्टा गाउँमै बसेर कृषि व्यवसाय सुरु गर्नुभएको हो ।
संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँः मुख्यमन्त्री यादव
मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताउनुभएको छ ।
एक वर्षमा तीन सय ९५ जनाको उद्धार
मानव बेचबिखन विरुद्ध सक्रिय संस्था शान्ति पुनस्थापना गृह नेपालगन्जले गत आर्थिक वर्ष २०८१–८२ मा ४० जिल्लाका ३९५ जनाको उद्धार गरेको छ ।
विङ्गर दुर्घटनामा चालकसहित १२ जना घाइते
गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका –४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुहरु घाइते भएका छन् ।
फुटबल टोलीको बिदाइ
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।
नयाँ पुस्तालाई सङ्गीनी सिकाउँदै आमाहरू
मोरङको पथरीशनिश्चरे–३, स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गीनी समूहले हराउँदैगएको सांस्कृतिक धरोहर सङ्गीनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ ।
द्रुतमार्गको प्रगति ४३.६६ प्रतिशत, सात स्थानमा सुरुङ बन्दै
राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ४३.६६ प्रतिशत मात्र रहेको छ ।
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ । प्रदूषणको स्तर तीव्ररूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ ।
मुस्ताङका विद्यालय जाडो छल्न सरे पोखरा
भारी हिमपात र अत्यधिक चिसो बढेसँगै उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका विद्यालय बेँसी झरेका छन् ।
‘अपाङ्गता भएका महिलालाई सहजरूपमा न्याय दिन न्यायिक निकायको व्यवहार बदलिनु पर्छ’
अपाङ्गता भएका महिलाको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
सुरक्षा प्रमुखद्वारा नेपाल–भारत सीमा क्षेत्रको अनुगमन
ताप्लेजुङका सुरक्षा प्रमुखहरूले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँसहित सुरक्षा प्रमुखहरुको टोलीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरेको हो ।