राम्दीमा नयाँ पुल अन्तिम चरणमा
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने राम्दी पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा निर्माण भइरहेको कालीगण्डकी पुलको निर्माणको काम सकिनै लागेको हो ।
आएनन् प्रमुख प्रशासकीय अधिकृत
नयाँ सरकार गठन भएपछि सर्लाहीका विभिन्न पालिकामा सरुवा गरेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अझै हाजिर हुन आएका छैनन् । सङ्घीय मामिला तथा सा
घरबासले बढायो बेलढुङ्गामा पर्यटक
बिहानै सूर्योदयसंगै देखिने हिमालहरू चाँदी झैँ टल्किन्छन् । त्यही मोहित सूर्योदयसंगै दर्जन बढी हिमाल हेर्न अहिले पर्यटक बेलढुङ्गामा पुग्ने गरेका छन् । रुकुमको पुथा हिमालदेखि रसुवाको लाङटाङसम्मको हिमाल हेर्न पर्यटक बेलढुङ्गा पुग्ने गरेका छन् । प्राकृतिक भ्युटावरका रूपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पर्यटक पु¥याउन पर्यटकीय पूर्वाधार र घरबासले सघाएको देखिन्छ । एक दशकअघिसम्म भिरमा घाँस काट्नेले मात्रै देखेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।
सामाजिक सञ्जालका सूचना आधिकारिक भए–नभएको चिन्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन् वा आधिकारिक हुन् भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ ।
तातोपानी कुण्डमा स्नान गर्नेको भिड
म्याग्दीको बेनी नगरपालिका अन्तर्गत सिङ्गा तातोपानीस्थित तातोपानी कुण्डमा बिरामी र बिरामीका आफन्तको भिड लाग्ने गरेको छ । स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोग निको नभएपछि आजित भएका बिरामीलगायत पर्यटक प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा दैनिक स्नान गर्न आउने गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले विकास निर्माण प्रभावित
पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले जिल्लाका विकास निर्माणका कामहरू प्रभावित भएका छन् । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेसँगै चालु अवस्थामा रहेका विकास निर्माणका आयोजना प्रभावित बनेका हुन् ।
‘गुनासोपेटिका’ प्रयोगविहीन
सरकारी कार्यालयमा सेवाग्राहीका गुनासा, सुझाव तथा उजुरी सङ्कलन गर्न राखिएका ‘गुनासोपेटिका’ पछिल्लो समय प्रयोगविहीन बन्दै गएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय तहका अधिकांश कार्याल
‘कसैसँग छैन आशा गर्छन् सडकमै सङ्घर्ष’
वैशाखको चर्को घामले जमिन तातेको छ । शीतल दिने छहारी छैन । छाता ओढेर ग्राहकको प्रतीक्षामा हुनुहुन्छ, ढाटीमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइबा ।
शिक्षा क्षेत्रका विकृतिविरुद्ध आवाज उठाउने योजना
झापाकी युवा नेतृ नीता घतानी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट समानुपातिक सूचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएको छ । पछिल्लो समय राजनीतिमा युवाको भूमिका
स्रोत सुनिश्चित नहुँदा करोडौँको ढल आयोजना अलपत्र
मोरङको लेटाङ नगरपालिका–३ स्थित कमलपुर सामुदायिक वन नजिकै दुई विगाह क्षेत्रफलमा दुई वटा ठुला भवन निर्माण भएका छन् । ढल डम्पिङका लागि भवन नजिकै दुई वटा विशाल ट्यांकी निर्माण गरिएको छ ।
अन्योलमा अभिभावक र विद्यार्थी : पठनपाठनबारे सरकारपिच्छे निर्णय
नयाँ शैक्षिक सत्रको भर्ना र पठनपाठनको विषयमा गुल्मीका स्थानीय सरकारपिच्छे फरक फरक निर्णय सार्वजनिक भएका छन् । सङ्घीय सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट नियमित कक्षा सञ्चालनको निर्णय गरेको छ । हप्तामा एक दिन बिदा आइतबार थप गरेको छ तर जिल्लाका स्थानीय सरकारले कतै सङ्घीय सरकारकै निर्णय कार्यान्वयन गरेका छन् भने कसैले स्थानीय सरकारको अधिकार भनेर भर्ना अभियान, कक्षा सञ्चालन र आइतबार बिदा नदिने निर्णय गरेर विद्यालयलाई निर्देशन दिएका छन् । जसले विद्यार्थी र अभिभावक अन्योलमा छन् ।
इन्धनको भाउ बढेपछि हलगोरुले खेती
इनरुवा नगरपालिका–९, बबियाका किसानले इन्धनको भाउ बढेपछि हलगोरुले खेती गर्न सुरु गरेका छन् । दशकअघिदेखि हलगोरु पाल्ने किसान घट्दै गएकोमा पच्छिलो समय डिजेलको मूल्य बढेर
गढवा–कालाकाँटे हुलाकी सडक : ठेकेदार फेरिएपछि काम सुरु
निर्माण व्यवसायीको लापर्बाहीका कारण लामो समयसम्म अलपत्र परेको दाङको गढवा–कालाकाँटे हुलाकी सडक निर्माणको आधा काम सकिएको छ । गढवा–कालाकाँटे हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडक निर्माणको आधा काम सकिएको हो ।
शान्ति उद्यानभित्रको धूप घडी
तुलसीपुर उपमहानगरपालिका अन्तर्गत रहेको शान्ति उद्यानभित्र भीमकाय गौतम बुद्धको मूर्ति छ । तत्कालीन नेकपा माओवादीको युद्ध उद्गमस्थल मानिएको राप्ती अञ्चलमा शान्तिको कामना गर्दै स्थापना गरिएको शान्ति उद्यानले शान्तिको सन्देश मात्रै छरेको छैन । हाम्रा पुरानो पुस्ताले समय हेर्नका लागि बनाएको धूपघडीसमेत संरक्षण गरिरहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
रौतहटमा ५७ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
चालु आर्थिक वर्षको चैत महिनाको रौतहट प्रहरीले भन्सार छली तथा राजस्व चुहावट गरी भित्र्याइएका करिब ५७ लाख ५४ हजार रुपियाँ बराबरका मालसामान बरामद गरेको छ ।
कांग्रेस विवाद निरूपण
लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुन्छ । नागरिक मतको सङ्कलन र देशहितका कार्यसम्पादन राजनीतिक दलकैमार्फत हुने भएकाले दलीय भूमिकालाई महत्वपूर्ण मानिएको हो । समयक्रममा कतिपय दल स्वयम् विवादको भुमरीमा पर्छन् । देशकै प्रजातान्त्रिक आन्दोलनको अग्रणी मानिएको राजनीतिक संस्था नेपाली कांग्रेस केही महिनायता चरम आन्तरिक विवादमा प¥यो । संसद्मा प्र
फाल्गुनन्द अध्यक्ष कपको उपाधि झापालाई
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित ‘फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता’ को उपाधि नव किरण स्पोर्टिङ क्लब झापाले जितेको छ ।
घर घरमा राहदानी पु-याउन हुलाकमा स्रोतसाधनको अभाव
घरमै हुलाकमार्फत राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका कागजात पठाउने भनिए पनि अहिले राहदानी पठाउने कार्य हेटौँडा उपमहानगर क्षेत्रभित्र मात्र सीमित बनेको छ । जिल्ला प्रशासन कार्यालय म
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा हुँदै
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ।
गुरुकुलमा बढ्दो आकर्षण, प्रवेश परीक्षा सञ्चालन
तनहुँको पवित्र तीर्थस्थल देवघाटधाममा सञ्चालित गुरुकुलहरूमा संस्कृत शिक्षा अध्ययनका लागि विद्यार्थीको थेगिनसक्नु चाप देखिएको छ ।
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
झापाको गौरादहमा भएको मोटरसाइकल दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । शनिवार साँझ करिब ७ः५० बजे दमकबाट गौरादह तर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा गम्भीर घाइते हुनुभएको २७ वर्षीय पदमबहादुर मगरको ज्यान गएको हो ।
घुम्ती शिविरमा एक सय तीनलाई सेवा
बिरुवा गाउँपालिकाले वडा नं –७ मा घुम्ती शिविर मार्फत नागरिकलाई सेवा प्रदान गरेको छ । एकैठाउँबाट नागरिकले विभिन्न सेवा लिन सकुन भन्ने उद्देश्यले गाउँपालिकाले एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।