पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको छ ।
दमौलीबाट मुक्तिनाथका लागि सिधा बस सेवा सुरु
हिमाली जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जाने पर्यटक तथा तीर्थयात्रीहरूको चाप बढेपछि तनहुँको सदरमुकाम दमौलीबाट सिधा बस सेवा सञ्चालनमा आएको छ ।
जिल्ला समन्वय समिति सदस्य शाहीको निधन
जिल्ला समन्वय समिति हुम्लाका सदस्य कर्णबहादुर शाहीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित शाहीको आइतबार बिहान आफ्नै निवासमा निधन भएको हो ।
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
हिमाल जस्तै हँसिला शेर्पा
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा गम्केर बज खैँजडी झम्केर नाच मजुरा... जनकविकेशरी धर्मराज थापाका शब्द, लय र स्वरमा रेडियो नेपालबाट यिनै गीत गुञ्जन थालेपछि हिमाल र तेन्जिङबारे सारा नेपालीले थाहा पाए । त्यसपछिका दिनमा हिमाल आरोहण र शेर्पा जाति पर्याय जस्तै बन्न पुगेका छन् । उनीहरू कुशल पर्वतारोही हुन् ।
मयूर र मृगको सम्बन्ध
जावलाखेल सदर चिडियाखानाको एउटा कुनामा मयूरको घर छ । अर्को कुनामा डाँफे चरीको । अलिपर जुरेलीको । उड्न नसक्ने चरा इमु, अस्ट्रिचलगायत चराचुरुङुगीको घर अर्को कुनामा छ । चिडियाखानाका सबै जीवजन्तु आआफ्नै धुनमा रमाइरहेका थिए । चिडियाखानाकै कुनाको घरमा बसोबास गर्ने मयूरले एक दिन सधैँ फ¥याकफुरुक गर्ने मृगलाई ‘आफ्नो घरमा बोलाएर मिठो मिठो खानेकुरा दिनु प¥यो र मृगलाई भाइटीकामा
आमाको नामबाट दुई दाजुभाइले लिए नागरिकता
ताप्लेजुङमा दुई दाजुभाइले आमाको नामबाट नागरिकता लिएका छन् । जिल्लाको सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनका एकै आमाको कोखबाट जन्मिएका दुई दाजुभाइले आमाको नामबाट नागरिकता लिएका हुन् ।
मुगुमा निर्माणाधीन सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम
जिल्लाको सदरमुकाम क्षेत्रमा रेडक्रसदेखि न्युरोडसम्म सडक विस्तार गरिएको छ । सडक विस्तारको जिम्मा पाएको श्रीयाँ कन्स्ट्रक्सन प्रालिले सशस्त्र प्रहरी कार्यालय नजिक निर्माणाधीन सडक साँघुरो बनाउँदा उक्त खण्डमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो ।
हनुमानढोकाको त्यो प्रहरी
हनुमानढोका भन्नेबित्तिकै काठमाडौँ उपत्यकामा बसोबास गर्नेहरू प्रायः ‘नेपाल प्रहरी’ सम्झन्छन् । तथापि पूर्ववत् प्रहरी कार्यालय त्यहाँ छैन, तैपनि जनबोलीमा अझै पनि ‘हनुमानढोका प्रहरी’ झुन्डिएकै छ । प्राचीन कालमा उपत्यकाका पाटन, भक्तपुर दरबारहरूमध्ये हनुमानढोका दरबारलाई शक्तिशाली मानिथ्यो । हाल वसन्तपुर हनुमानढोका दरबार सङ्ग्रहालय रहेको क्षेत्रमा एउटा जीर्ण भवन देखिन्छ । २०७२ सालको भूकम्पले जीर्ण बनेको त्यो भवन उपत्यकामा शान्ति सुव्यवस्था र अपराध अनुसन्धानका लागि प्रख्यात थियो ।
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ ।
दुई दिने सार्वजनिक बिदाले मानहुँकोटमा पर्यटकको तेब्बर वृद्धि
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ ।
अभिभावकको निगरानी नभएका बालबालिका जोखिममा
अभिभावकको निगरानी नहुँदा बालबालिका बिग्रिने गरेका छन् । छोराछोरी पढाउने भनेर बाबुआमा बिदेसिने घरमा अधिकांश बालबालिका पढ्दै नपढ्ने भएका छन् । केही अभिभावक कामका लागि भारत जाँदा बालबालिका पनि लैजाने र फेरि ल्याएर पढाउन खोज्दा उमेर धेरै भएर तथा पढाइमा ध्यान नदिएको अभिभावकले गुनासो गरेका छन् ।
बर्डफ्लुबाट ५० करोडभन्दा बढी क्षति, किसान मारमा
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति बेहोरेका छन् ।
तीन नदीमा अन्डा दिँदै दुर्लभ घडियाल
संरक्षण क्षेत्रबाहिर रहेको कैलालीको तीन वटा नदीमा दुर्लभ घडियालले अन्डा दिइरहेको स्थानीय संरक्षणकर्मीले बताउनुभएको छ । मोहना, पथरैया र कर्णाली नदीमा यस वर्ष पनि घडियाल गोहीले गुँड बनाएर अन्डा दिइरहेका उहाँहरूले बताउनुभएको छ । चैत–वैशाखमा घडियाल गोहीको अन्डा दिने सिजन मानिन्छ । यो सिजनमा यी नदीमा कम्तीमा पनि १५/१६ वटा पोथी घडियाल देखा परिरहेको जनाउँदै डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले धेरै जसोले अन्डा दिइसकेको र कतिपयले अझै पनि गुँड परीक्षण गरिरहेको फेला परेको बताउनुभयो ।
बाइस हजारभन्दा बढी घरधुरीमा बल्यो बिजुली
दार्चुलाको ग्रामीण क्षेत्रमा धमाधम विद्युतीकरण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत यहाँका नौ वटै स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको हो ।
वन्यजन्तु क्षतिबापत साढे १५ लाखभन्दा बढी राहत वितरण
उपल्लो मुस्ताङको लोमान्थाङ–४ न्याम्दो गाउँका कृषक काजाङ ग्याचो गुरुङको गत चैत २५ गते एउटै खोरमा रहेका २८ वटा भेडाच्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरेका थिए ।
महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी रणनीति तयार
कर्णाली प्रदेश सरकारले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी रणनीति तयार गरेको छ । महिला तथा किशोरीहरू महिनावारी हुँदा उनीहरूको स्वास्थ्य र पाउने न्यायलाई केन्द्रित गरी सामाजिक विकास मन्त्रालयले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी मार्गदर्शन २०८२ तयार गरेको हो । यो रणनीति अगामी आर्थिक वर्षदेखि लागु हुने बताइएको छ ।
घट्न थाल्यो नदीमा पानी
जुम्लाको हिमा गाउँपालिका–१, बड्कीगाउँको कालिका माध्यमिक विद्यालयका शिक्षक दीपबहादुर शाहीलाई हिमा नदीको पानी घट्न थालेकोमा चिन्ता बढेको छ । उहाँलाई सिँजा दरामा बग्ने उक्त हिमा नदी घटेका कारण अहिले सिँचाइ पनि प्रभावित हुने डर बढेको छ ।
अदालतको न्यायिक संवाद कार्यक्रम
जिल्ला अदालत र उच्च अदालत सुर्खेत (जुम्ला इजलास) ले यहाँको सिँजा गाउँपालिकाको सिँजामा न्यायिक संवाद तथा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पछिल्लो समयमा स्थानीय तहमा न्यायिक समितिले हेर्न सक्ने मुद्दा तथा मेलमिलाप गर्न मिल्ने विषयबारे जानकारी दिइनुका साथै कुन मुद्दा स्थानीय तहमा समाधान गर्न सकिन्छ र कुन मुद्दा औपचारिक कानुनी निकायमा पठाउनुपर्ने हुन्छ भन्ने विषयमासमेत स्पष्ट पारिएको छ ।
नेपालगन्जमा वैशाख ७ देखि भर्ना, १५ गतेबाट पठनपाठन सुरु
संघीय सरकारले वैशाख १५ गतेपछि मात्र भर्ना प्रक्रिया सुरु गर्न सूचना जारी गरे पनि नेपालगन्ज उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।
पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता
जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता हुनुहुन्छ । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उहाँ बेपत्ता हुनुभएको हो ।
राम्दीमा नयाँ पुल अन्तिम चरणमा
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने राम्दी पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा निर्माण भइरहेको कालीगण्डकी पुलको निर्माणको काम सकिनै लागेको हो ।
आएनन् प्रमुख प्रशासकीय अधिकृत
नयाँ सरकार गठन भएपछि सर्लाहीका विभिन्न पालिकामा सरुवा गरेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अझै हाजिर हुन आएका छैनन् । सङ्घीय मामिला तथा सा