शिवमले तिर्यो पहिलो किस्ता
डेडिकेटेड र ट्रङ्क लाइन महसुलको प्रिमियम महसुल विवादमा रहेको शिवम् सिमेन्टले बक्यौताबापत निर्धारित पहिलो किस्ताको रकम भुक्तान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पहिलो किस्ता तिरेपछि मकवानपुरको हेटौँडामा रहेको उद्योगमा विद्युत् लाइन पनि जडान भइसकेको जनाइएको छ ।
महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मङ्गलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मुगु भन्सार : वर्षमा सोह्र दिन खुला, राजस्व दुई लाख
जिल्लाको उत्तरी भेगमा पर्ने तिब्बतसँग जोडिएको मुगुको माथिल्लो मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुगाउँमा रहेको मुगु भन्सार कार्यालयले यो आर्थिक वर्षको १६ दिनमा दुई लाख ५३ हजार राजस्व सङ्कलन गरेको छ ।
गुर्जा गाउँको शिरमा चम्किँदै गुर्जा हिमाल
गुर्जा गाउँको शिरमा छ गुर्जा हिमाल । दुईहप्ता अघि परेको हिमपातका कारण गुर्जा हिमाल सेताम्मे भएको छ । गुर्जा हिमालको सुन्दरताले पर्यटकलाई यतिखेर लोभ्याइरहेको छ । गुर्जा हिमालको उचाई सात हजार एक सय ९३ मिटर छ ।
धान उत्पादन घट्ने
यस वर्ष मुलुकभर धान उत्पादन घट्ने अनुमान गरिएको छ । असोज र कात्तिकमा आएको वर्षा र बाढीका कारण धानमा क्षति पुगेकाले चारदेखि पाँच लाख मेट्रिक टन कमी आउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमान गरेको छ ।
खाद्यलाई शोधभर्ना समस्या
किसानले सरकारबाट तोकिएको न्यूनतम समर्थन मूल्यमा धान बेच्न नपाएको समस्या यस वर्ष पनि दोहोरिएको छ । सरकारले विगतका वर्ष जस्तै असार, साउनमै बर्खे धानको न्यूनतम समर्थन मूल्य तोके पनि त्यस अनुसार बजारको व्यवस्था नहुँदा विगतकै समस्या दोहोरिएको हो ।
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
डुम्रे–बेसीशहर–चामे सडक दैनिक छ घण्टा बन्द
डुम्रे–बेसीशहर–चामे सडकखण्ड दैनिक छ घण्टा अवरुद्ध भएको छ । भानु नगरपालिकाको तुरतुरे–चाम्बास खण्ड दैनिक छ घण्टा सोमबारदेखि मङ्सिर ५ गतेसम्म अबरुद्ध भएको हो ।
वर्ल्डलिङ्कले ल्यायो राउटरमा सिक्सजी
इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले विद्यमान फाइभजी राउटरभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च डेटा क्षमताको राउटर प्रविधि सिक्सजी ल्याएको छ ।
एनसेलको ‘११:११ एनसेल एप क्याम्पेन’ आज
एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत मङ्गलबार एनसेल एपमार्फत दुई सय रुपियाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जनाले ११ दिन समयसीमा भएको ११ जिबी डेटा निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
‘भ्वाइस’ को व्यवसाय बन्द हुन सक्ने आकलन
इन्टरनेटमा आधारित गतिविधि बढ्दा भ्वाइस सेवा उपलब्ध गराइरहेका सेवाप्रदायकको व्यवसाय नै बन्द हुने सम्भावना बढेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्षेपण गरेको छ । खास गरी ती सेवाप्रदायकको आय निरन्तर रूपमा घट्दै गइरहेकाले यस्तो जोखिमको सम्भावना देखिएको नियामकको निष्कर्ष छ ।
मेलम्ची विवाद मिलाउन आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गर्नुभएको छ ।
कोप–३० मा नेपालको मन्त्रीस्तरीय नेतृत्व
कोप–३० सम्मेलनमा नेपालको तर्फबाट उच्चस्तरीय सत्रको नेतृत्व गर्न कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियार ब्राजिल जाने तयारीमा हुनुहुन्छ । शक्रबार ब्राजिल प्रस्थान गर्नुअघि उहाँले ब्राजिलमा रहेको नेपाली टोली र नेपालमा रहेको विज्ञ समूहसँग गहन छलफल जारी राख्नुभएको छ ।
निर्वाचन गराउन आयोग प्रतिबद्ध
निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेको छ । आयोगले नेपालको संविधान र मौजुदा कानुनबमोजिम आगामी फागुन २१ गते निर्वाचन गराउन प्रतिबद्ध रहेको जनाएको हो ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।
एकासीमा पचपन्न लाख भ्रष्टाचार
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मोटरबाटो स्तरोन्नतिका लागि छुट्याइएको ८१ लाख रुपियाँको ठेक्कामा ५५ लाख रुपियाँ भ्रष्टाचार भएको देखिएको छ ।
निर्वाचनका लागि समन्वय आवश्यक
पूर्वराष्ट्रपति डा. रामवरण यादवले फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न सरकार, राजनीतिक दल र सरोकारवालाबिच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभएको छ । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंहको १११ औँ जन्मजयन्ती तथा जनआन्दोलन स्वर्णपदक वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय एआई केन्द्र स्थापना
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठुलो फड्को मारेको बताउनुभएको छ । मन्त्री खरेलले राष्ट्रिय एआई केन्द्रको सोमबार उद्घाटनका क्रममा उक्त कुरा बताउनुभएको हो ।
कर्मचारी दरबन्दी : स्थानीय तहमा अभाव, सङ्घमा भीड
दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ । सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन । सिंहदरबारभित्र, काठमाडौँ उपत्यका र सदरमुकाम आसपासका कार्यालयमा आवश्यकभन्दा बढी दरबन्दी सिर्जना गरी कर्मचारी थुपारिएको छ । स्थानीय तहमा भने कर्मचारी अभावमा गाउँ गाउँमा सेवा प्रवाहको समस्याले सेवाग्राहीले कर्मचारी खोज्दै हिँड्नुपर्ने बाध्यता छ ।
तेत्तिसौँ प्रहरी महानिरीक्षकमा कार्की नियुक्त
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
निर्वाचन सुरक्षा : प्रारम्भिक विश्लेषण तयार
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका विविध आयाम तथा विद्यमान अवस्था तथा समग्र सुरक्षा अवस्थाबारे प्रारम्भिक विश्लेषण गरिएको छ । गृह मन्त्रालयले ‘निर्वाचन सुरक्षा योजना’ तयार गर्नुअघि जिल्ला सुरक्षा समिति तथा विभिन्न सुरक्षा निकायमार्फत ७७ वटै जिल्लाको समग्र सुरक्षा अवस्था र मतदान केन्द्रहरूको सुरक्षा संवेदनशीलताबारे विवरणहरू सङ्कलन गरेको हो । जिल्ला सुरक्षा समितिहरूले मन्त्रालयलाई पठाएको विवरणमा आगामी निर्वाचनमा देशभर जम्मा १० हजार ३६९ मतदान केन्द्र रहने र विगतको तुलनामा सुरक्षा संवेदनशीलता बढ्न सक्ने आकलन गरिएको छ ।
छिट्टै पदभार ग्रहण गर्छु : मुख्यमन्त्री यादव
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा मुख्यमन्त्रीको तत्काल कार्यालय नभएको र कार्यालय जलेको अवस्थाका कारण आफुले पदभार ग्रहण नगरेको बताउनुभएको छ ।
पत्रकारको पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार पत्रकारको हकहित र पेशागत सुरक्षासँगै प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राणा शासनविरुद्ध गणेशमान सतिसाल झैँ उभिनुभयो : पूर्वराष्ट्रपति डा यादव
पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसका संस्थापक नेता तथा लौहपुरुष गणेशमान सिंहको योगदान नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय चेतनाको यात्रामा सदैव अमर रहने बताउनुभएको छ ।