निःशुल्क औषधीले काम नगरेको गुनासो
स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रममा स्थानीय तहका स्वास्थ्य संस्थामा आपूर्ति हुने औषधीको गुणस्तरबारे गुनासो गरिएको छ । स्वास्थ्य संस्थाले निःशुल्क वितरण गर्ने सिटामोलले काम नगरेपछि बिरामी निजी मेडिकल धाउन बाध्य हुने गरेको समीक्षा कार्यक्रममा चर्चा गरिएको छ ।
काममा ढिलाइ भएपछि सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्दै सरकार
राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ ।
सेती राजमार्गको आधा खण्डमा ट्र्याक खोल्नै बाँकी
१४ वर्षअघि सुरु भएको सेती राजमार्गको १४६ किलोमिटर सडक अझै ट्र्याक खोल्न बाँकी छ । कैलालीको टीकापुरदेखि बझाङको ताक्लाकोटसम्म ३५९ किलोमिटरमध्ये २१३ किलोमिटर सडकको मात्रै ट्र्याक खोलिएको छ । भारतीय बजार तिकुनिया नाकाबाट कैलालीको टीकापुर–ताक्लाकोट, बझाङ हुँदै चीनसम्म पुग्ने त्रिदेशीय मार्गले सुदूरपश्चिमको जीवनमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिए पनि निर्माणमा भएको ढिलाइले चिन्ता बढाइरहेको हो ।
स्वास्थ्य सेवा प्रवाहमा लालबन्दी पहिलो
स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका जिल्लामै प्रथम भएको छ ।
फाल्गुनन्दको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्द लिङ्देनले तयार पार्नुभएको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।
सप्तरीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
गाउँको मुहार फेर्ने सपना
नेपाल भौगोलिक र उत्पादनमा विविधता भएको देश हो । हिमाल, पहाड र तराई/मधेशमा बेग्लाबेग्लै उत्पादन गरेर आयआर्जन र रोजगारी बढाउन सकिन्छ । हिमाली क्षेत्र पर्यटन तथा पदयात्राका लागि उपयुक्त छ ।
नवपुस्ताले चाहेको परिवर्तन
भदौ २३ र २४ गते नेपालमा जेनजीको सशक्त विरोधले विस्फोटको रूप लियो । आन्दोलन दक्षिण एसियामा नवीन भने थिएन । राजनीतिक विश्लेषकले ‘राजनीतिक सुनामी’ नाम दिएका जेनजीको आन्दोलन श्रीलङ्का र बङ्गलादेशमा सन् २०२२ देखि नै सुरु भएको थियो ।
देउँसी भैलो खेलेर विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
गाउँमा प्राय देउँसीभैलो रमाइलो र वनभोज जाने पैसा जम्मा पार्न खेल्ने गरिन्छ । तर गुल्मीको मुसिकोट नगरपालिका–१ को देउसी भैलो समूहले तिहारमा खेलेको देउसी भैलोको रकमबाट सामाजिक कामको उदाहरण प्रस्तुत गरेको छ ।
हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल
जिल्ला निर्वाचन कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मनदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल गरेको छ ।
उज्यालोतर्फको यात्रा
हामीले बाँचेका प्रत्येक पल इतिहासमा दर्ज हुँदैन । वेगवान् समयको कुनै मोडमा नसोचेका यस्तो परिघटना आई पर्छ कि त्यो युगौँयुगसम्म बाँचिरहने अमर इतिहास बन्छ । गत भदौ २४ गतेको घटना त्यस्तै बनेको छ जुन अब संसारका लागि एक अमिट इतिहास बनेको छ ।
दुईदिन देखि ठप्प गजेन्द्रनारायण अस्पतालको सेवा सुचारु
आइतबार रातिदेखि ठप्प गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको सेवा मङ्गलबारबाट सुचारु भएको छ । अस्पतालको समस्या समाधान गर्न स्थानीय प्रशासनले बोलाएको सर्वपक्षिय बैठकमा चिकित्सकमाथि हातपात गर्ने उपर कारबाही र क्षतिपूर्तिको व्यवस्था मिलाउने प्रतिवद्धता जनाइएपछि अस्पतालको सेवा सुचारु भएको हो ।
पेट्रोलियम अन्वेषणले जगाएको आशा
विश्व बैङ्कको सहयोगमा २०३५/३६ सालमा नेपालको पूर्वदेखि–पश्चिमसम्म मुख्यतः तराई र चुरेक्षेत्र समेट्ने गरी गरिएको हवाई चुम्बकीय सर्वेक्षणबाट नेपालमा विधिवत् र औपचारिक रूपमा पेट्रोलियम अन्वेषण कार्य प्रारम्भ भएको छ । यस सहयोग अन्तर्गत सन् १९८२ मा भौगर्भिक, भूरासायनिक तथा भूभौतिक सर्भे सञ्चालन भएका थिए । यस अध्ययनबाट उत्साहजनक नतिजा प्राप्त भएकाले नेपालमा पे
फाल्गुनन्द समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिक : प्रदेश प्रमुख खापुङ
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले किरात धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङ्देनलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइने गरेको बताउनुभयो ।
मिडिया साक्षरता अभियान
समयले सूचना र प्रविधिमा ठुलो फड्को मारिसकेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजनमा आउने सूचनाभन्दा कैयौँ गुना छिटो मोबाइलको एउटा स्क्रिनमा विश्वकै हजारौँ स्रोतका सूचना, समाचार, तर्क, विचार र टिप्पणी प्रवाह हुने गरेको पाइन्छ ।
पुलिस क्लबलाई झापा महिला गोल्डकप
नेपाल पुलिसले सोमबार एपिएफलाई १–० ले हराएर नेपालकै सबैभन्दा बढी धनराशिको दाबी गरिएको प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
उत्साहजनक व्यापार गर्दै ‘परान’
एक वर्षपछि नेपाली चलचित्रले फेरि राम्रो व्यापार गर्न थालेको छ । गत वर्ष पूर्णबहादुरको सारङ्गी चलचित्रले राम्रो व्यापार गरेको चितवनमा यस वर्ष ‘परान’ चलचित्रले व्यापार वृद्धि गर्दै लगेको हो ।
चलचित्र क्षेत्रको विकासका लागि नीतिगत पहल हुने
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको पहल गर्ने बताउनुभएको छ । चलचित्र विकास बोर्डले सोमबार आयोजना गरेको ‘सांस्कृतिक रूपान्तरण पुरस्कार–२०८२’ समारोहमा मन्त्री खरेलले चलचित्रको विकास, विस्तार र दिगोपनाका साथै चलचित्रकर्मीको बृहत्तर हितमा मन्त्रालयले नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने छ भन्नुभयो ।
गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गर्ने चार जना पक्राउ
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरी आपराधिक उपद्रव गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
विकासशील राष्ट्रमा स्तरोन्नतिको गृहकार्य
राष्ट्रिय योजना आयोगले नेपाल अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेबारे छलफल थालेको छ । आयोगले पूर्वनिर्धारित समय २०८३ मङ्सिरसम्म मुलुक विकाशसील राष्ट्रमा स्तारोन्नतिका लागि हालसम्म प्राप्त भएका उपलब्धि, त्यसको समीक्षा, गर्नुपर्ने थप तयारी र अबको रणनीतिबारे सरोकारवालासँग छलफल भएको आयोगले जनाएको छ ।
शिवमले तिर्यो पहिलो किस्ता
डेडिकेटेड र ट्रङ्क लाइन महसुलको प्रिमियम महसुल विवादमा रहेको शिवम् सिमेन्टले बक्यौताबापत निर्धारित पहिलो किस्ताको रकम भुक्तान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पहिलो किस्ता तिरेपछि मकवानपुरको हेटौँडामा रहेको उद्योगमा विद्युत् लाइन पनि जडान भइसकेको जनाइएको छ ।
महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मङ्गलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मुगु भन्सार : वर्षमा सोह्र दिन खुला, राजस्व दुई लाख
जिल्लाको उत्तरी भेगमा पर्ने तिब्बतसँग जोडिएको मुगुको माथिल्लो मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुगाउँमा रहेको मुगु भन्सार कार्यालयले यो आर्थिक वर्षको १६ दिनमा दुई लाख ५३ हजार राजस्व सङ्कलन गरेको छ ।
गुर्जा गाउँको शिरमा चम्किँदै गुर्जा हिमाल
गुर्जा गाउँको शिरमा छ गुर्जा हिमाल । दुईहप्ता अघि परेको हिमपातका कारण गुर्जा हिमाल सेताम्मे भएको छ । गुर्जा हिमालको सुन्दरताले पर्यटकलाई यतिखेर लोभ्याइरहेको छ । गुर्जा हिमालको उचाई सात हजार एक सय ९३ मिटर छ ।