गुल्मी महोत्सवको ४० प्रतिशत नाफा रेसुङ्गा विकासमा लगानी
गुल्मी उद्योग वाणिज्य संघले आगामी वैशाख ११ देखि २३ सम्म सञ्चालन हुने पाँचौँ गुल्मी महोत्सवबाट प्राप्त हुने खुद नाफाको ४० प्रतिशत रेसुङ्गा क्षेत्रको विकासका लागि खर्च गर्ने जनाएको छ ।
सत्य नै अक्षय
हामी उत्सवधर्मी छौँ, उत्सवमा रमाउँछौँ, उत्सवमै धर्मका सूक्ष्म तत्व पहिल्याउँछौँ पनि । सम्भवतः हाम्रा पूर्वजले चाडपर्व र उत्सवका माध्यमबाट धर्मको बोध भइरहोस् भनेर नै हाम्रासामु पात्रोभरि अनेकौँ यस्ता तिथि र दिवसका शृङ्खला दिएका हुन्, जुन वास्तवमै प्रेरक छन् । यी प्रत्येक वर्ष आउँछन् र हामीलाई आत्मजागरण र समाजहितका निम्ति झकझक्याएर जान्छन् । यो सुन्दर क्रमले हाम्रासामु स्नान, दान, आत्मचिन्तन र परोप
मन्दीको जोखिममा विश्व अर्थतन्त्र
छिमेकी भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र भइसकेको थियो तर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमइएफ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार भारतलाई बेलायतले उछिनेको छ । बेलायत पाँचौँ ठुलो अर्थतन्त्रमा आएको छ । अमेरिका, चीन, जर्मनी र जापान क्रमशः पहिलोदेखि चौथोसम्म ठुला अर्थतन्त्रका रूपमा कायमै छन् । भारत एक स्थान पछि धेकेलिनुमा के कस्ता कारण छन् ? यो अवस्थाका निम्ति भारतीय मुद्राको अवमूल्यन मूल कारण देखिएको छ । केही महिनामै भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा १० प्रतिशतभन्दा बढीले अव मूल्यन भइसकेको छ । यसमा इन्धनको निरन्तर बढ्दो भाउलाई पनि
हावाहुरी पीडित मुसहर समुदायलाई राहत वितरण
वैशाख ५ गते शनिबार आएको हावाहुरीले लहान नगरपालिका–२१, कलाबञ्जरका मुसहर समुदायका २१ घरपरिवार प्रभावित भएका छन् । हावाहुरीले फुसका घरमाथि राखिएका जस्तापाता उडाउँदा उनीहरू बेघर बनेका हुन् ।
बिचौलियारहित प्रशासनिक सेवा
सरकारले छरितो, गुणस्तरीय र भ्रष्टाचाररहित सेवा प्रवाह गरी जनतालाई सुशासनको महसुस गराउने उद्देश्य लिएको छ । सार्वजनिक निकायप्रति कमजोर हुँदै गएको जनविश्वास प्राप्त गर्न सेवालाई स्वच्छ, विश्वसनीय र भ्रष्टाचाररहित गराउनु अपरिहार्य छ । सरकारले थालनी गरेको सार्वजनिक सेवा केन्द्रबाट बिचौलियालाई पक्राउ गरी कारबाहीको प्रक्रियामा लैजाने कार्य सराहनीय छ । सार्वजनिक निकायमा हुने अनियमित कार्यला
स्याङ्जाका संस्थागत विद्यालयमा आजदेखि नियमित पठनपाठन
स्याङ्जाका संस्थागत (निजी) विद्यालयले आज (सोमबार)देखि नियमित पठनपाठन सुरु गर्ने भएका छन् । ११ वटा पालिका रहेको जिल्लाका अधिकांश संस्थागत विद्यालयले आजबाट नियमित पढाइ सुरु गर्न लागेको बताएका छन् ।
लुम्बिनी प्रज्ञान विधेयक समितिमा पठाइयो
लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
१२० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
विद्युतीय चुलोको माग १२ गुणा वृद्धि
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको निरन्तर वृद्धि र खाना पकाउने ग्यासको बढ्दो लागतले गर्दा उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन् ।
युएईसँग विशेष शृङ्खला खेल्दै नेपाल
खेलकुदमा कुनै कुनै राष्ट्रबिचको प्रतिद्वन्द्विता हेर्नलायक हुन्छ । यस प्रकारको प्रतिद्वन्द्विता नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच हुने खेलमा पनि रहन्छ । नेपाल र युएई अन्तर्राष्ट्रिय क्रिकेटमा परम्परागत प्रतिद्वन्द्वी हुन् । यो शृङ्खला अन्य केही कारणले पनि विशेष छ । सर्वाधिक लोकप्रिय घरेलु क्रिकेटरमध्ये एक दीपेन्द्रसिंह ऐरीले पहिलो पटक टी–२० मा नेपालको नेतृत्व गर्नुहुने छ । नेपालले दुई वर्षभन्दा बढी समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी–२० क्रिकेट खेल्दै छ । यसै गरी नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक रातिको समयमा कृत्रिम प्रकाशमा अन्तर्राष्ट्रिय खेल हुँदै छ भने नेपालका प्रशिक्षक स्टुवार्ट लको पनि घरेलु मैदानमा यो पहिलो शृङ्खला बन्ने छ ।
झापा दोस्रो पटक विराट गोल्डकप च्याम्पियन
झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो ।
चिबहालमा गुन्जिए दुई कवि
कवि डा. अनन्त अधिकारी र सरस्वती चिमौरियाले आआफ्ना कविता वाचन गर्नुभएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा भएको कविता वाचन कार्यक्रममा दुई कविले १०/१० थान कविता वाचन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि कवि उषा शेरचनले कविहरूलाई सम्मानपत्र प्रदान गर्दै कविताले मन छोएको बताउनुभयो । यस्तो व्यस्तताबिच पनि कविमनको उल्लेख्य उपस्थिति हुनु सकारात्मक कुरा भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
‘चियासँग कविता’ कन्सर्ट
‘चियासँग कविता’ कन्सर्टको ५५ औँ शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा कविहरू उत्तम तुम्सा लिम्बू र डिआर फुयाँलले कविता वाचन गर्नुभएको थियो । यस्तै कविसँगै तेजेन्द्र गन्दर्भले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।
अमेरिकामा मनाइयो नेपाल दिवस
विगतका वर्ष झैँ यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिबार नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ । नर्थ क्यारोलिनास्थित नेपालीको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसिएनसी) ले आयोजना गरेको नेपाल दिवसको यो १० औँ संस्करण हो । नेपाल दिवसमा करिब तीन हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।
सय नाघ्यो कि त भन्सार लाग्यो
नेपाल–भारत सीमानाकामा एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा भन्सार अनिवार्य गर्ने नियम कडाइसाथ कार्यान्वयनमा आएपछि सीमावर्ती क्षेत्रको जनजीवन र व्यापारमा उल्लेखनीय प्रभाव देखिएको छ । बाँकेको जमुनाह नाका हुँदै भारतबाट सामान ल्याउने नेपाली उपभोक्तामा कमी आएपछि सीमापारिको रुपैडिहा बजार सुनसान बन्न थालेको छ भने सीमावर्ती नेपाली उपभोक्ता भने सास्तीमा परेका छन् ।
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज (सोमबार) सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ३९ पैसा र बिक्रीदर १४८ रुपियाँ ९९ पैसा तोकिएको छ ।
अन्नपूर्ण क्षेत्रका हिमालमा आरोहण,सगरमाथा क्षेत्रको बाटै खुलेन
अन्नपूर्ण, धवलागिरि, अमादब्लमलगायतका हिमालमा वसन्तकालीन आरोहण सुरु भए पनि सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणको बाटो खुल्न विलम्ब भएको छ । समान्यतया सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणका लागि अघिल्ला वर्षमा अप्रिलको अन्त्यसम्म चौथो आधार शिविरसम्म बाटो बनाउने (डोरी टाँग्ने, भ¥याङ राख्ने) काम सम्पन्न हुने गरेको भए पनि यस वर्ष सगरमाथा आधार शिविरदेखि पहिलो आधार शिविर पुग्ने बाटोमा पर्ने खुम्बु क्षेत्र (रकफल एरिया) मा हिउँको ठुलो थुप्रोले बाधा पु¥याएपछि पछिल्लो दुई सातादेखि बाटो खोल्ने प्रयास अघि बढ्न सकेको छैन । सगरमाथा, ल्होत्से र नुप्त्से चढ्न दोस्रो आधार शिविरसम्म एउटै बाटो प्रयोग हुने गरेको छ ।
इन्धनको मूल्य नघट्नुको कारण कच्चा र प्रशोधितको मूल्य अन्तर
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित तेलको लागत मूल्य प्रतिब्यारेल १५० देखि दुई सय अमेरिकी डलर फरक रहेको छ । कच्चा तेल र प्रशोधित तेलको मूल्यको लागतमा फरक पर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भने घट्न नसकेको नेपाल आयल निगमले जनाएको छ ।
छोटी भन्सार नहुँदा व्यापार चलाउन मुस्किल
मोरङमा सीमाक्षेत्रका नागरिकले छोटी भन्सार पुनस्र्थापना गर्नुपर्ने माग गरेका छन् । सीमाक्षेत्रको अवस्था बुझ्न स्थानीय प्रशासनले गरिरहेको अनुगमनमा नागरिकले छोटी भन्सार नहुँदा सानो व्यापार चलाउन मुस्किल परेको बताएका हुन् ।
कानुनबमोजिम मात्र काममा लगाउन निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य संस्थालगायत विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारीलाई प्रचलित कानुनविपरीत काम नलगाउन निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सलाई श्रम सम्झौता नगरी र तोकिएको समयभन्दा बढी काम लगाएको भन्ने उजुरी आएकाले कानुनविपरीत कार्य नगर्न सम्बन्धित स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो ।
समाज कल्याण परिषद्को भाडा विवाद : ताला लगाएपछि सम्पर्कमा
समाज कल्याण परिषद्को काठमाडौँस्थित भृकुटीपण्डपको भवन, सटर र हल प्रयोग गरेबापत तिर्नुपर्ने रकम नबुझाएकाहरू सम्पर्कमा आउन थालेका छन् । परिषद्ले चैत ३० गते २० वटा सङ्घ संस्था र व्यक्तिका सटरलाई सात दिनभित्र बक्यौता बुझाउन भन्दै ताला लगाएको थियो ।
आज पनि भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आग्रह गरेको छ । आइतबार सुरु भएको यो कार्यक्रम अन्तर्गत सोमबार पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाइने भएको छ ।