फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ।
‘ग्लोवल आइसिटी लिडरसिप फोरम’मा भाग लिन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित ‘आगमी प्रतिनिधिसभाको निर्वाचन : चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उहाँले सरकार, राजनीतिक दल, जेनजी पुस्ता, नागरिक समाजबीचको हार्दिकतापूर्ण संवादको माध्यमबाट त्यसखाले निर्वाचनको वातवारण बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
रक्तसञ्चार केन्द्र सञ्चालन गर्न करोड अभियान
सिन्धुलीमा रक्तसंचार केन्द्र सञ्चालनका लागि एक करोड रुपियाँको अक्षयकोष स्थापना अभियान सञ्चालित छ ।
थारु आयोगले मनायो सातौं स्थापना दिवस
थारु आयोगले आफ्नो सातौं स्थापना दिवस मनाएको छ । आज काठमाडौंमा कार्यक्रम गरी आयोगले स्थापना दिवस मनाएको हो ।
फाल्गुनन्दको कर्मभूमिमा मनाइयो एक सय ४१ औं जन्मजयन्ती
नेपालका १६ औं विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको एक सय ४१ औं जन्मजयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण
कडा सुरक्षाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गर्नुभएको छ ।
चार महिनाभित्र ‘ए’ डिभिजन लिग
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र शीर्ष डिभिजन क्लबबिच अब चार महिनाभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।
कञ्चनपुरको पालिकामा एमालेको जनप्रदर्शन
नेकपा (एमाले) ले कञ्चनपुरका नौ वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकताविरुद्ध एकजुट बनौँ” नारासाथ मंगलबार बिहानदेखि साँझसम्म जिल्लास्थित पालिकाका विभिन्न स्थानमा जनप्रदर्शन गरिएको नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले बताउनुभयो ।
सुनचाँदीसहित गौरीफन्टा नाकामा चारजना पक्राउ
भारतबाट सुनचाँदी चोरी गरेको आरोपमा चार नेपाली नेपाल–भारत सीमा नाका गौरीफन्टाबाट पक्राउ परेका छन् । नेपालतर्फ आउँदैगर्दा भारतीय सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरेको हो ।
मकवानपुरको सिलिङ्गे मौरी चरन क्षेत्रमा अन्य जिल्लाका मौरीपालक किसानलाई रोक
मकवानपुरको राक्सिराङ गाउँपालिका–६ स्थित मौरीचरन क्षेत्रमा अन्य जिल्लाका मौरीपालक किसानलाई मौरी चरनका लागि रोक लगाइएको छ।
कांग्रेस बैठकः एक सय ३५ जनाले राखे धारणा
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म एक सय ३५ जनाले धारणा राख्नेक्रम सकिएको छ।
जलवायु परिवर्तनले महिलाको सशक्तीकरणमा प्रतिकुल असर पार्दै
जलवायु परिवर्तनले महिला, किशोरीको शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरणमा प्रतिकुल असर परेको सम्वन्धमा सरोकालावाबिच छलफल गरिएको छ ।
कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोप अस्वीकार
थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।
त्रिवि प्रशासन सुधार अभियानको ध्यानाकर्षण
युवापुस्ताको इच्छा र चाहना बमोजिम गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न स्वच्छ र सुशासनयुक्त त्रिभुवन विश्वविद्यालय प्रशासन सञ्चालनको वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको ध्यानाकर्षण गराइएको छ।
दोहा फोरम २०२५ : ‘कार्यमा न्याय, प्रगतिका लागि प्रतिज्ञा’ विषयमा विश्व नेता एकत्रित हुने
कतारको राजधानी दोहामा आगामी डिसेम्बर ६ र ७ मा दोहा फोरमको २३ औँ संस्करण आयोजना हुने भएको छ ।
ताप्लेजुङमा अवैध काठसहित सात ट्रक नियन्त्रणमा
ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी गरी लैजाँदै गरेका सात वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सिदिङ्वा गाउँपालिका–४ स्थित साब्लाखु जिरोप्वाइन्टबाट अवैध रूपमा काठ ढुवानी गरी लैजाँदै गरेका सात वटा ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु
पाकिस्तानको राजधानी इस्लामाबादको जिल्ला अदालत बाहिर मङ्गलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले मिडियालाई बताउनु भएको छ ।
पुस्कर शाहको पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक
विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ ।
पर्यटन प्रवर्धन गर्न साना व्यवसायीलाई तालिम
ताप्लेजुङमा साना होटल तथा लज व्यवसायीलाई तालिम प्रदान गरिएको छ । पर्यटन प्रवर्धन साथै व्यवसायीको आयआर्जन वृद्धि गर्नमा सहयोग पुर्याउन साना होटल तथा लज व्यवसायीलाई तालिम प्रदान गरिएको हो ।
एनपिएलको खेल फ्लडलाइटमा, उद्घाटनमा जनकपुर र काठमाण्डु भिड्ने
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का खेलहरू फ्लडलाइटमा खेलाइने भएको छ ।
अस्ट्रेलियामा ‘लुसिफर’ मौरीको खोजः सिङ भएको नयाँ प्रजातिले वैज्ञानिक चकित
घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ-सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकले यसलाई मेगाकाइल (ह्याकेरियापिस) लुसिफर नाम दिएका छन्, जसको स्वरूप र नाम दुवैले निकै ध्यान आकर्षित गरेको छ ।
घोडाघोडीमा लवाङ्गी पूजा महोत्सव हुने
हरेक वर्ष सीता विवाह पञ्चमी तीथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष मङ्सीर ९ गते धुमधामका साथ गरिने भएको छ ।
ताप्लेजुङमा किराँत महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइयो
ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाइएको छ। सदरमुकामसहितका ठाउँमा महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती मङ्गलबार भव्यरुपमा मनाइएको हो।