स्वरुप परिवर्तन गर्ने ६४ चालकलाई कारवाही
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक कनकबहादुर शाहीले जिल्लामा नियमविपरित विभिन्न तरिका अपनाएर सवारी साधन चलाउने गरेको पाइएकोले कारवाही अभियान नै सञ्चालन गरेको बताउनुभयो।
राजनीतिक अस्थिरताको लाभ सुर्ती उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता
सुर्तीजन्य पदार्थमा कर बढाउने र चुरोटका प्याकेटमा सय प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्ने कानुनको कार्यान्वयनको विषयमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
मोरङलाई महिला क्रिकेट उपाधि
सप्तरी क्रिकेट सङ्घको समन्वय तथा सबल नेपालद्वारा राजविराजमा आयोजित जिल्लास्तरिय महिला इन्टर हब टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।
गृहमन्त्री अर्याल र आइजिपी कार्कीसँग जेनजी घाइतेहरूको भेट
नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गर्नुभएको छ। गृह मन्त्रालयमा गृहसचिव रामेश्वव्र दंगालले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिनु भएपछि प्रहरी प्रमुख कार्कीले गृहमन्त्री अर्याललाई कार्यकक्षमा भेट गर्नुभएको हो।
बम विस्फोटपछि पनि श्रीलङ्का पाकिस्तानमै रहने, सबै खेल रावलपिन्डीमा सारिने
श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी)ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि–२० त्रिकोणीय शृङ्खला पूरा गर्ने निर्णय गरेको जनाएको छ ।
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सप्तरीका सीमावासीसँग सीमामा देखिएका समस्याहरूबारे अन्तरक्रिया गरेको छ।
भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्धन योजना घोषणा
भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै आफ्ना निर्यात उद्योगको प्रतिस्पर्धात्मकता वृद्धि गर्ने उद्देश्यले पाँच अर्ब अमेरिकी डलर बराबरको नयाँ आर्थिक योजना घोषणा गरेको छ ।
भारतीय क्रिकेटर प्रियाङ्क कर्णालीमा अनुबन्ध
भारतीय क्रिकेटर प्रियाङ्क किरित पन्चाललाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले अनुबन्ध गरेको छ ।
३५ उद्योगले तिरे २३ करोड ८७ लाख विद्युत महसुल बक्यौता : ऊर्जामन्त्रीले दिनुभयो धन्यवाद
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन्।
हवाईजहाजबाट देखिएको हिमशृङ्खला
विराटनगरबाट बिहीबार काठमाडौँ आउने क्रममा हवाई जहाजबाट देखिएको हिमशृङ्खलाको दृश्य।
लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो
स्काउटले बाँकी बक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो । उक्त कम्पनीले बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको थियो ।
गाजामा संयुक्त राष्ट्रसङ्घको प्रस्तावबारे अमेरिका ‘आशावादी’: रुबियो
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा गाजाका लागि प्रस्तावित अन्तर्राष्ट्रिय सुरक्षा बलसम्बन्धी प्रस्तावबारे आशावाद व्यक्त गर्नुभएको छ ।
इन्डुरो रेसमा आठ देशका ४५ खेलाडी
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–विजय डाँडामा तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ ।
देशको शान्ति–सुरक्षा सामान्य, निर्वाचन तयारी तीव्र : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था सामान्य अवस्थामा फर्किएको र आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारले सम्पूर्ण तयारी अगाडि बढाएको बताउनु भएकाे छ ।
निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद : उपत्यका छाड्न नपाउने, विदेश भ्रमणमा रोक
गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ ।
जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति
टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी “जारी गर्न प्रेरित गरेसँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ ।
नेपाल आज बङ्गलादेशसँग भिड्दै
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
श्रीलङ्काद्वारा अवैध सिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ
श्रीलङ्काको नौसेनाले यो वर्षमा हाल सम्म ३२८ जना भारतीय माझीलाई आफ्नो देशको जल-क्षेत्रमा अवैध सिकार गरेको आरोपमा पक्राउ गरेको मत्स्यपालन, जलीय तथा महासागर संसाधन उपमन्त्री रत्ना गामागेले बिहीबार बताउनु भएको छ ।
मनोरम फालेलुङ तीन सिमाना क्षेत्र (फोटो फिचर)
समुद्री सतहदेखि ३ हजार ५ सय मिटरभन्दा उचाइमा रहेको यो ठाउँमा मौसम खुल्दा कुम्भकर्ण र कञ्चनजङ्घासँगै विश्वको सर्वोच्च शिखर सगरमाथा सम्मका दृश्यावलोकन गर्न सकिन्छ । नेपाललाई भारतसँगको सिमावर्ती वेस्टबंगााल र सिक्किमसँग सिमाना जोडिएको हुनाले यस क्षेत्रलाई तीन सिमाना भनिएको हो ।
प्रेम गीत 'झलिको' सार्वजनिक
लोकगायक अर्जुन सापकोटाले नयाँ गीत झलिको सार्वजनिक गर्नुभएको छ ।
आलुमा आत्मनिर्भर अभियानमा पुतलीबजार
स्याङ्जाको पुतलीबजार नगरपालिकाले आलुमा आत्मनिर्भर कार्यक्रम सुरु गरेको छ । आलु उत्पादन राम्रो हुने स्याङ्जामा यसको प्रवर्धनका लागि पालिकाले अभियान नै चलाएको हो ।
छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
म्याग्दीको बेनी नगरपालिमा विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
जी-७ द्वारा युक्रेनलाई तत्काल युद्धविराम गर्न आह्वान गर्दै सुडानमा बढ्दो सङ्कटको चेतावनी
क्यानाडामा भएको बैठकमा जी-७ का विदेश मन्त्रीहरूले युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै सुडानमा बढ्दो सङ्कटको बारेमा चेतावनी दिएका छन् ।