फलामखानीको थप अनुसन्धान गरिँदै
खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब दश करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरेको छ ।
उपत्यकासहित कहाँ–कहाँ भइरहेको छ वर्षा
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भइरहेको छ ।
सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप
एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ ।
गुल्मीमा एक वृद्ध मृत फेला
गुल्मीको इस्मा गाउँपालिकामा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ ।
कर्मचारी अभावले तनहुँमा भूमि आयोगको काम प्रभावित
राष्ट्रिय भूमि आयोग जिल्ला कार्य समिति तनहुँमा दक्ष प्राविधिक कर्मचारीको अभाव हुँदा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापन कार्य प्रभावित भएको छ ।
बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे, स्थानीय खुसी
मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।
अष्ट्रेलियाको यती एफसीमा नयाँ नेतृत्व
अष्ट्रेलियाको मेलबर्नमा रहेको यती एफसी क्लबले सज्जन शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
अतिक्रमित संरचना हटाउने अभियान देशभर विस्तार
काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ ।
सिद्धिचरण लोकमार्गको जोखिमपूर्ण मोडमा ‘कन्भेक्स ऐना’
ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अन्तर्गत हर्कपुरदेखि ठाडेसम्मका जोखिमयुक्त मोडहरूमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘कन्भेक्स ऐना’ जडान गरिएको छ ।
कर्णाली काेरिडोरमा एक्साभेटर दुर्घटना, एक जना बेपत्ता
कर्णाली काेरिडोरमा एक्साभेटर दुघर्टना हुँदा एक जना बेपता भएका छन् ।
सुकुमवासीको स्क्रिनिङसँगै स्वास्थ्य जाँच तथा परामर्श
अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रङ्गशालामा ल्याइएका भूमिहीन तथा सुकुमवासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
चिटिक्क बन्दै नारायणगढ–बुटवल सडक खण्ड
नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्रे सम्पन्न भएको छ ।
बलात्कार पीडित महिलाको बिचल्ली
धनुषामा बलात्कार घटनाका पीडित एक महिलाले पतिले समेत साथ छाडेपछि बिचल्लीमा परेको बताउनुभएको छ ।
‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
सडकको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि हटाउन सुरु गरिएको हो ।
अन्तर्राष्ट्रिय फोटोग्राफर सम्मेलन गर्ने अध्यक्ष वन्तको घोषणा
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले ‘राष्ट्रिय फोटो पत्रकार दिवस २०२७’ मा काठमाडौँमा अन्तर्राष्ट्रिय फोटोग्राफर सम्मेलन आयोजना गर्ने घोषणा गर्नुभएको छ ।
गोरखामा सिङ्गुसले चिलेर १० जना घाइते
गोरखामा सिङ्गुसले चिलेर १० जना भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
चट्याङ लागेर दुई महिला घाइते
मोरङको पथरी र धनपालथानमा आइतबार बिहान चट्याङ लागेर दुई जना महिला घाइते हुनुभएको छ ।
फुरुम्बुका महिलालाई उद्घोषण तालिम
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुका महिलालाई उद्घोषण तालिम प्रदान गरिएको छ ।
इन्डोनेसियामा अभियन्तामाथि लक्षित आक्रमण, सुरक्षा चुनौती गम्भीर
इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्तामाथि एसिड आक्रमण जस्ता हिंसात्मक घटना बढ्दै गएको देखिएको छ ।
गण्डक नहरको अतिक्रमण हटाउन सुरु
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगन्जले गण्डक नहरको किनारमा अतिक्रमण गरी बनाइएका पक्की तथा कच्ची घर, टहरा, भकारी र झुप्रोहरू हटाउन आइतबार बिहान ६ बजेदेखि सुरक्षाकर्मी परिचालन गरी अभियान सुरु गरेको छ ।
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थको माग घट्दै गएको छ, जसले देशको लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमा परिवर्तन ल्याइरहेको छ । जापानमा भेन्डिङ मेसिन अत्यन्तै सामान्य छन् ।
वाहिनीपति ट्रफीमा रणभीम गण प्रथम
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको वाहिनीपति ट्रफी प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न भएको छ ।