बङ्गलादेश-पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु
बङ्गलादेश र पाकिस्तानबिच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ ।
“साल्ट लेक सिटी”मा गोली चल्दा दुई जनाको मृत्यु, अन्य घाइते
उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ ।
रेसुङ्गाको १८ औं नगरसभा सुरु
रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सुरु भएको छ । सभामा विधायन समिति संयोजक कृष्ण पाण्डेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०८२ पेश गर्नुभयो ।
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको स्थानीय मिडियाले जनाएका छन् ।
चिउरी बोट जङ्गलमा ५ थान भरुवा बन्दुक फेला
म्याग्दीको मालिका गाउँपालिका–४, चिउरीबोट जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीको टोलीले ५ थान भरुवा बन्दुक फेला पारेको छ ।
भेनेजुएलाद्वारा चीनको समर्थनप्रति कृतज्ञता व्यक्त
भेनेजुएलाका विदेशमन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भएको छ ।
पेट्रो-ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा
भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबिचको सम्बन्धलाई अभूतपूर्व तनावमा पुर्याएको छ ।
बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिइने
सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन हुने भएको छ ।
कैलालीको नदीहरुमा ५४ डल्फिन भएको अभिलेख
कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले यसवर्ष गरेको अध्ययनको क्रममा सो सङ्ख्यामा डल्फिन अभिलेख भएका हुन् ।
काठमाडौं महानगरद्वारा ७५ घरको मौलिक स्वरुप रुपान्तरण गरिने
काठमाडौं महानगरपालिकाले जयबागेश्वरी क्षेत्रका ७५ घरलाई मौलिक स्वरुपमा रुपान्तरण गर्ने प्रक्रिया थालेको छ ।
मोरङ्गीखोलामा डाइभर्सन निर्माण, गाडी सुचारु हुने
पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा गत शनिबार साँझ मोरङको मोरङ्गी खोलाको पश्चिम–दक्षिणको माटो बगेर पुल भासिएपछि अबरुद्ध भएको पूर्वपश्चिम राजमार्ग आज बेलुकाबाट सुचारू हुने भएको छ।
एनएमबी बैँकमा तालाबन्दी
एनएमबी बैँक कञ्चनपुरको झलारी बजारमा रहेको शाखामा जेनजी युवा सङ्घर्ष समितिले तालाबन्दी गरेको छ ।
निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भव : मन्त्री सिन्हा
अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ ।
जलवायु परिवर्तन न्यूनीकरणमा प्रदेशले वैज्ञानिक कार्ययोजना बनाउछ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जलवायु परिवर्तनको असर कम गर्न प्रदेश सरकारले वैज्ञानिक आधारमा कार्ययोजना तयार गर्ने बनाउनुभएको छ ।
रैथाने खाना महोत्सवको तयारी
पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक ‘रैथाने खाना महोत्सव’ आयोजना गरिने भएको छ । नेपाल मगर सङ्घ जिल्ला समिति पाँचथरले माघे संक्रान्तीको अवसरमा खाना महोत्सव आयोजना गर्न लागेको हो ।
सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुला गर्यो । एक वर्षदेखि बन्द रहेको नाका खुला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे । त्यही टोलीमा हुनुहुन्थ्यो छेकम गाउँका दोर्जे लामा ।
टिमुरखर्कमा ३९ लाखभन्दा बढीमा मन्दिर निर्माण
पश्चिम गुल्मीको एक गाउँमा कुला कुलपूजा (देवाली) गर्ने मन्दिर निर्माण गरिएको छ।
शिक्षक र विद्यार्थीलाई टोपी वितरण
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीलाई न्यानो टोपी वितरण गरिएको छ । फुङ्लिङ नगरपालिका र कोअपरेटिभ्स युथ अर्गनाइजेसन धादिङको आर्थिक सहयोगमा शिक्षक र विद्यार्थीलाई बुधबार टोपी वितरण गरिएको हो ।
एकता सभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल रुकुमपश्चिम आउनुहुने
पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल रुकुमपश्चिम आउनु हुने भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुमपश्चिमले पुस २६ गतेका दिन मुसीकोट नगरपालिका –१ मा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्न उहाँहरु रुकुमपश्चिम आउनुहुने भएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य
कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ ।
कोशी प्रदेश–स्थानीय तह समन्वयमा नयाँ पहल
कोशी प्रदेशमा प्रदेश सरकार र स्थानीय तहबिच देखिँदै आएको समन्वयको कमजोरी, कानुनी अस्पष्टता र व्यवहारिक समस्यालाई समाधान गर्ने उद्देश्यले प्रदेश समन्वय परिषद् बैठकले ठोस निर्णयहरू गरेको छ ।
राष्ट्रिय सभामा जुम्लाका ललितजंग शाहीको उम्मेदवारी
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
पत्रकारितामा एआई प्रयोगबारे ११ बुँदे ‘म्याग्दी एआई घोषणापत्र’ जारी
म्याग्दीका पत्रकारहरुले पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को सही, जिम्मेवार र नैतिक प्रयोग सुनिश्चित गर्ने उद्देश्यसहित ११ बुँदे ‘म्याग्दी एआई घोषणापत्र’ जारी गरेका छन् ।