• २९ कात्तिक २०८२, शनिबार

चितवनमा रोबोटिक सर्जरी सेवा सुरु

blog

रोबोटको सहायताबाट शल्यक्रिया गरिँदै ।

शालिग्राम नेपाल 

चितवन, कात्तिक २९ गते । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । अत्याधुनिक सेवा भिœयाउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो । रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमानसिंह गुरुङ, सर्जनहरू डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी सुरु गरिएको अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अस्पतालमा हालसम्म १४ वटा रोबोटिक सर्जरी गरिसकिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । अस्पतालले दुई महिनाअगाडिबाट सेवा सुरु गरे पनि औपचारिक रूपमा शुव्रmबार मात्र जानकारी गराएको हो । 

रोबोटिक तथा युरो सर्जन डा. गुरुङले चिरेर गरिने शल्यव्रिmया र दूरबिन प्रविधिबाट गरिने शल्यव्रिmयाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र भरपर्दो भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो । रोबोटले नै सबै शल्यव्रिmया गर्ने नभई सर्जनको योजना अनुसार रोबोटको सहायता लिएर शल्यव्रिmया गरिने छ ।”

चिकित्सकले प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातका माध्यमबाट शल्यव्रिmया गरिने उहाँले जानकारी दिनुभयो । परम्परागत प्रविधिको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यव्रिmयामा बिरामीको स्वास्थ्य छिटो निको हुने गर्छ । 

बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रूपमा संवेदनशील र जटिल उपचार गर्न सकिने भएकाले विश्वमा यो प्रविधि भरपर्दो भएको डा. गुरुङले बताउनुभयो । न्यूनतम पीडा, कम रक्तस्राव, छोटो अस्पताल बसाइ र छिटो निको हुने अवसर प्रदान गर्ने यस प्रविधिबाट विशेष गरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा प्रयोग उल्लेखनीय रूपमा बढी भएको डा. गुरुङले बताउनुभयो । रोबोटिक सर्जरीमा उपकरण अत्यन्त संवेदनशील र सूक्ष्म हुने गर्छ । डा. गुरुङले भन्नुभयो, “यी उपकरणले मानव हातले गर्न नसक्ने अत्यधिक सूक्ष्म शल्यव्रिmया गर्न सक्छन् । यसले गर्दा शल्यव्रिmयाको व्रmममा शरीरको अन्य भागमा न्यूनतम क्षति पुग्छ र शल्यव्रिmयाको परिणाम अत्यन्तै विश्वासिलो तथा सुरक्षित हुन्छ ।” 

सानो प्वालमार्फत शल्यक्रिया गर्न सकिने, रक्तस्राव कम हुने, कम पीडा र छिटो निको हुने भएकाले पनि धेरै बिरामीको चाहना यही प्रविधि हुने उहाँको भनाइ छ । अन्य प्रविधिबाट असम्भव हुने शल्यव्रिmया पनि यस प्रविधिबाट गर्न सकिने गुरुङको भनाइ छ । रोबोटिक शल्यव्रिmया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिने उहाँले बताउनुभयो । यही कारणले गर्दा शरीरमा शल्यव्रिmया गर्दाको दाग निकै सानो हुने गर्छ । अन्य शल्यव्रिmयाको तुलनामा रोबोटिक शल्यव्रिmयामा बिरामी छिटो निको हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “रोबोटिक शल्यव्रिmयामा अत्याधुनिक कम्प्युटर प्रणाली भएका कारण शल्यक्रियाको काम छरितो हुन्छ, त्यसैले गर्दा ठुलो र जटिल खालका शल्यव्रिmयामा फाइदा हुने गर्छ ।” रोबोटिक शल्यव्रिmया गर्दा शुल्क केही महँगो पर्ने भए पनि अस्पताल बसाइ कम, समयको बचत, घाउ निको हुने दर उच्च र अन्य धेरै कारणले गर्दा समग्रमा बिरामीलाई सबै हिसाबले फाइदा हुने दाबी उहाँले गर्नुभयो । 

मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले यहाँ भित्रिएको रोबोट माइव्रmोपोर्ट कम्पनीले बनाएको ‘टुमाइ’ नामक रोबोटिक प्रणाली भएको जानकारी दिनुभयो । सो प्रविधि ३२ करोड रुपियाँमा भिœयाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्रविधिले चीनमा निर्मित युरोपियन सेफ्टी ‘सर्टिफिकेसन’ पास गरेको छ, जसले यसको उच्च सुरक्षा मापदण्ड पुष्टि गर्छ ।”

सन् २००० बाट विश्वमा यो प्रविधिबाट उपचार सुरु भएको थियो । भारतमा केही वर्षअगाडिबाट रोबोटिक प्रविधिबाट शल्यक्रिया गरिए पनि नेपालमा भने नयाँ प्रयोग भएको छ । काठमाडौँमा एक निजी अस्पतालले सुरु गरेको छ भने उपत्यकाबाहिर चितवन मेडिकल कलेजले यो सेवा सञ्चालनमा ल्याएको दाबी गरिएको छ ।