फक्ताङलुङका एकसय ५४ शिक्षकलाई तालिम
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजनामा गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरूका लागि उक्त तालिम सुरु भएको हो ।
घुस दिएको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीको चुरे गाउँपालिका वडा नं ६ बस्ने प्रेम सिंह ठगुन्ना र कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने किसन सिंह साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनकः इयु
युरोपेली सङ्घ (इयु) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सन्धिबाट बाहिरिने घोषणा गरे पनि युरोपले विश्व तापक्रम वृद्धिसँग जुध्न अन्य राष्ट्रसँग सहकार्य निरन्तर जारी राख्ने स्पष्ट गर्नु भएको छ ।
कर्णालीमा मत्स्य अभयारण्य क्षेत्र
दुई प्रदेशका स्थानीय सरकारले मिलेर कर्णाली नदीमा मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेका छन् । कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाले मिलेर कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा मत्स्य अभयारण्य क्षेत्र बनाएका हुन् ।
स्थिर र स्पष्ट पर्यटन ऐन बन्नु पर्नेमा जोड
पर्यटन क्षेत्रका सरोकारवालाले पर्यटन व्यवसायका लागि अनुमति, दर्ता र इजाजत प्रक्रिया काठमाडौँ केन्द्रित नभई स्थानीय तहमा विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
यमन नेता तस्करीको आरोपले साउदी-युएई तनाव
साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई)ले यमनमा राजद्रोहको आरोप खेपिरहेका एक पृथकतावादी नेतालाई गोप्य रूपमा देशबाट बाहिर निकालेर अबुधाबी पुर्याएको गम्भीर आरोप लगाएको छ ।
बाँकेका सभापतिद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आह्वान
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन बाँके कांग्रेस सभापति नारायण गौडेल र कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मीकीले आह्वान गर्नुभएको छ ।
ग्रिनल्यान्डबारे रुबियो-डेनमार्क वार्ता तय
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अर्को हप्ता डेनमार्कका अधिकारीसँग भेट गरी ग्रिनल्यान्डप्रति अमेरिकाको चासोबारे छलफल गर्ने योजना बनाएको बताउनु भएको छ ।
जनजी आन्दोलनमा फरार कैदी पक्राउ
गत भदौ २३ र २४ गते भएको जेनजी (नव युवा पुस्ता) आन्दोलनका समयमा फरार भएका एक कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् ।
'स्वस्थानी देवी तिमी’ सार्वजनिक
टेकराज पोखरेलको नयाँ भजन ‘श्री स्वस्थानी देवी तिमी’ सार्वजनिक भएको छ । उक्त भजन कोहिनुर मिडिया प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गिद्ध संरक्षणका लागि विषालु औषधी नियन्त्रण गर्नुपर्ने
गिद्ध संरक्षणलाई दीगो बनाउँदै विषालु औषधीको प्रयोग नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
अब निर्वाचनबाट भाग्ने छुट छैनः गृहमन्त्री अर्याल
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताउनु भएको छ।
धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयमा गृहमन्त्रीलाई ध्यानाकर्षण
गृहमन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले विहिबार मन्त्रालयमा धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ ।
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिनु भएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनुभएको छ।
भेरी किनार आसपासको क्षेत्र
भेरीको किनारस्थित गुर्भाकोट नगरपालिकाको प्रशासकीय केन्द्र मेहलकुना तथा आसपासको क्षेत्र ।
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ ।
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल
अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनुभएको छ।
राष्ट्रपतिसँग अमेरिकी राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।
बहुउद्देश्यीय खेल मैदान निर्माण हुने
हेटौँडामा बहुउद्देश्यीय खेल मैदान निर्माणको तयारी थालिएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यलयको पूर्वी क्षेत्र रहेको उपयोगविहीन अवस्थामा रहेको जग्गालाई बहुउद्देश्यीय खेल मैदानको रुपमा विकास गर्न लागिएको हो ।
राप्तीको आठौँ अधिवेशन सुरु, तीन विधेयक पेश
दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा–नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३ (१) बमोजिम विहीबारदेखि गाउँपालिका अधिवेशन सुरु भएको हो ।
जीवन शर्मा एकल साँझमा गुञ्जने
जिल्लामा हुने जनवादी गायक जीवन शर्माको एकल साँस्कृतिक साँझका लागि आवश्यक तयारी सुरु गरिएको छ ।
नमूना मतपत्र छपाइ सुरु
समानुपातिक निर्वाचन प्रणालीका लागि जनक शिक्षा सामग्री लिमिटेड भक्तपुरमा नमूना मतपत्र छाप्न थालिएको हो ।
पोखरेलसहित ओखलढुङ्गाबाट पाँच जना सिफारिस
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको छ ।
हिटर, गिजर र न्यानो लुगाको बिक्री बढ्यो
यस वर्ष पुसको सुरुवातबाटै अत्यधिक बढेको जाडोले गर्दा नेपालगन्जमा हिटर, गिजरसहित कम्बल लगायतका न्यानो कपडाको बिक्री बढेको स्थानीय ब्यवसायीहरुले जनाएका छन् ।