दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, छ जना घाइते
स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ । उक्त घटनामा कम्तिमा छ जना यात्रु घाइते भएका छन् । यो घटना आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो ।
‘विधायिकी प्रक्रियाबाट जनताको समस्या समाधान गरियोस्’
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
रोशनलाई अग्रज तथा नायकलाई सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको अग्रज खेल पत्रकारिता सम्मान २०८३ बाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट नायक पौडेल पुरस्कृत हुनुभएको छ ।
मोटरबोटमा रमाउँदै पर्यटक
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुलबुले तालमा मोटरबोटमा रमाउँदै आन्तरिक पर्यटक । गर्मीयाम बढेसँगै यस तालमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।
पूर्वाधार आयोजनाको म्याद थप गर्न कोशीका निर्माण व्यवसायीको माग
पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेपछि कोशी प्रदेशका निर्माण व्यवसायीहरूले विकास आयोजनाहरूको ठेक्का म्याद थप गर्न सरकारसँग माग गरेका छन् ।
कालिका माविलाई हक्कीमा दोहोरो उपाधि
कालिका माविले खुला विद्यालयस्तरीय फाइभ ए साइड पुरुष तथा महिला हक्की प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । कालिका छात्रछात्रा दुवैमा विजेता भयो ।
गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर
काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई निरन्तरता दिइएको छ ।
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताउनुभएको छ ।
एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक
तीन महिना निलम्बनमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाईएको छ ।
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् ।
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ ।
सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गराउन सरकारसँग अस्थायी शिक्षकको माग
अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीले आफूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आबद्ध गर्न सरकारसँग माग गरेका छन ।
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो ।
फलामखानीको थप अनुसन्धान गरिँदै
खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब दश करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरेको छ ।
उपत्यकासहित कहाँ–कहाँ भइरहेको छ वर्षा
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भइरहेको छ ।
सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप
एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ ।
गुल्मीमा एक वृद्ध मृत फेला
गुल्मीको इस्मा गाउँपालिकामा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ ।
कर्मचारी अभावले तनहुँमा भूमि आयोगको काम प्रभावित
राष्ट्रिय भूमि आयोग जिल्ला कार्य समिति तनहुँमा दक्ष प्राविधिक कर्मचारीको अभाव हुँदा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापन कार्य प्रभावित भएको छ ।
बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे, स्थानीय खुसी
मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।
अष्ट्रेलियाको यती एफसीमा नयाँ नेतृत्व
अष्ट्रेलियाको मेलबर्नमा रहेको यती एफसी क्लबले सज्जन शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
अतिक्रमित संरचना हटाउने अभियान देशभर विस्तार
काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ ।
सिद्धिचरण लोकमार्गको जोखिमपूर्ण मोडमा ‘कन्भेक्स ऐना’
ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अन्तर्गत हर्कपुरदेखि ठाडेसम्मका जोखिमयुक्त मोडहरूमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘कन्भेक्स ऐना’ जडान गरिएको छ ।