सकारात्मक सूचकको उत्साह
विश्वकै अर्थतन्त्रमा अहिले कुनै न कुनै सङ्कट देखिएका छन् ।
रारा गोल्ड कपको सुरु विजयी टिमले सात लाख पाउने
१२ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिता धनकुटाको राजारानीमा सुरु भएको छ । रारा फुटबल क्लब आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीको गोल्डेन स्टार फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
लुप्त मूल्यवृद्धिको मारमा उपभोक्ता
झन्डै एक शताब्दीअघि ‘पार्ले ग्लुको’ नामबाट भारतीय बजारमा आएको ‘पार्ले–जी’ बिस्कुटको खुद्रा मोल सन् १९९४ मा प्रतिप्याकेट भारतीय रुपियाँ चार थियो ।
फक्ताङलुङले याक पालन गर्नेलाई ७५ प्रतिशत अनुदान दिने
साहारा लिम्बू फुङ्लिङ, वैशाख ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका पशु पालक कृषकहरूलाई ७५ प्रतिशत अनुदान दिएर याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो । याक प्रवर्द्धन कार्यक्रममा सहभागी हुन छनौट भएका लाभग्राही कृषकहरूले २५ प्रतिशत लागत साझेदारी गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्तिले० बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ मा प्रदेश तथा स्थानीय तहमा सर्सत वित्तीय हस्तान्तरण भएको रकमबाट पशुपक्षी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ अनुसार याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । याक प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट रहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय याक पालक कृषकहरू पलायन हुँदै गएको अवस्थामा उनीहरूको प्रोत्साहनका लागि पालिकाले यस कार्यक्रम सञ्चालन गर्ने भएको अध्यक्ष लिम्बूको भनाई छ । यस अधि सिरिजङ्घा गाउँपालिकाले पनि याक प्रवर्द्धनको कार्यक्रम अघि सारेको थियो । आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लामा विषेश गरि फक्ताङ्लुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा याक पालक कृषक रहेका छन् ।
गणतन्त्रको पक्षमा मिडिया
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पुग्न लाग्दा पहिलो पटक बाक्लो र देखिने गरी यसका विरुद्ध आवाज उठाइएको छ ।
दुःख निवारणमा बुद्ध दर्शन
गौतम बुद्धले २५ सय वर्षभन्दा अगाडि प्रतिपादन गरेको बौद्ध दर्शन मानव जीवन र जगत्का गहिरो सत्यलाई उजागर गर्ने एक अनुपम प्रणाली हो ।
रैथानेबाली संरक्षण गर्न ‘बीउ बैंक’
दाङ, वैशाख ३० गते । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथानेबाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ । लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो ।संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ सङ्कलन कार्य सुरु गरिएको बताउँदै आगामी दिनमा त्यसलाई उत्पादन गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो । अहिले ५० भन्दाबढी बालीको बीउ सङ्कलन गरिएको उहाँले उल्लेख गर्नुभयो ।“हामीले ५० भन्दाबढी लोेप हुने अवस्थामा रहेका बाली सङ्कलन गरेका छौँ, ती बालीको बीउ सङ्कलन गरेर बैंक बनाएका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलित बीउ उत्पादन गरेर बजारमा बिक्री गर्ने योजना बनाएका छौँ ।” कोदो, फापर, स्थानीय धान, भटमास, गहुँ, टमाटर, तिल, गहत, बोरी, टमाटरलगायत बाली उत्पादन गर्ने गरिएको छ । अहिले कतिपय स्थानीय बाली लोप भइसकेका भन्दै यसरी बीउ बैंक निर्माण गर्नु सकारात्मक पक्ष भएको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज चौधरीले बतानुभयो । “परम्परागत बाली धेरै लोप भइसकेका छन्”, उहाँले भन्नुभयो, “यसरी बीउ बैंक स्थापना गरेर संरक्षणको पहल थाल्नु सकारात्मक पक्ष हो ।” यो कार्य सबै कृषि सहकारीहरूले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लुम्बिनीको सांस्कृतिक पर्यटन
संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तले सन् १९६७ मा लुम्बिनी भ्रमण गर्दा यस क्षेत्रको दयनीय र अव्यवस्थित अवस्था देख्नुभयो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, वैशाख ३० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४० पैसा र बिक्रीदर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ आठ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५० पैसा र बिक्रीदर ९७ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रूपैयाँ ७८ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ २० पैसा र बिक्रीदर नौ रूपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ सात पैसा र बिक्रीदर चार रूपैयाँ नौ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण भएको छ । यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६० पैसा र बिक्रीदर नौ रूपैयाँ ६४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २८ पैसा र बिक्रीदर २० रूपैयाँ ३७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४९ पैसा र बिक्रीदर १७ रूपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
आजको संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने
काठमाडौँ, वैशाख ३० गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा [कर प्रस्ताव बाहेक] सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।
बालबालिकाका लागि चित्रकला तालिम
बालबालिकामा बढ्दो मोबाइल प्रयोगको लतलाई छुटाउँदै उनीहरूलाई सिर्जनात्मक बनाउने सोचका साथ ‘पेन्ट योर मर्निङ’ चित्रकला सम्पन्न भएको छ ।
बनेपामा चण्डेश्वरी जात्रा सुरु
बनेपा, काभ्रेका नेवार समुदायले २५ सय वर्षअगाडिदेखि मनाउने चण्डेश्वरी जात्राले नगर उल्लासमय बनेको छ ।
‘भ्या’ प्रकाशित
‘भ्या’ उपन्यास प्रकाशित भएको छ । उपन्यासमा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा विवाह गर्ने चलनलाई विषयवस्तु बनाइएको छ ।
इला होटेल तथा रिसोर्ट सञ्चालनमा
आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटेल तथा रिसोर्ट औपचारिक सञ्चालनमा आएको छ । सोमबार औपचारिक उद्घाटनपछि होटेल तथा रिसोर्ट सञ्चालनमा आउने जनाइएको हो ।
पर्यटन गन्तव्य बन्दै कुलपानी
दाङको गढवा गाउँपालिका–१, बडहरामा रहेको कुलपानी हरित पार्क पछिल्लोसमय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
नौ अर्ब भित्रियो वैदेशिक लगानी
मुलुकमा करिब नौ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्म आठ अर्ब ९६ करोड रुपियाँ भित्रिएको हो ।
खर्च योजनासहित बजेट ल्याउन सुझाव
नेपाल चेम्बर अफ कमर्सले समयमै पुँजीगत खर्च सुनिश्चित गर्ने कार्ययोजनासहित आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन सुझाव दिएको छ ।
अध्ययनमै बित्यो चार वर्ष फस्फोराइटको मात्रा घट्यो
कृषि मल उद्योग सञ्चालन गर्न बैतडीमा चार वर्षअघि नै खानी तथा भूगर्भ विभागका विज्ञले फस्फोराइट पत्ता लगाए पनि परिमाणको विषय यकिन नहुँदा बर्सेनि अध्ययन तथा अनुसन्धानमै बजेट र समय खर्च भइरहेको छ ।
कर्जा प्रवाहमा सामान्य सुधार
बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६१ अर्ब तीन करोड अर्थात् ७.१ प्रतिशतले बढेको छ ।
डेढ महिनाभित्र प्राधिकरण गठन गर्न परमादेश
सर्वोच्च अदालतले सहकारी नियमनका लागि प्रस्तावित राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन प्रक्रिया डेढ महिनाभित्र पूरा गर्न सरकारका नाममा परमादेश गरेको छ ।
वार्षिक दस हजार विद्यार्थी प्रभावित
नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनमा आकर्षक गन्तव्य रहेको दक्षिण कोरियाका लागि अध्ययन अनुमतिपत्र (एनओसी) वितरण स्थगित गरिएको छ ।
नाबालिग करणीमा तीन वर्षसम्म कैद प्रस्ताव
विवाहको उमेर परिमार्जन गर्ने वा नगर्ने बहस चलिरहेका बेला सरकारले २० वर्षभन्दा कम उमेरको विवाहमा न्यूनतम मात्र सजायको प्रस्तावसहित मौजुदा कानुन संशोधनको गृहकार्य अघि बढाएको छ ।
पनौतीमा आरीघोप्टे वर्षा
गत असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोक, पनौतीका स्थानीयवासीले पुनः ठुलो क्षति बेहोरेका छन् ।
कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य
राज्यको स्रोत र साधानलाई हेरेर आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो ।