सञ्चालन नै हुन सकेनन् ‘फायर हाइड्रेन्ट’
काठमाडौँ उपत्यकाका विभिन्न सडक किनारमा पाँच वर्षअघि जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हालसम्म सञ्चालन हुन सकेका छैनन् ।
अमेरिकाले वार्षिक करिब १० लाख मानिसलाई फिर्ता पठाउने
अमेरिका आप्रवासीको मुलुक हो । आप्रवासीकै पसिनाले अमेरिका अहिलेको अवस्थामा पुगेको हो तर गत हप्ताको शपथग्रहण सँगसँगै अमेरिकामा गैरकानुनी रूपमा रहे बसेका सबै आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले सबै कागजपत्रविहीन आप्रवासीको मनमा एउटा भयानक त्रासदी छाएको छ ।
खेल क्षेत्रको विकृति घटाउन पत्रकारको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद क्षेत्रमा रहेको विकृतिहरु न्यूनीकरणका लागि खेल पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
‘जनताको म्यान्डेटअनुसार यो सरकार प्राकृतिक हो’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको सरकार जनताले दिएको म्यान्डेटअनुसार प्राकृतिक सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामी रहेका छन् ।
चरन क्षेत्रमा चर्दै गरेका चौँरी
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरू । हिमाली क्षेत्रमा ढुवानी गर्ने मुख्य यातायातका साधनका रूपमा चौँरीको प्रयोग गर्ने गरेको पाइन्छ ।
यो सरकार आगामी निर्वाचनसम्म रहन्छ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म सहज ढङ्गले चल्ने बताउनुभएको छ ।
गुणस्तरिय शिक्षाका लागि तीन तहको सरकार लाग्नुपर्छ : शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गुणस्तरिय शिक्षाका लागि तीन तहको सरकार लाग्नुपर्ने बताउनुभएको छ । शनिबार प्रेस चौतारी नेपालले गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री भट्टराईले सो कुरा बताउनुभएको हो ।
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।
शीतलहर तथा बाक्लो हुस्सुबाट जनजीवन प्रभावित
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएको छ । बिहानै विद्यालय जाने बालबालिका, वृद्धवृद्धा, विपन्न परिवार शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएका छन् ।
हिमपात र शीतलहर : प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरूबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता तराईका जिल्लाहरुमा भइरहेको शितलहर र हिमाली जिल्लाहरुमा भइरहेको अत्याधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिलाः प्रहरी महानिरीक्षक कुँवर
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा विस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताउनुभएको छ ।
जिप दुर्घटनामा दुई जनाको मृत्यु, चार गम्भीर
बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । एक जनाले हाम फालेर न्याज जोगाउन सफल भएका छन् ।
भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त
सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।
बाँके राष्ट्रिय निकुञ्जमा मृत पाटेबाघ भेटियो
बाँके राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टास्थित निकुञ्जको कोर एरियामा शुक्रबार बिहान मृत अवस्थामा पाटेबाघ भेटिएको हो।
अस्पताल लान ढिला हुँदा जुम्लामा सुत्केरी र नवजात शिशुको मृत्यु
जुम्लामा ३० वर्षीय सुत्केरी मुगा शाहीको मृत्यु भएको छ। तातोपानी गाउँपालिका वडा नम्बर १ निवासी शाही र उहाँबाट जन्मेको नवजात शिशुको मृत्यु भएको हो।
बस्ती र खानेपानी क्षेत्रको डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग
काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ थामलेखस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिनको लागि हेलिकप्टरको सहायता लिइएको छ।
ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ।
भाटभटेनीको एकीकृत कर प्रणालीमा विद्युतीय कसुर गर्ने दुई जना पक्राउ
प्रहरीले भाटभभटेनी सुपरमार्केटको युजर आइडी र पासवर्डको अनधिकृत प्रयोग गरी अस्वभाविक कर विवरण पेस गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
उपराष्ट्रपति यादव र जापानी राजदूत तोरुबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सबै नागरिकको घरमा खानेपानी जानेगरी अबको बजेट बन्छः मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा शतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
मुग्लिन-पोखरा सडक विस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएकाे छ ।
दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहान सुरू भएको अर्को डढेलो (लगुना डढेलो) को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्याण्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ ।