कटैनीको बाढीले सात घर डुबानमा
कैलालीको कैलारी गाउँपालिका–७ स्थित छटकपुर बसन्ता डुबानमा परेको छ । कटैनी नदीमा आएको बाढीले सो गाउँमा डुबान भएको हो ।
सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।
बाँकेमा डेंगुका बिरामी बढ्दै
बाँके जिल्लामा डेंगु रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता
सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निमत्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले शतकर्तासहितको आवश्यक तयारी अघि बढाएको हो ।
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि कांग्रेस–एमालेबिच छलफल
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बिच छलफल भएको छ । केन्द्रमा कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्न थालेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत हुन थालेको हो ।
आयल निगमको नयाँ भण्डारण गृह निर्माण हुँदै
ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर हीरामणि खनालले जानकारी दिनुभयो ।
नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।
सुन तस्करीको जालो
‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ नेपाली समाजमा चलिआएको लोकोक्ति हो । आफूसँग नभएको तर अधिक चाह भएको वस्तुको महिमा उजागर गरिएको भनाइले सुनको महत्वबोधसमेत गराउँछ । हरेक शुद्ध कर्ममा आवश्यक पर्ने मात्र नभई प्राण जाने बेलामा समेत मुखमा सुनपानी हालिदिने हिन्दु परम्परा अद्यापि कायमै छ । सुन जति महत्वको छ, उति नै महँगो पनि छ । यही महँगो धातुको अवैध कारोबारमा अनेक गिरोह सक्रिय रहेर राजस्व ठगी गरिरहेको अनुसन्धनहरूबाट पुष्टि हुँदै छ
प्रशासनमा युगबोध
हिजोआज निजामती प्रशासनका विषयमा प्रश्नहरू लगातार ओइरिएका छन् । कर्मचारीको आचारण र व्यावसायिकतामाथि अनुमान नै नगरिएका प्रश्न उठिरहेका छन् । कर्मचारीले माया पाउने वा आलोचना खाने विषय उसको काम हो । कामभन्दा पर न उसको नाम छ, न पहिचान नै । निजामती कर्मचारीबाट सर्वसाधारणले धेरै कुराको अपेक्षा गरेका छन् । ऊ सधैँ उपलब्ध होस्, पेसागत व्यावसायिकतामा रहोस्, निष्पक्ष होस्, सदाचारी होस् र विविधता संवोधी होस् भन्ने आमचाहना उ
सहकारीको मर्म
सहकारी भन्ना साथ अनियमित गर्ने संस्था भन्ने भाष्य स्थापित गर्न खोजिँदै छ, जसले गर्दा वर्षौंदेखि आफ्नो पसिना बगाएर सहकारी आन्दोलनमा लागेका सहकारीकर्मी निराश छन् । यो सिद्धान्त गलत थियो भने १८४४ मा बेलायतका रोच्डेल समूहका श्रमिकले भण्डारणका लागि स्थापना गरेको सहकारी संस्था आज १८० वर्षसम्म निरन्तर चल्ने थियो त ? बेलायतले सहकारी स्थापना भएको आठ वर्षपछि अर्थात् १८५२ मा कानुन बनायो । यसपछि सहकारीले विश्वमै मान्यता पायो र सहकारी आन्दो
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले चुम्यो ? भारत (उपविजेता : दक्षिण अफ्रिका) – दक्षिण अफ्रिकालाई सात रनले हराएर भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको हो । भारत प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । यसै गरी भारतले १७ वर्षप
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
प्रदेश सञ्चित कोषको सञ्चालन १. प्रदेश सञ्चित कोष भनेको के हो ? प्रदेश सञ्चित कोष सञ्चालनसम्बन्धी प्रचलित प्रदेश कानुनले गरेको व्यवस्था उल्लेख गर्दै प्रदेश सरकारले एकीकृत वित्तीय विवरण तयार गर्दा अपनाउने कार्यविधि प्रस्तुत गर्नुहोस् । प्रदेश सरकारको सञ्चालन, प्रदेश सरकारबाट हुने सेवा प्रवाह र विकास निर्माणका लागि प्रदेश सरकारले प्राप्त गर्ने सबै प्रकारका रकम आम्दानी बाँधिने मूल कोष नै प्रदेश सञ्चित कोष हो । गुठी रकमबाहेक प्रदेश सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, राजस्वको धितोमा लिइएका सबै कर्जा, प्रदेश ऐनको अधिकार अन्तरगत दिइएको जुनसुकै ऋण असुल हुँ
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राजनीतिक दलसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग्ने निर्णय
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।
लेकमा गोठालाको रमाइलो
रुकुमपूर्व सिस्ने गाउँपालिका–२ को खारा लेकमा भैँसी चराउँदै गोठाला । रुकुमपूर्वका लेकमा असारदेखि भदौको पहिलो हप्तासम्म गाईभैँसी, भेडाबाख्रा गोठालाको रमझम हुने गर्दछ ।
एमाले सचिवालय बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयको एसइई उत्तीर्ण ७८ प्रतिशत
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट २०८० सालको एसइई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७ प्रतिशत) विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।
‘गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले)ले सहकार्य गरेको बताउनुभएको छ ।
पाक्दै गरेको चैते धान
गुल्मीको इस्मा गाउॅपालिका–१ अन्तर्गत छल्दी नदी किनारको खेतमा पाक्दै गरेको चैते धान ।
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ २० र २१ गते हुने
प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ ।
निकासी आदेशपछि इजरायलद्वारा दक्षिणी गाजामा पुनः आक्रमण
सेनाले पुनः सघन जनसङ्ख्या भएका क्षेत्रहरू खाली गर्न आदेश दिएपछि सयौँ प्यालेस्टिनीलाई भाग्न बाध्य तुल्याउँदै इजरायलले मङ्गलबार दक्षिणी गाजामा ताजा आक्रमण गरेको छ ।
गिरिजाकै कारण नेपाल गणतन्त्रसम्म आएको हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व.गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताउनुभएको छ ।
रास्वपा नयाँ सरकार गठनमा सहभागी नहुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।रास्वपाको मङ्गलबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको नेता सन्तोष परियारले जानकारी दिनुभयो ।
काँग्रेस– एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी – प्रवक्ता महत
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले काँग्रेस र एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताउनुभएको छ ।