बढ्दो व्यापार घाटा र उपभोगमा परिवर्तन
‘बूढी लागी रमितामा स्यालले कुखुरो बोक्यो’ उखान चरितार्थ भएको छ नेपालको निर्यात वृद्धि र आयात नियन्त्रणमा । भन्नलाई अब निर्यात बढाउनुपर्छ भनिन्छ, वास्तवमा व्यापार सन्तुलनका लागि निर्यात बढाउनु नै निर्विकल्प उपाय हो, केही बढेको पनि छ । यो रमिताको पक्ष भयो तर आयात नियन्त्रणका लागि प्रतीतपत्रमा कडाइ, भन्सारदर वृद्धि र विलासिताका वस्तु प्रवेशमा नियन्त्रण जस्ता कुरा गरिन्छ तैपनि आयातको मात्रा निरन्तर उकालो लागिरहेको छ ।
निर्वाचनले दिएको सकारात्मक सन्देश
बेलाबखत निर्वाचन आयोगका निर्णय राजनीतिक वृत्तमा विवादित नहुने होइनन् तर पनि निर्वाचन आयोगका पछिल्ला निर्णय, पहल र गतिविधिले भने सकारात्मक सन्देश दिएका छन् । निर्वाचन आयोग गतिशील र प्रभावकारी हुने–नहुने भन्ने कुरा कसले त्यसको नेतृत्व गरेको छ, उसको क्षमता, विज्ञता तथा निर्णय क्षमता कुन हैसियतको छ भन्ने कुराले पनि कहिलेकाहीँ निर्धारण गर्दो रहेछ । प
लोकतन्त्र रक्षामा नागरिक भूमिका
संसदीय लोकतन्त्र विश्वमै सर्वोत्कृष्ट व्यवस्था मानिएको छ । अन्य व्यवस्थाको तुलनामा यो व्यवस्था राम्रो मानिएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्ने भएकाले यसमा जनभावना प्रतिविम्बित हुन्छ । जनता सार्वभौम हुन्छ । उसमा रहेको अन्र्तनिहित शक्तिको प्रयोग चुनिएका जनप्रतिनिधिले गर्छन् ।
वामपन्थ र साम्यवादबीचको पृथकता
वामपन्थ र साम्यवाद भिन्न भिन्न दुई सिद्धान्त हुन् । कतिपय सन्दर्भमा यी दुवैलाई समान अर्थमा लिने गरेको पाइन्छ । कम्युनिस्टलाई वामपन्थी र लोकतान्त्रिकलाई दक्षिणपन्थीका रूपमा लिइन्छ । आखिर के हो त वामपन्थी राजनीति ? यसको प्रयोग फ्रान्सको राज्य क्रान्तिको समयमा अर्थात् सन् १७८९ देखि १७९९ सम्मको अवधिमा भएको थियो । त्यस समयमा राजावादी र यथास्थितिवादी सोच राख्ने एक पक्ष, क्रान्तिकारी अथवा आमूल परिवर्तनको सोचका साथ अघि बढ्ने, अर्को पक्षसमेत गरी दुईवटा राजनीतिक शक्ति विद्यमान थिए
अविश्वासले जन्माएको विध्वंस
रुस र युक्रेनबीचको युद्ध रोकिएन, लम्बियो । युक्रेनी सेना र नागरिकले प्रतिवाद गरेकाले युद्ध जारी छ । युद्धमा रुस र युक्रेनका गरी ३० हजारभन्दा बढी सेना र सर्वसाधारणको मृत्यु भइसकेको अनुमान गरिएको छ । ६० लाख मानिस शरणार्थी बनेका छन् । एक करोड २० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् ।
मानव अधिकारमैत्री निर्वाचन
लोकतन्त्र र मानव अधिकार एक–अर्काका परिपूरक हुन् । जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मानव अधिकार हुन्छ र जहाँ मानव अधिकार हुन्छ त्यहाँ लोकतन्त्र हुन्छ । न त लोकतन्त्रबिना मानव अधिकारको सार्थकता हुन्छ न त मानव अधिकारप्रति उदासीन भएर लोकतन्त्रलाई संस्थागत गर्न सकिन्छ । त्यसैले मानव अधिकारको सम्मान गर्नु नै लोकतन्त्रप्रतिको सम्मान र विश्वास हो ।
राष्ट्रसेवकको आचारसंहिता
राज्यको विभिन्न तहतप्का जिम्मेवारी तथा भूमिकामा रही सार्वजनिक सेवा प्रवाह गर्ने प्रशासनिक तथा प्राविधिक कर्मचारी बृहत् सोचमा राष्ट्रसेवक हुन् । राष्ट्रसेवक कर्मचारी एक यस्तो संरचनाभित्र स्थायी रूपमा आबद्ध रही कार्य गरिरहन्छन् जसले राज्यमा दीर्घकालीन सेवा प्रदान गरिरहेका हुन्छन् । सरकारी तथा गैरसरकारी जुनसुकै संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राज्यकै उद्देश्य हासिल गर्न लागिपर्ने हुनाले राष्ट्रसेवक कर्मचारीको परिभाषा पहिलेको भन्दा फराकिलो हुँदै गएको छ । निजामती सेवामा सेवारत राज्यको ढुकुटीबाट तलबभत्ता खाने कर्मचारीलाई मात्र राष्ट्रसेवक कर्मचारी भनी बुझिए तापनि अब निजी तथा सरकारी सबै सङ्घसंस्थामा काम गर्ने कर्मचारीलाई पनि राष्ट्रसेवकको परिभाषाभित्र अटाउनुपर्दछ । आज सरकारी निकायबाट प्रवाह गरिएको
आत्मकेन्द्रित राजनीतिको प्रभाव
नावी राजनीतिको मौसम छ । विषयान्तर हुनु भनेको पनि राजनीति ठहर्छ । राजनीति जनसेवाका लागि गरिन्छ भन्ने मूल मन्त्रलाई नेपालमा परिभाषित गर्न अप्ठेरो छ । सत्तामा रहने र नरहनेबीचमा विभिन्न किसिमको फराकिलो खाडल पाइन्छ । देश र जनताको सेवा गर्ने इच्छा र आकाङ्क्षा कसलाई नहुँदो हो । रा
दुव्र्यसनप्रति सावधानी
“म आज जे छु, मैले हिजो गरेको कर्मको कारणले छु,” स्टेफन कोबे ।एसईई परीक्षा भर्खरै सकिएको छ । परीक्षा दिएर बसेका विद्यार्थीमा उज्ज्वल भविष्यको कामना छ । विद्यार्थी भाइबहिनीको परीक्षामा उच्च अङ्क हासिल होस् भन्ने मेरो चाहना पनि छ । परीक्षा समाप्तिसँगै तपाईंहरू परिवारमा आज एक जिम्मेवार र परिपक्व सदस्यको भूमिकामा उभिने क्रममा हुनुहुन्छ । जीवन रमाइलो छ, प्राज्ञिक जीवनको लामो सङ्घर्षको यात्रामा तपाईं निस्कन लाग्नुभएको छ । ‘बिहानीले दिनलाई दिशानिर्देश गर्छ’ भनेझैँ यस पावन भूमिमा जन्मी, हुर्की, बढी, पढी आज ‘एसईई ग्य्राजुयट’ हुने क्रममा भाइ÷बहिनीहरूलाई आफ्नो भविष्यका र आउने महत्त्वपूर्ण दिनको अर्थ पक्कै थाहा छ ।